मोरङ । मोरङको केराबारी गाउँपालिकामा पशुचौपायामा लाग्ने खोरेत रोग नियन्त्रण तथा रोकथामका लागि निःशुल्क खोप अभियान सुरु भएको छ।

केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनकुमारी मगरको उपस्थितिमा खोरेत रोगविरुद्धको निःशुल्क खोप अभियान औपचारिक रूपमा शुभारम्भ गरिएको हो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पशु प्राविधिक तथा पशुपालक कृषकहरूको सहभागिता रहेको थियो।

पशुधनमा खोरेत रोगको संक्रमण न्यूनीकरण गर्दै कृषकका पशुचौपायाको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा पशुचौपायालाई समयमै खोप लगाउन तथा रोगबाट बच्न आवश्यक सावधानी अपनाउन कृषकलाई आग्रह गरिएको थियो।

dddddddddd

खोरेतका कारण पशुधनमा क्षति पुग्न सक्ने भएकाले आफ्ना पशुचौपायालाई अनिवार्य रूपमा खोप लगाई अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले कृषकहरूलाई आग्रह गरेको छ। पशुधनको सुरक्षा तथा पशुपालन व्यवसायको संरक्षणका लागि जनप्रतिनिधि, प्राविधिक र कृषकबीचको सहकार्य आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।

ddddd