इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको तेस्रो पूर्ण बैठकले प्रदेश सदस्य सुनिल भुसाललाई प्रदेश सचिवालय सदस्यमा नियुक्त गर्ने निर्णय अनुमोदन गरेको छ।

कोशी प्रदेश समितिको तेस्रो पूर्ण बैठकबाट भुसाललाई प्रदेश सचिवालयमा जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको हो। पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै प्रदेश तहमा पार्टीका गतिविधिलाई सक्रिय रूपमा अघि बढाउने उद्देश्यले उनलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ।

पार्टीमा निरन्तर सक्रिय रहँदै आएका भुसाल पर्यटन, शिक्षा तथा व्यवसाय क्षेत्रमा समेत लामो अनुभव भएका व्यक्ति हुन्। नयाँ जिम्मेवारीसँगै उनले पार्टीको संगठन विस्तार, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र प्रदेश तहका गतिविधिलाई थप गतिशील बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

तेस्रो पूर्ण बैठकबाट भएको उक्त नियुक्ति अनुमोदनसँगै भुसालले प्रदेश सचिवालयको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने भएका छन्।