इटहरी। ताप्लेजुङकै एक दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिकाको पापुङमा प्रसूति केन्द्र ९बर्थिङ सेन्टर० सञ्चालनमा ल्याइएको छ । मिक्वाखोला–५ पापुङमा नयाँ प्रसूति केन्द्र भवन निर्माण गरिएसँगै केन्द्र सञ्चालनमा ल्याइएको हो ।
पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाका अनुसार प्रसूति केन्द्र सञ्चालनका लागि करिव एक करोड ४३ लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको हो । कोशी प्रदेश सरकार र मिक्वाखोला गाउँपालिकाको लागत साझेदारीमा निर्माण गरिएको प्रसूति केन्द्र भवनको सोमबार उद्घाटन गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामा शेर्पाले प्रसूति केन्द्र भवनको संयुक्त रुपमा उद्घाटन गर्नभएको छ । भवनको उद्घाटनसँगै दुर्गम गाउँ पापुङमै प्रसूति केन्द्र सञ्चालनमा आएको वडासचिव विमलकुमार यक्सो लिम्बूले बताउनुभयो ।
प्रसूति केन्द्र सञ्चालनमा आएपछि सुत्केरी अर्थात प्रसूति सेवा लिने महिलालाई सुविधा हुनुका साथै सुरक्षित मातृत्व तथा शिशुका लागि महत्वपूर्ण योगदान पुग्ने गाउँपालिकाले विश्वास गरेको छ । प्रसूति केन्द्र सञ्चालनका लागि एक्सरे सहितका उपकरणको प्रवन्ध, दक्ष जनशक्तिको व्यवस्था गरेर प्रभावकारी सेवा प्रदान गरिने पापुङका बासिन्दासमेत रहनुभएको गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाको भनाइ छ ।


