इटहरी । थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा इटहरीको बालग्रामस्थित इटहरी पार्टी प्यालेसमा ‘मिसेस जितिया २०२६’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
महिलाको नेतृत्व तथा व्यक्तित्व विकास र जितिया पर्वबारे जानकारी गराउने उद्देश्यले आयोजित प्रतियोगितामा प्रीती कुमारी चौधरीले उपाधि चुम्नुभएको छ। प्रतियोगितामा बिनिता चौधरी प्रथम रनरअप, लक्ष्मी चौधरी दोस्रो रनरअप तथा मुनिता चौधरीले पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभयो। सहभागी १७ जना प्रतिस्पर्धीमध्ये ७ जनालाई विभिन्न सब–टाइटलसहित सबैलाई प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।
भदौ २९ को अडिसनपछि असोज २ गतेदेखि १२ दिनसम्म प्रतियोगीहरूलाई प्रशिक्षण दिइएको थियो। टीएफसीए नेपालकी सीईओ जानकी चौधरीको अध्यक्षतामा आयोजित समारोहमा इटहरी उपमहानगरकी उपप्रमुख संगीता चौधरी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा थारु कल्याणकारिणी सभा, थारु महिला सभा लगायतका विभिन्न थारु संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा अधिवक्ता रामराज चौधरी, थारु विज्ञ बद्रीलाल सिक्दार र मिस पूर्वेली आइकन प्रथम रनरअप रइशा चौधरी रहनुभएको थियो।

कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गराउन सीईओ जानकी चौधरी, म्यानेजिङ डाइरेक्टर जनक चौधरी, इभेन्ट म्यानेजर रोशन तिर्हुत थारु, ड्रेस डिजाइनर सनम चौधरी, क्रिएटिभ डाइरेक्टर रविन्द्र कुमार चौधरी र पीआरओ ममता चौधरी सम्मिलित कोर टिम सक्रिय रहेको थियो।


