All Posts By कोशी प्रेस

    Showing १०,७२१-१०,७३० of १३,७४३ items.
  • धरानका मेयर हर्क साम्पाङलाई चर्च स्थानान्तरण गरी कारबाही गर्न माग

    सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कारवाही गर्न वैदिक सनातन धार्मिक समुहले माग गरेको छ । उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आज मंगलबार प्रशासन कार्यालय पुगेको समुहले धरान- २ मा रहेको प्राचीन सिंहदेवी मन्दिर नजिकै धार्मिक सहिष्णुता खलल पुग्ने गरी चर्च बनाएको भन्दै प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवलाई ज्ञापन पत्र बुझाए । मेयर हर्क साम्पाङकै पहलमा चर्च निर्माण भएको उनीहरुको आरोप लगाएका छन् ।भवन निर्माण सम्बन्धि पूर्व स्वीकृती लिने, नक्सा पास गर्ने आदि प्रावधानहरुको पालना नगरेको, र भवन बनाउँदा पनि गोदाम, पार्टीप्यालेस र

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १३३ पटक पढिएको
  • जुवा खेलिरहेको अवस्थामा वडाध्यक्ष, शिक्षक सहित ११ जना पक्राउ

    सुनसरी : धरान-१० पुतली लाइन स्थित एक बेकरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले वडाध्यक्ष, शिक्षक सहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले सोमवार साँझ पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका वडा ६ का अध्यक्ष बमबहादुर बस्नेत, लक्ष्मी माध्यमिक विद्यालय पाङ्चाका शिक्षक अशोक राई छन् ।उनीहरूसँगै पक्राउ पर्नेहरूमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ, भरत थापा, जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।उनीहरूलाई मङ्गलवार नै म्याद थप गरि

    • प्रकाशित मितिः साउन ९, २०८०
    • २४३ पटक पढिएको
  • रोट्रयाक्ट क्लब अफ इटहरी द्वारा बुढी गङ्गा जमुना मुक्तिघाटमा निशूल्क खानेपानी वितरण

    सुनसरी / रोट्रयाक्ट क्लब अफ इटहरीले बुढी गङ्गा जमुना मुक्तिघाटमा सन्ध्या आरतिमा आउने भक्तजनहरुलाई निशूल्क खानेपानी वितरण गरेको हो ।सामाजिक सेवामा सक्रिय संस्था रोट्रयाक्ट क्लब अफ इटहरीले बुढी गङ्गा जमुना मुक्तिघाटमा सन्ध्या आरतिमा आउने भक्तजनहरुलाई सोमबार निशूल्क खानेपानी वितरण गरेको थियो।हरेक साउने सोमबारमा शिव भगवानको आरतीमा साँझ हुने भएकाले यहाँ पिउने पानिको अभावमा नहोस भनेर पिउने पानिको वितरण रोट्रयाक्ट क्लब अफ इटहरीका अध्यक्ष मिसन पराजुलीले बताए । आगमी दिनको हरेक साउने सोमबार खानेपानी वितरण गर्ने उनले बताए ।रोट्रयाक्ट क्लब अफ इटहरीले विभिन्न सामाजिक कार्यहरूमा आफ्नो सहभागी देखाउने गरेक

    • प्रकाशित मितिः साउन ९, २०८०
    • ७५४ पटक पढिएको
  • सुनसरीमा डेंगीको संक्रमण फैलिएपछि प्रदेश र सङ्घीय सरकारलाई जनप्रतिनिधिको गुनासो

    सुनसरी / सुनसरीमा डेंगीको संक्रमण फैलिएपछि प्रदेश र सङ्घीय सरकारलाई जनप्रतिनिधिको गुनासो गरेका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धरानमा आयोजना गरेको डेंगी रोगको रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्थानीय तहहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले प्रदेश र सङ्घीय सरकारबाट सहयोग नपाएको बताएका हुन् ।स्थानीय सरकारको प्रयासले मात्र डेंगी रोगको नियन्त्रण सम्भव नभएको उल्लेख गर्दै जनप्रतिनिधिहरूले बजेट अभावले गर्दा प्रभावकारी काम गर्न नसकेको बताएका थिए । सुनसरीका १२ वटै स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुखहरूका लागि गरिएको अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयको भूमिका नै प्रभावकारी नभएक

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १३२ पटक पढिएको
  • पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा विर्तामोडका अधिकारीको मृत्यु

    सुनसरी / पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक सरकारी कर्मचारीको मृत्यु भएको छ।फिदिम नगरपालिका - २ साम्दिनबाट फिदिम बजारतर्फ आउँदै गरेको प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा विर्तामोड नगरपालिका- ८ का २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ। मृतक अधिकारी प्रदेश लेखा इकाई कार्यालय फिदिममा कार्यरत कर्मचारी थिए । सोमबार दिउँसो अधिकारी आफैले चलाएको मोटरसाइकल फिदिम -२ ओदिन नजिकै अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १३२ पटक पढिएको
  • इटहरीको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने इटहरी नमुना कजेल

    सुनसरी / इटहरीको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने संस्थागत विद्यालयहरू मध्येको अर्को विद्यालय हो इटहरी नमुना कजेल । विराटनगर लाइनमा रहेको यो विद्यालयको स्थापना २०५६ सालमा भएको थियो । अहिले स्थापना भएको २४  वर्ष पूरा गरेको छ ।इटहरी उपमहानगरपालिका वडा ८ मा स्थापना गरिएको इटहरी नमुना कलेज वास्तवमै नमुना शिक्षण संस्थाका रुपमा चिनिएको छ । यहाँ अहिले जम्मा विद्यार्थीको सङ्ख्या २ हजार ६ बढी रहेका छन् । शान्त वातावरण, सुविधासम्पन्न पूर्वाधारमा सिकाई, पर्याप्त स्रोतको उपलब्धता, अनुभवी र दक्ष शिक्षक, अत्याधुनिक कम्युटर सहितको ल्याब, ई–लाइब्रेरीको व्यवस्था, साइन्स ल्याब, अनुभवी सेफ सहितको

    • प्रकाशित मितिः साउन ९, २०८०
    • ४९४ पटक पढिएको
  • आज श्रावण ९ गतेको राशिफल हेर्नेहोस

    आजको वि.सं. २०८० साल श्रावण ९ गतेका दिनभरिको आफ्नो राशिफल हेर्नुहोस् । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७,

    • प्रकाशित मितिः साउन ९, २०८०
    • २०९ पटक पढिएको
  • माया घर नेपाललाई नगद ५० हजार पुरस्कार राशिले सम्मान

    सुनसरी / सडक मानव उद्धारमा महत्वपुर्ण भुमिका निर्वाह गरी समाजमा बिशेष योगदान पुर्याएकाे भन्दै सुनसरीकाे इटहरी २ मा रहेको माया घर नेपाललाई नगद ५० हजार ५० रूपैया सहित पुरस्कार राशिले सम्मान गरिएकाे छ ।मायाघर नेपालले ज्येष्ठ नागरिक, हिंसापीडित महिला, बालबालिका तथा आश्रयविहीन सडक मानवको उद्धार तथा सेवा कार्य गर्दै आएको छ । माया घर नेपाललाइ होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ बाट नगद सहित सम्मान गरिएकाे हाे  । होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टले माया घर नेपालले गरेकाे कामकाे उच्च मुल्याङकन सहित सम्मान गरिएकाे हाे ।संघीय संसद प्रतिनिधिसभाकी उपसभामुख इन्

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १४४ पटक पढिएको
  • कोशी सरकारविरुद्धको रिटमा भोलिदेखि इजलासमा सुनुवाइ हुने

    काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भोलि हुने भएको छ ।सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाएको सो सोमबार पक्ष र विपक्षबीच रिटलाई यहि इजलासबाट टुंग्याउने कि संवैधानिक इजलासमा लैजाने भन्ने विषयमा मतभेद देखिएको थियो । पछि न्यायाधीशहरुले रिट पूर्ण इजलासमा पठाउने आदेश गरेका हुन्।प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिख

    • प्रकाशित मितिः साउन ८, २०८०
    • २०४ पटक पढिएको
  • झापामा पानीमा डुबेर मृत्यु ८ वर्षीय बालकको मृत्यु

    सुनसरी / झापा गाउँपालिका- १ लसुनाका गौतमकुमार गणेशका ८ वर्षीय छोरा डेनिस गणेशको पानीमा डुबेर मृत्यु छ ।आइतबार नेपाल भारत सीमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खेल्नेक्रममा पानीमा डुबेर घाइते भएका बालकलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । बिर्तासिटी पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]