महिला पुनर्स्थापना केन्द्र ओरेकले आइतबार विभिन्न कार्यक्रम गरि आफ्नो ३२ औं वार्षिकाेत्सव मनाएकाे छ । संस्थाबाट सन्चालित विगत देखि वर्तमानसम्मका कार्यक्रम तथा अभियानहरुको 'संगालो प्रदर्शनी' काे आयाेजना गर्दै ३२ औं वार्षिकाेत्सव मनाएकाे हो । 

जिल्ला समन्वय समिति उपप्रमुख कमला खतिवडा  प्रमुख अतिथि रहनुभएकाे कार्यक्रममा न्यायिक निकायलाई निरन्तर घचघच्याउदै र खबरदारी गर्दै, अन्यायमा परेका महिला, बालबालिका श्रमिक, विपन्न वर्गका व्यक्तीहरुलाई निरन्तर न्यायिक, सामाजिक, आर्थिक र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्थाले जनाएकाे छ ।

339477226_6373363156030198_3780376584848491886_n

मानव अधिकार सुनिश्चितता, कानुनको प्रभावकारी कार्यान्वयन, महिलाको श्रम, शरीर र पहिचानकाे स्थापनालगायत विभिन्न कार्यक्रम संस्थाले सम्पन्न गरेको बताइएको छ। सामाजिक तथा न्यायिक र मानव अधिकारका क्षेत्रमा भएका हालसम्मका कार्यक्रमहरु प्रभावकारी ढङले सन्चालन भएको र आगामी दिनमा पनि यहि कार्यकुशलताका साथ काम गरिने संस्थाले जनाएको छ । 

 339458265_769330734851684_810848179170596373_n    

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी, पालिकाहरूका उपप्रमुख, सामाजिक अभियान्ता विभिन्न सस्थाका प्रमुख तथा प्रतिनिधि गरि १ सय ५० बढीको उपस्थिति रहेको थियो।  वि.सं.२०४७ सालमा स्थापना भएको ओरेकले सुनसरीको बराहक्षेत्र, इनरुवा, दुहवी नगरपालिका साथै कोशी र गढि  गाउँपालिकालाई कार्यक्षेत्र बनाएर महिलाहरूकाे हक र अधिकारका निम्ति काम गरिरहेको छ ।