मोरङ । सुन्दरहरैंचा–३, गछियास्थित माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न प्रविधिमैत्री "प्रविधि-आधारित सिर्जना” प्रदर्शनी सम्पन्न भएको छ ।
“विद्यार्थीको सोच, प्रविधिको शक्ति र भविष्यको निर्माण" भन्ने मुल नाराका साथ विद्यालयमा आयोजित प्रदर्शनीमा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) लगायतका क्षेत्रमा आधारित विभिन्न प्रस्तुत थियो । टिम Krantikari पनि सहभागी रहेको थियो। उक्त टिमले Waiter Robot, PAAS (Personal Assistant Alert System), CubeSat, Solaris Nova, Krishi Bazaar App, Rakta Bridge र Tele-Medical लगायतका प्रस्तुत गरेको थियो । विद्यार्थीहरूले प्रविधिको प्रयोगमार्फत दैनिक जीवन तथा समाजमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले "प्रविधि-आधारित सिर्जना"निर्माण गरेका थिए ।
विद्यार्थीबाट निर्मित रोबर्टको साहयतामा प्रदर्शनीको उद्घाटन विद्यालयका प्रिन्सिपल हेमन्त कार्कीले गर्नु भएको थियो । उक्त प्रदर्शनीको पर्दशन गरे पछि कार्कीले विद्यालयको विकास र शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा विद्यालय व्यवस्थापन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले किताबी ज्ञानसँगै व्यवहारिक र प्रविधिमैत्री शिक्षालाई जोड दिनुपर्ने बताउँदै विद्यार्थीले आफैं “प्रविधि–आधारित सिर्जना निर्माण गरी प्रस्तुत गर्दा उनीहरूको सिर्जनशीलता, आत्मविश्वास, अनुसन्धान तथा समस्या समाधान गर्ने क्षमताको विकास हुने उल्लेख गर्दै त्यसै अनुसार काम गरि रहेको बताए ।

STEM कोर्डिनेटर विशाल न्यौपानेले विद्यार्थीलाई विज्ञान तथा प्रविधिसँग जोड्दै प्रयोगात्मक सिकाइमार्फत नयाँ कुरा सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । विद्यार्थीको रुचि र क्षमताअनुसार उनीहरूलाई नयाँ प्रविधि तथा सिर्जनामा प्रोत्साहित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसरसँगै प्रविधिको क्षेत्रमा थप खोज, अनुसन्धान र नवप्रवर्तन गर्न प्रेरित गर्न तर्फ बिधालयले काम गरि रहेको कक्षा १० पढ्ने विद्यार्थी ल्देन मोक्तानले बताए ।
प्रदर्शनीको विद्यालयका स्कुल कोर्डिनेटर रोसन लुइँटेल, लगायत शिक्षक तथा विद्यार्थीले अवलोकन गरेका थिए। प्रदर्शनीमा विद्यालयका पूर्वविद्यार्थीको समेत सहभागिता रहेको थियो । उनीहरूले विद्यार्थीका परियोजनाको अवलोकन गर्दै विभिन्न सल्लाह तथा सुझाव दिएका थिए ।


