इटहरी। दसैँको बिदाको समयमा पनि ताप्लेजुङको मैवाखोला र मेरिङ्देन गाउँपालिकाले स्वास्थ्यसम्बन्धी आकस्मिक तथा प्रसूति सेवा प्रवाह नरोक्ने जनाएको छ । स्वास्थ्य संवेदनशीलतालाई दृष्टिगत गर्दै दुई गाउँपालिकाले आकस्मिक तथा प्रसूति सेवालाई निरन्तरता दिने जनाएका हुन् ।
असोज ३१ गते शनिबारदेखि सुरु हुने दसैँ बिदामा स्वास्थ्यसम्बन्धी आकस्मिक तथा प्रसूति सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई जिम्मेवारी नै तोकिएको छ । मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाले आउँदो कात्तिक ७ सम्म हुने दसैँ बिदाको समयमा आकस्मिक तथा प्रसूति सेवा प्रदान गर्न ११ जना स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकिएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत शेर्पाका अनुसार वडा नं। १ को ढुङ्गेसाँघुस्थित तेल्लाबुङ स्वास्थ्य चौकीका लागि यमुना राई र रिक्की चोङ्बाङलाई जिम्मेवारी तोकिएको छ । यस्तै वडा नं। २ को ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रका लागि मुना तेम्बे, रितुकुमारी शाह र चन्द्रकला रोक्कालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै वडा नं। ३ र ४ अन्तर्गत साँघु स्वास्थ्य चौकीका लागि दाल्हामु शेर्पा र रविकुमार शाहलाई जिम्मेवारी तोकिएको छ । वडा नं। ५ को फाकुम्बा स्वास्थ्य चौकीका लागि ज्ञानबहादुर लिम्बू र दिलमाया साँवा तथा वडा नं। ६ को साङ्लुप्पा स्वास्थ्य चौकीका लागि वसुन्धरा राना र मिङ्माचोमु शेर्पालाई जिम्मेवारी तोकिएको छ । दसैँ बिदामा आवश्यकता अनुसार सेवा प्रवाह गर्ने गरी जिम्मेवारी तोकिएको र सेवा प्राप्त गर्नुपर्ने भएमा उहाँहरूलाई सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
यस्तै मेरिङ्देन गाउँपालिकाले पनि दसैँको बिदामा स्वास्थ्य संस्थामार्फत आकस्मिक तथा प्रसूति सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद केदेमका अनुसार वडा नं। १ को थिङ्लाबुका लागि मदन ओख्राबु र एलिना नाल्बो, वडा नं। २ को सान्थाव्रmाका लागि अर्मिला लिम्बू र शिवराज मण्डललाई जिम्मेवारी तोकिएको छ । त्यसै गरी वडा नं। ३ को खाम्लुङका लागि चन्द्रजित लिम्बू र वडा नं। ४ को लिङ्तेपका लागि ज्योति मादेन र किना नाल्बो, थुकिमाका लागि जेनिसा जोगी र कल्पना लङ्वालाई जिम्मेवारी तोकिएको छ । वडा नं। ६ को नाल्बुका लागि सेमिहाङ तुम्बाहाम्फे र निरुता तामाङलाई स्वास्थ्यसम्बन्धी आकस्मिक तथा प्रसूति सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले जिम्मेवारी तोकेको हो ।
दसैँको अवधि अर्थात् दसैँमा स्वास्थ्यसम्बन्धी आकस्मिक सेवा र प्रसूति सेवा लिनु परेमा तोकिएका स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न सम्बन्धित सेवाग्राहीलाई गाउँपालिकाले आग्रह गरेको छ । कोही पनि सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दसैँ बिदाको अवधिमा पनि आकस्मिक तथा प्रसूति सेवा प्रवाह गर्न जिम्मेवारी तोकेर स्वास्थ्यकर्मीलाई खटाइएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।


