इटहरी। भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिकाको सिमानामा पर्ने अरुण नदीको सतिघाटमा फेरीमार्फत सवारीसाधन वारपार गराइँदै।

बर्सातका कारण गत जेठदेखि बन्द रहेको फेरी सेवा दसैँ–तिहारलाई लक्षित गरी बुधबारदेखि पुनः सञ्चालनमा आएपछि भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई आवतजावत तथा दैनिक उपभोग्य वस्तुको ओसारपसारमा सहज भएको छ।  सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षेनि फेरी सेवामा निर्भर हुँदै आएका छन्।