इटहरी स्  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा वीरबहादुर दर्नाल ‘वीरु निर्विरोध निर्वाचित भएका छन्।

शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट समावेशी दलित कोटातर्फ दर्नाल निर्विरोध निर्वाचित भएका हुन्। समावेशी दलित कोटामा दर्नालसँगै गजेन्द्र नेपालीको उम्मेदवारी परेको थियो। अन्तिम समयमा नेपालीले दर्नाललाई समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

यता दलित कोटातर्फ भने चार जनाको उम्मेदवारी परेको छ। उम्मेदवारबीच सहमति जुट्न नसकेपछि उक्त कोटामा आइतबार असोज ११ गते निर्वाचन हुने भएको छ।