इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं। २ मा क्षेत्रीय सभापति पदका लागि आज मतदान भइरहेको छ।

क्षेत्रीय सभापति पदमा राजन मेहता र सुदीप अधिकारीबीच प्रतिस्पर्धा रहेको छ। मतदानमा क्षेत्रीय प्रतिनिधिहरू सहभागी भई आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचनका लागि पार्टीका क्षेत्रीय प्रतिनिधि तथा नेता–कार्यकर्ता मतदानस्थलमा उपस्थित भएका छन्। मतदानस्थलमा सुरक्षा तथा व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाइएको जनाइएको छ।

सभापति पदका उम्मेदवारद्वय मेहता र अधिकारीले क्षेत्रीय संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी दिनमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रतिनिधिसँग मत मागिरहेका छन्। मतदान सम्पन्न भएपछि मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।