इटहरी स् महिला तथा बालबालिकाको हक, अधिकार र न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारकर्मी तथा अधिवक्ता शोभा बजगाईँको निधन भएको छ ।
बजगाईँको असोज २० गते निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिइन् । महिला तथा बालबालिकामाथि हुने अन्याय र विभेदविरुद्ध निर्भीक रूपमा आवाज उठाउँदै आएकी बजगाईँ सामाजिक न्यायका पक्षमा सक्रिय थिइन् । अधिकारकर्मी, न्यायकर्मी तथा समाजसेवीका रूपमा उनले पुर्याएको योगदानलाई सामाजिक क्षेत्रका व्यक्तिहरूले स्मरण गरेका छन् ।
उनको निधनले महिला तथा बालबालिकाको अधिकार र सामाजिक न्यायका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । मोरङको बेलबारी नगरपालिका वडा नं। ३ स्थायी निवासी उनी सागर सुवेदीकी श्रीमती हुन् । उनको आज ९बुधबार० बिहान ११ बजे बेलबारी–३ स्थित लोहोन्द्रा घाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।


