इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको तेस्रो संस्करण आजदेखि सुरु हुने भएको छ। प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुनेछ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित प्रस्तावित नगर रङ्गशालामा हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार पथरीशनिश्चरे गोल्डकपको तेस्रो संस्करणमा पहिलोपटक नेपाल पुलिस क्लब सहभागी हुने भएको छ। यस्तै, गत वर्ष २०८२ को विजेता सलहेस फुटबल क्लब सिराहा, न्युरोड टिम ९एनआरटी०, युकेएफसी पश्चिम बंगाल, झापा–११, रेडहर्स इलाम, आयोजक पथरी–११ र थ्री स्टार क्लबले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
खेलमैदानमा करिब चार हजार पाँच सय दर्शक अटाउने बाँसको अस्थायी प्याराफिट निर्माणको काम सम्पन्न भएको छ। करिब ८० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले तेस्रो संस्करणमा ६ लाख रुपैयाँ नगदसहित गोल्डकप प्राप्त गर्नेछ। उपविजेताले तीन लाख रुपियाँनगदसहित मेडल पाउनेछ। अध्यक्ष विकका अनुसार नगद पुरस्कार, गोल्डकप, विधागत ट्रफी तथा दैनिक ‘म्यान अफ द म्याच’ पुरस्कारमा मात्रै करिब २५ लाख रुपियाँ खर्च हुनेछ। दोस्रो संस्करणमा विजेतालाई पाँच लाख र उपविजेतालाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो।


