सुनसरी / रोट्रयाक्ट क्लब अफ इटहरीले बुढी गङ्गा जमुना मुक्तिघाटमा सन्ध्या आरतिमा आउने भक्तजनहरुलाई निशूल्क खानेपानी वितरण गरेको हो ।
सामाजिक सेवामा सक्रिय संस्था रोट्रयाक्ट क्लब अफ इटहरीले बुढी गङ्गा जमुना मुक्तिघाटमा सन्ध्या आरतिमा आउने भक्तजनहरुलाई सोमबार निशूल्क खानेपानी वितरण गरेको थियो।
हरेक साउने सोमबारमा शिव भगवानको आरतीमा साँझ हुने भएकाले यहाँ पिउने पानिको अभावमा नहोस भनेर पिउने पानिको वितरण रोट्रयाक्ट क्लब अफ इटहरीका अध्यक्ष मिसन पराजुलीले बताए । आगमी दिनको हरेक साउने सोमबार खानेपानी वितरण गर्ने उनले बताए ।

रोट्रयाक्ट क्लब अफ इटहरीले विभिन्न सामाजिक कार्यहरूमा आफ्नो सहभागी देखाउने गरेको छ । सेवा नै धर्म हो भन्ने भावनाका साथ खानेपानी वितरण गरिएको अध्यक्ष पराजुलीले बताए ।
सात्विक खानपान र हरियो चुरा पोते जस्ता सौभाग्यको साथमा हरेक साउने सोमबारमा बर्त बस्ने तथा पुजाआजा गर्ने गरेका छन् । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैमा विशेष महत्वको महिना हो ।
साउनको महिना भित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन्। यस्तै सुनसरीको इटहरीमा रहेको बुडी गङ्गा जमुना मुक्तिघाटमा पनि हिजो साउन दोस्रो दिन शिव मन्दिरमा पुजा गरी सन्ध्या कालिन महाशिवगङ्गा आरति गरिएको थियोे ।

आरतिमा लाख बत्ती बाल्दै भजन कृतन गरि समापन भएको थियो । करिब २ सय बढि आरतिमा भक्तजनको उपस्थिति रहेको थियोे ।गत सालदेखि साउनमा यहाँ शिवगंगा महाआरती हुदै आएको छ । पछिल्लो समय धार्मिक पर्यटकिय स्थलको रूपमा स्थापित भएको बुढिगंगा जमुना मुक्ती घाटमा बिश्व शान्तीको कामना गर्दै शिवगंगा महाआरती र पितृउद्धारका निमित्त लाख बत्ती बाल्ने चलन रहेको छ ।


