इटहरी । इटहरी मुख्य चौकमा देखा परेको पार्किङको समस्या समाधानका लागी उद्योग वाणिज्य संघ इटहरीले इटहरी नगर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पुर्वकै ब्यवसायीक केन्द्र इटहरीमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले अव्यवस्थीत पार्किङ आफुहरुको साझा समस्या रहेको उल्लेख गर्दै देश आर्थिक सङकटबाट गुज्रीरहेको समय पार्किङको अभावमा चोक क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरु समेत घटेको उनीहरुको गुनासो थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख पौडेलले ट्राफिक र व्यवसायीहरुसाग छलफल गरेर यो समस्या चाँडै नै समाधान गरिने विश्वास व्यक्त गरेका छन । इटहरी मुख्य चौकबाट ३ सय मिटर वरपर पार्किङ निषेध गरिए देखी व्यवसायीहरुमात्रै नभइ ग्राहक र स्थानीयहरुलाइ समेत सास्ती भएको छ । लामो समयसम्म पार्किङको दिर्घकालिन समाधान गर्न नसक्दा इटहरी कुरुप मात्र देखिएको छैन,दुर्घटनाको जोखिम पनी उत्तिकै बढने सम्भावना छ ।

