इटहरी स् कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन भएको छ ।
शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा यादव ढकाल निर्विरोध निर्वाचित भएका छन् भने अन्य पदमा निर्वाचन भएको निर्वाचन समितिका संयोजक मेदानकुमार घिमिरेले बताए । उपाध्यक्षमा नगेन्द्रजंग थापा ६८१ मतसहित विजयी भएका छन् । खुला सञ्चालक सदस्यतर्फ विज्ञान ढुंगाना ८४६ मतसहित सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै, विनोद प्रसाद गुरागाईले ८३८, लोचन पौडेलले ७४८, राजेन्द्र अधिकारीले ६९२, धन बहादुर कटुवालले ६६४ र गोविन्द बहादुर बस्नेतले ६१० मत प्राप्त गर्दै सञ्चालक सदस्यमा निर्वाचित भएका छन् । महिला सञ्चालक सदस्यतर्फ दुर्गा अधिकारीले ६५८, दिपा प्याकुरेल ओझाले ६२९ र पदमदेवी बस्नेतले ६०६ मत प्राप्त गर्दै विजयी भएका छन् ।
यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा देवी प्रसाद भट्टराई ६३३ मतसहित निर्वाचित भएका छन् । समितिको सदस्यमा बाबुराम कार्कीले ६६६ र डण्ड बहादुर खड्काले ६१६ मत प्राप्त गर्दै विजयी भएका छन् ।


