इटहरी स् सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित च्यानडाँडा नोजमा सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २३ वर्षीय युवा मृत फेला परेका छन्।

बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचाप निवासी ओसन कोइराला आइतबार साँझ करिब ५ः२० बजे नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता कोइरालाको खोजी गर्ने क्रममा सोमबार बिहान गोताखोर टोलीले नदीबाट मृत अवस्थामा निकालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टीले जनाएको छ।