इटहरी । सुनसरीको इटहरीमा ‘कवज कार रेण्ट सर्भिस’ सञ्चालनमा आएको छ । ग्राहकको सुविधालाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको उक्त सर्भिसबाट चालक सहित वा आफैँ चलाउन मिल्ने गरी विभिन्न प्रकारका कार भाडामा लिन सकिनेछ । कवज कार रेण्ट सर्भिसमा २० वटाभन्दा बढी कार उपलब्ध रहेका छन् । विद्युतीय (ईभी), पेट्रोल तथा डिजेलबाट चल्ने कार दैनिक ४ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्ममा भाडामा लिन सकिनेछ ।
आवश्यक कागजात सहित उपलब्ध हुने कार मार्फत नेपालका विभिन्न गन्तव्यमा यात्रा गर्न सकिने कम्पनीले जनाएको छ। अफरोड यात्राका लागि समेत उपयुक्त सवारीसाधन उपलब्ध गराउने लक्ष्य कम्पनीको छ । कम्पनीका निर्देशक रोशन भुजेलले ग्राहकलाई सहज, भरपर्दो र सुविधाजनक सवारी भाडा सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।
कवज सेक्युरिटी प्रा.लि.को कार्यालयमा रहेको उक्त सर्भिस इटहरीको विराटनगर लाइनस्थित ईभी चार्जिङ स्टेसनबाट करिब २०० मिटर पूर्वतर्फ रहेको छ। नेपालीहरूको महान् चाड दशैं–तिहारलाई लक्षित गर्दै ‘कवज कार रेण्ट सर्भिस’ ले चाडपर्वमा परिवार तथा आफन्तसँग सहज र आरामदायी यात्रा गर्न चाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले विभिन्न प्रकारका कार भाडामा उपलब्ध गराएको छ ।


