काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भोलि हुने भएको छ ।
सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाएको सो सोमबार पक्ष र विपक्षबीच रिटलाई यहि इजलासबाट टुंग्याउने कि संवैधानिक इजलासमा लैजाने भन्ने विषयमा मतभेद देखिएको थियो । पछि न्यायाधीशहरुले रिट पूर्ण इजलासमा पठाउने आदेश गरेका हुन्।
प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरे पछि आज देखी कोशी सरकारको वैधानिकतामा बहस सुरु भएको हो ।
सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ ।


