इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा  बजाजको विशेष ‘दशैं धमाका गेम अफ पावर’ योजना आजदेखि सुरु भएको छ । 

पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै असोज २२ गतेदेखि २७ गतेसम्म यो योजना सञ्चालनमा रहनेछ।  योजनाअन्तर्गत पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी आकर्षक सुविधाहरू समेटिएका छन्। मेलामा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो बाइकको अधिकतम मूल्यांकन (हाइएस्ट भ्यालुएसन), नयाँ सवारी खरिदमा न्यूनतम किस्ता (लोवेस्ट इएमआई), तत्कालै फाइनान्स (अन–द–स्पट फाइनान्स) तथा खरिदकर्तालाई निःशुल्क हेल्मेट उपलब्ध गराइएको छ ।

इटहरीको पूर्वलाइनस्थित तालतलैया जाने गेट अगाडि आयोजना भइरहेको कार्यक्रममा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल ल्याई मूल्यांकन गराएर नयाँ बजाज मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्ने व्यवस्था गरिएको छ। सञ्चालक जयन्त सन्थलियाका अनुसार दशैंको अवसरमा ग्राहकलाई पुरानो बाइकको उचित मूल्यांकन सहित नयाँ  बजाज मोटरसाइकल खरिदमा सहज र आकर्षक सुविधा उपलब्ध गराउने उद्देश्यले ‘दशैं धमाका’ योजना ल्याइएको हो। उहाँका अनुसार पुरानो बाइक एक्सचेन्ज गर्न चाहने ग्राहकले कार्यक्रमस्थलमै आएर आफ्नो मोटरसाइकलको मूल्यांकन गराउन तथा नयाँ मोटरसाइकल खरिदका लागि आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।

कार्यक्रमस्थलमा आफ्नो पुरानो बाइक एक्सचेन्ज गर्न उदयपुरबाट आएका एक ग्राहकले बाइकको राम्रो मूल्यांकन र एक्सचेन्ज प्रक्रिया सहज रहेको बताउनुभयो । दशैंको अवसरमा नयाँ मोटरसाइकल खरिद गर्न चाहने ग्राहकका लागि बजाजको ‘दशैं धमाका’ योजना विशेष अवसर बनेको छ। योजना अवधिभर ग्राहकले आफ्नो पुरानो मोटरसाइकल ल्याई एक्सचेन्ज सुविधा लिन सक्नेछन्।