All Posts By कोशी प्रेस

    Showing ११,१७१-११,१८० of १३,७४३ items.
  • लाजेहाङलाई शहिद घोषणा गर्ने मन्त्री परिषदको निर्णय

    धरान : सङ्घीय सरकारले कोशी प्रदेश खारेजी, पुनः नामकरणको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई शहिद घोषणा गरेको छ ।मन्त्रिपरिषद्को आज शुक्रवार बिहान बसेको बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । बैठकमा उपस्थित सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उक्त जानकारी दिएका छन् ।उनले फेसबुकमा पनि लेखेका छन् 'कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बु (लाजेहाङ)लाई मन्त्रीपरिषद्बाट सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु । पदम लिम्बु  (लाजेहाङ) प्रति हार्दिक श्रद्धाञ्जली, वीर सहिद

    • प्रकाशित मितिः चैत २४, २०७९
    • १३४ पटक पढिएको
  • उद्यमशीलता अभियान प्रर्बधन गरेको भन्दै ओबि मिडियालाई अवार्ड

    विराटनगर : विराटनगरबाट प्रकाशित/प्रसारित ओबि मिडिया प्रा.लि.ले अवार्ड पाएको छ ।नेपाल इन्टरप्रेनर सोसाइटी काठमाण्डौंले मिडिया र उद्यमशीलता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । राष्ट्रिय स्तरको मिडियाले उद्यमशीलता अभियानमा गरेको योगदानमा ओबि मिडिया समेत उत्कृष्टमा परेको भन्दै अवार्ड प्रदान गर्ने निर्णय गरिएको छ ।नेपाल इन्टरप्रेनर सोसाइटीका अध्यक्ष खगेन्द्र आचार्यले ओबिलाई सम्मान गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । ओबि मिडिया सन् २०११ देखि विराटनगर कार्यक्षेत्र बनाएर सिटी म्यागेजिनको रूपमा काम गर्दै आएको छ ।सम्मानित हुने अवसर प्रदान गरिएकोप्रति ओबि मिडियाका प्रबन्ध

    • प्रकाशित मितिः चैत २४, २०७९
    • ५३ पटक पढिएको
  • विकासका योजना र बजेटका लागि वराहक्षेत्रका मेयर कार्की काठमाडौँमा

    वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका मेयर रमेश कार्की सङ्घीय सरकार र निकायहरूसँग विकासको योजनाकालागी बजेट उपलब्ध गराउन माग गर्दै काठमाडौँका मन्त्रालय र विभागमा दौडधुप गर्दैछन।नगरपालिकाको आन्तरिक साधन र स्रोतले मात्र नगरवासीको आवश्यकता र विकाशका योजनाहरू सञ्चालन गर्ने नसकिने भएकाले मेयर कार्की माथिल्लो तहको सरकारसँग सहकार्यकालागी सक्रिय देखिएका हुन् ।हाल सङ्घीय राजधानी काठमाडौँ पुगेका मेयर कार्की सङ्घीय विभागीय मन्त्री, सङ्घीय प्रतिनिधि सभा सदस्य तथा विभिन्न विभागमा योजनाका लागी बजेट उपलब्ध गराउने कार्यमा लागिपरेका छन् ।कोसी कट्टान नियन्त्रण, सडक पूर्वाधार, स्वास्थ्य संस्थाको स्तरोन्नति, मोबाइल

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १३५ पटक पढिएको
  • सहारा नेपाल बलिया शाखा द्वारा २८ औँ स्थापना दिवसमा जेब्राक्रसिङ निर्माण तथा सरसफाई

    सुन्दरहरैँचा। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बलिया शाखाले जेब्राक्रसिङ निर्माण तथा बोर्ड हस्तान्तरण गरेको छ । संस्थाको २८ औँ स्थापना दिवसको अवसर पारेर सुन्दरहरैँचा नगरपालिकाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बलिया तथा बाँसबारी चौकमा जेब्राक्रसिङ निर्माण गर्नुका साथै सुचना बोर्ड हस्तान्तरण गरिएको हो । बलिया शाखाको आयोजनामा सहकारीका सदस्य,स्थानिय उपभोक्ता,नागरिक समाज सहितको उपस्थितीमा सरसफाई पनि गरिएको थियो । बलिया तथा बाँसबारी चौक क्षेत्रमा सरसफाई गरी सुचना बोर्ड गाडिएको थियो । पूर्वपश्चिम राजमार्ग अन्र्तगत व्यस्त हुने दुई चौकहरुमा सडक वारपार गर्न भईरहेको समस्यालाई मध्यनजर गर्दै

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १६५ पटक पढिएको
  • भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु

     लेटाङ। मोरङको लेटाङ नगरपालिकाले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीहरुलाई जग्गा वितरण गर्ने तयारी स्वरुप जग्गाको निस्सा वितरण कार्य सुरु गरेको छ । आइतबार नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नगरपालिकाको वडा नम्बर ५ बाट निस्सा वितरण कार्यको थालनी गरेका हुन । वडा नम्बर ५ बाट निस्सा वितरण कार्य सुरु गरीएकोमा आइतबारदेखि अन्य वडाहरुमा पनि निस्सा वितरण कार्य सुरु गरिएको छ । नगरका वडा नम्बर २, ३, ४, ५, ७, ८ र ९ मा गरि पहिलो चरणमा २ हजार २ सय ३७ वटा निस्सा बाँड्ने नगरपालिकाको योजना रहेको छ । यसैगरि दोश्रो चरणमा वडा नम्बर १ र ७ का साथै अन्य वडाका बाँकी रहेका निस्सा वितरण गरिने नगर प्रमुख

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १३५ पटक पढिएको
  • चतरामा हनुमान जयन्ती कार्यक्रम सम्पन्न

    इटहरी  । चैत्र पुर्णिमाका दिन रामदुत हनुमानको जन्म दिनको विशेष कार्यक्रमको आयोजना गरि हनुमान भक्तहरुले मनाउने गरे झै यस वर्ष पनि हनुमान जयन्तीको अवसर पारेर सुनसरीको चतरामा धार्मिक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।    जगतगुरु रामानन्दचार्य सेवा पिठको आयोजनामा हनुमान जयन्ती मनाइएको हो । रामदुत हनुमानको जन्मजयन्तीका अवसर पारेर सेवा पिठको हनुमान मन्दिरमा १५दिन देखि हनुमान चालिसा , रामायण पाठ लगायतका धार्मिक कार्यहरु सिद्धबाबा डा. कृष्ण दासको नेतृत्वमा गरिदै आएको जनाइयो । सेवा पिठले स्थापना गरेको हनुमान मन्दिरमा विगत १०वर्ष यता देखि निरन्तर रुपमा अखण्ड राम नाम किर्तन चलिरहेको छ 

    • प्रकाशित मितिः चैत २३, २०७९
    • ५२ पटक पढिएको
  • पार्किङको समस्या समाधानका लागी उद्योग वाणिज्य संघले इटहरी नगर सरकारलाई ध्यानाकर्षण पत्र

    इटहरी । इटहरी मुख्य चौकमा देखा परेको पार्किङको समस्या समाधानका लागी उद्योग वाणिज्य संघ इटहरीले इटहरी नगर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मुख्य चौक आसपासका क्षेत्रमा पार्किङको समस्याका कारण व्यवसायी मारमा परेको भन्दै उद्योग वाणिज्य संघ इटहरीले इटहरी उपमहानगरपालीकाका मेयरलाइ ध्यानाकर्षण पत्र बुझाएको हो । इटहरी चौक क्षेत्रमा व्याप्त पार्किङको असुविधाले व्यवसायीहरु पलायन हुने अवस्था आएको तर्फ मध्यनजर गर्दै यथासिघ्र पार्किङको समस्या समाधान गर्न अनुरोध गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए ।  पुर्वकै ब्यवसायीक केन्द्र इटहरीमा व्यवसाय गर्दै आएका व्यव

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १३० पटक पढिएको
  • सुन्दरहरैचा नगरपालिकाकाे निर्णय प्रति ३ दलको ध्यानाकर्षण

    सुन्दरहरैँचा। माेरङकाे सुन्दरहरैँचा नगरपालिकाबाट गरिएका निर्णयहरुप्रति नेकपा एकीकृत समाजवादी , नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसले गंभीर ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएका छन्।बुधबार ति दलहरुले संयुक्त रूपमा आपत्ति जनाउँदै ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएका हुन् ।               ध्यानाकर्षण पत्रमा जनताकाे अहितमा गरिएका निर्णयहरू ३ दिन भित्रमा सर्वदलीय सहमति गरी नसच्याइएमा संघर्षका थप कार्यक्रमहरू अघि बढाउन बाध्य हुने चेतावनी सहित माग गरेका छन् ।गम्भीर ध्यानाकर्षण भनिएको उक्त ज्ञापनपत्रमा विभिन्न मागहरुका बुद्वाहरू उल्लेख गरिएकाे छ।

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १५५ पटक पढिएको
  • सुन्दरहरैंचाकाे जनता माविबाट २० जना सहित माेरङबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ

    सुन्दरहरैंचा / मोरङका विभिन्न तीन विद्यालडयबाट एसईई परीक्षा दिइरहेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा ४४ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।बुधबार मोरङको ग्रामथानस्थित सरस्वती माविमा एक युवतीलाई नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय ईकाइले परीक्षामा निगरानी बढाएको छ । प्रहरीका प्रवक्ता दाहा

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १५९ पटक पढिएको
  • ओरेकको ३२ औं वार्षिकाेत्सव 'संगालो प्रदर्शनी' सहित सम्पन्न

    महिला पुनर्स्थापना केन्द्र ओरेकले आइतबार विभिन्न कार्यक्रम गरि आफ्नो ३२ औं वार्षिकाेत्सव मनाएकाे छ । संस्थाबाट सन्चालित विगत देखि वर्तमानसम्मका कार्यक्रम तथा अभियानहरुको 'संगालो प्रदर्शनी' काे आयाेजना गर्दै ३२ औं वार्षिकाेत्सव मनाएकाे हो । जिल्ला समन्वय समिति उपप्रमुख कमला खतिवडा  प्रमुख अतिथि रहनुभएकाे कार्यक्रममा न्यायिक निकायलाई निरन्तर घचघच्याउदै र खबरदारी गर्दै, अन्यायमा परेका महिला, बालबालिका श्रमिक, विपन्न वर्गका व्यक्तीहरुलाई निरन्तर न्यायिक, सामाजिक, आर्थिक र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्थाले जनाएकाे छ । मानव अधिकार सुनिश्चितता, कानुनको प्रभावकारी कार्यान्वयन,

    • प्रकाशित मितिः चैत २३, २०७९
    • ६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]