नेपाल रेडक्रस सोसाईटी चैनपुर उपशाखाको सभापतिमा योगेन्द्र शर्मा न्यौपाने निर्वाचित हुनुभएको छ। उपशाखा कार्यालय चैनपुरले दिलकुमारी स्मृति सभा भवन परिसरमा शनिबार भएको २४ औं उपशाखा सभाबाट न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको हो।
त्यस्तै सदस्यमा चन्द्रमणि दाहाल , कल्पना दाहाल, भिम बहादुर न्यौपाने, राधिका भट्टराई, भक्त विस्वकर्मा, सुमित्रा गौतम , सुवास गिरि, जगदिस खत्री चयन हुनुभएको छ।

निर्वाचित भयपछी सभापति नेउपानेले जनसमुदायको साथ र सहयोग लिएर समुदायमा आइपर्ने बिपतबाट बच्न तथा जोखिम न्युनिकरणका लागि अझै सक्रिय भएर काम गर्ने बताउनुभयो ।


