युवा विकास केन्द्रको अध्यक्ष पदमा दिक्षा दाहाल सर्वसम्मत  निर्वाचित हुनुभएको छ।  कार्यालय सुनसरीको ईटहरीमा रहेको कार्यालयको युवा विकास केन्द्रको भवनमा  सोमबार भएको  १० औं साधारण  सभाबाट दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको हो।


सस्थाको उपदक्ष्यमा अतित गुरागाइ, सचिवमा नेहा अग्रहरी, सह-सचिवमा निर्दिप काफ्ले, कोषादक्षमा दिपेन थापा निवार्चित भएका छन् । त्यस्तै सदस्यमा सन्तोष कार्कि,  मंञ्जिला अधिकारी, जमुना तिवारी, सृष्टि चोहान सर्वसम्मत निर्वाचित हुनुभएको  छ।

निर्वाचित भयपछी अध्यक्ष दाहाले  जनसमुदायको साथ र सहयोग लिएर समुदायमा आइपर्ने समस्याको  न्युनिकरण लगायत सस्थाको हक हित र सम्पुर्ण सदस्याको नेतृत्व विकास सँगै सर्वाणित विकासमा सदैव  अझै सक्रिय भएर काम गर्ने बताउनुभयो ।

युवा विकास केन्द् सस्थाको अध्यक्ष पदमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित  भएको सस्थाले जानकारी दिएका छन् ।