इटहरी स् विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङका ६ जना र उदयपुरका एक जना रहेका छन्।
चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरी टोलीले खोजतलास गर्ने क्रममा असोज २६ गते उनीहरूलाई पक्राउ गरेको हो। अपराध नियन्त्रण, शान्तिसुरक्षा कायम तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानका क्रममा पक्राउ परेका प्रतिवादीबाट ६ महिना १५ दिन कैद सजाय कार्यान्वयन गरिएको छ। उनीहरूबाट १८ हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सातै जनालाई कैद भुक्तानका लागि कारागार पठाइएको छ।


