युवा विकास केन्द्रको निवर्तमान अध्यक्ष श्री सञ्जय चौधरीले सामाजिक पुस्तक, एल.इ.डि टेलिभिजन साथै ६ महिनासम्म रु ३००० मासिक सहयोग युवा विकास केन्द्रलाइ गर्ने जिकिर गरेका छन् । चौधरीले युवा विकास केन्द्रसँगको साझेदारीमा सस्थाको विकासमा निहित रहेर सहयोग गरेको बताएका छन् ।यस बाट सस्थामा आउने सम्पुर्ण युवालाई प्रोत्साहन गर्न साथै भविष्यको सपना पुरा गर्न निवर्तमान अध्यक्ष श्री सञ्जय चौधरीले रु १० हजार बरबारको सामाजिक पुस्तक, एल.इ.डि टेलिभिजन साथै ६ महिनासम्म रु ३००० मासिक सहयोग युवा विकास केन्द्रलाइ गर्ने जिकिर गरेका थिए । युवा विकास केन्द्रको १० औ साधारण सभा तथा ५ औ अधिवेसनको अ
बालिकालाई भारत लैजादै गरेको अवस्थामा दुईजना युवा भारतको जोगबनीमा पक्राउ परेका छन् । नेपालबाट भारतको पटना लैजान लागेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले पक्राउ गरी माईती नेपाललाई जिम्मा लगाएको हो ।पक्राउ पर्नेमा मोरङ धनपालथान–६ बस्ने १८ वर्षीय विजय सहनी र मो. मखबुल रहेका छन् । उनीहरुसँगै त्यहिकी १७ वर्षीया किशोरी समेत पक्राउ परेकी छिन् । माईती नेपालले इलाका प्रहरी कार्यालय रानीमा बुझाएसँगै उनीहरुसँग सोधपुछ सुरु गरिएको छ । प्रहरीका अनुसार सहनी र ती किशोरी विवाह गरेर भागेको देखिएको छ । मो.मखबुल रिक्सा चालक भएको खुलेको छ ।भारतको जोगबनीस्थित टिकुलिया वस्तीमा सीमामा खटिएको एसए
युवा विकास केन्द्रको अध्यक्ष पदमा दिक्षा दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको छ। कार्यालय सुनसरीको ईटहरीमा रहेको कार्यालयको युवा विकास केन्द्रको भवनमा सोमबार भएको १० औं साधारण सभाबाट दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको हो।सस्थाको उपदक्ष्यमा अतित गुरागाइ, सचिवमा नेहा अग्रहरी, सह-सचिवमा निर्दिप काफ्ले, कोषादक्षमा दिपेन थापा निवार्चित भएका छन् । त्यस्तै सदस्यमा सन्तोष कार्कि, मंञ्जिला अधिकारी, जमुना तिवारी, सृष्टि चोहान सर्वसम्मत निर्वाचित हुनुभएको छ।निर्वाचित भयपछी अध्यक्ष दाहाले जनसमुदायको साथ र सहयोग लिएर समुदायमा आइपर्ने समस्याको न्
चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् ।उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।विस्फोटपछि १२ जना हराइरहेका र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।सिसिटिभीले भनेको छ, “आगो अहिले नियन्त्रणमा आइसकेको छ ।”सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखि
नेपाल रेडक्रस सोसाईटी चैनपुर उपशाखाको सभापतिमा योगेन्द्र शर्मा न्यौपाने निर्वाचित हुनुभएको छ। उपशाखा कार्यालय चैनपुरले दिलकुमारी स्मृति सभा भवन परिसरमा शनिबार भएको २४ औं उपशाखा सभाबाट न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको हो। त्यस्तै सदस्यमा चन्द्रमणि दाहाल , कल्पना दाहाल, भिम बहादुर न्यौपाने, राधिका भट्टराई, भक्त विस्वकर्मा, सुमित्रा गौतम , सुवास गिरि, जगदिस खत्री चयन हुनुभएको छ।निर्वाचित भयपछी सभापति नेउपानेले जनसमुदायको साथ र सहयोग लिएर समुदायमा आइपर्ने बिपतबाट बच्न तथा जोखिम न्युनिकरणका लागि अझै सक्रिय भएर काम गर्
इटहरी उपमहानगरपालिका ९ नं. वडास्थित मल्लिक बस्तीमा एक दिने दलित वर्गकालागि सचेतना कार्यक्रम आयोजना गरिएको छ । ९ नं. वडा कार्यालयको सहयोग र हेल्पीङ युथ सुनसरीको आयोजनामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । मल्लिक बस्तीमै पुगेर दलितको हक अधिकार र कानूनको बिषयमा जानकारी दिइएको थियो । ९. नं. वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलितहरुमा हुने बिभेद अन्त्यको लागी एक हुनु पर्ने र बाल बिवाह प्रथा पुर्णरुपमा बन्द गर्नुपर्ने बिषयमा सहजिकरण गरिएको थियो । यहाँको बस्तीमा बिशेष गरि बाल बिवाह हुदै आएको छ
धनकुटा । माघ ६ देखि १६ गतेसम्म धनकुटाको टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी पूरा हुने चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो । सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिनुभयो ।माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिनुभयो । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल
इटहरी । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । थारु र मगर समुदायले विशेष रुपमा यो पर्व मनाउछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।पर्वका अवसरमा विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ ।माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रि
इटहरी । थारु समुदायले धुमधामका साथ मनाउने महान पर्व माघे सक्रान्तिका अवसरमा सुनसरीको दुहवीमा माघी सास्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ । थारु विद्यार्थी समाज सुनसरी ,मोरगंको संयुक्त आयोजनामा नव निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा सम्मान र प्रथम सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । थारु जातिको पहिचान संस्कृतिलाई जर्गेना गर्ने कार्यमा युवाहरुलाई जागृत गर्ने तथा थारु समुदायले मनाउने नयाँ वर्ष माघीलाई निरन्तरता दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष राजेशकुमार माझीले जानकारी दिए ।सास्कृतिक कार्यक्रम दुहवी थारु समुदायले नयाँ अन्
इटहरी । स्वास्थ्य जीवनको चाहना ,योग ,शिक्षा र साधना भन्ने नाराका साथ इटहरीमा पनि ८औं राष्ट्रिय योगदिवस मनाइएको छ । पतञ्जली योग समिति नेपाल इटहरीको आयोजनामा इटहरीमा योग दिवस मनाइएको हो ।उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा योग दिवस मनाइयो । योग दिवसका अवसरमा इटहरीमा प्रभातफेरी सहित योगका विषयमा चर्चा गरियो ।योग गर्नाले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्य लागि हुने फाइदाहरुका विषयमा वक्ताहरुले चर्चा गरे ।योग प्रशिक्षकहरु सहित योगमा सहभागी हुनेहरुको उल्लेखिय सहभागिता रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.