इटहरी। वर्षा रोकिएसँगै सप्तकोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव क्रमिक रूपमा घट्दो क्रममा रहेको छ।
शनिबार दिउँसो १ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ९८ हजार २७५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी हेम ओलीले जानकारी दिए। कोशी ब्यारेजस्थित जलमापन केन्द्रका अनुसार नदीको बहाव घट्दो क्रममा रहे पनि हाल खतराको तहभन्दा माथि रहेको छ।
पानीको निकास सहज बनाउन ब्यारेजका ३९ वटा ढोका खोलिएका छन्। पानीको बहाव घट्दो क्रममा रहे पनि खतराको तहभन्दा माथि रहेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

