सुनसरी । तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बराहक्षेत्रकोअध्यक्ष डम्बरप्रसाद सिग्देलको अध्यक्षतामा पुन नया कार्य समिति चयन भएको छ । बुधबार भएको निर्वाचनमा प्रतिद्धन्दी कृष्ण प्रसाद कटेललाई ३२१ मतान्तरले पछि पार्दै सिग्देल अध्यक्ष पदमा पुन निर्वाचित भएका हुन । लेखा संयोजकमा दिपक कार्की ,पुरुष खुल्ला सदस्यमा राजु कार्की,दिपक कोईराला,बिनोद गुरागाई, महिला खुल्ला सदस्य तर्फ गोमा देवी न्यौपाने ,रेणु कुमारी तिमिल्सिना,र विनु राई निर्वाचित भएका छन । त्यसैगरि सदस्य कोटामा (वडा नं १ बाट) मदन बहादुर बस्नेत(राजन)वडा नं २ बाट चन्द्र बहादुर मगर निर्वा
सुनसरी । प्रदेश नम्बर १ का नवनिर्वाचित सांसदहरूको सपथ पुस ११ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले मंगलबार सूचना जारी गरी सपथग्रहणको कार्यक्रम सार्वजनिक गरेको हो । संविधानको धारा १८२ को उपधारा ५, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम सपथग्रहण गराउने सचिवालयले जनाएको छ । सपथ लिन आउने सांसदले निर्वाचन आयोगले दिएको प्रदेश सभा सदस्यको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो लिएर दुई घण्टा अघि उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । आफ
इटहरी । क्रिसमसको अवसर पारेर इटहरी नमुना कलेजका विद्यार्थीहरुले इभेन्टमेनेजमेन्ट अन्तरगत क्रिसमस उत्सव कार्यक्रम गरेका छन । नमुना कलेजमा अध्ययनरत विएचएम सन् २०२१का विद्यार्थीहरुले इभेन्टमेजमेन्ट अन्तरगत खानाको परिकार सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस उत्सव मनाएका हुन । कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न इभेन्ट अन्तरगत सिकाइका लागि कार्यक्रम आयोजना गरिने गरे जस्तै गरी क्रिसमसको इभेन्ट कार्यक्रम आयोजना गरिएको विएचएम कोर्डिनेटर सालिकदत्त भट्टराईले जानकारी दिएसो अवसरमा रोनिस केसी ,विशाल मगर लगायतले सांगितिक प्रस्तुति गरेका थिए ।
इटहरी, ८ पुस । एकम्बा साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाकाे कार्यालयमा इटहरी उपमहानगरपालिका उप प्रमुख संगीता चौधरी को प्रमुख आतिथ्यमा भएको साधारण सभामा सहकारीमा वर्षभरी भएका आयव्यय, कार्ययोजना, संस्थाको प्रगति, खर्चसहितका वार्षिक प्रतिवेदन पारित गरिएको छ । सहकारीले गर्दा महिला हरुलाई आफ्नो आयआर्जनका बाटो खुल्नुका साथै महिलाहरूलाई आत्मनिर्भर बनाएकोले सहकारी लाइ अझ मजबुत बनाउदै लानुपर्ने प्रमुख आतिथि चौधरीले बताइन् ।सहकारीको बलियो आधार बचत भएकाले संस्थाको कोषमा बचत रकम बढाउने, नीतिगत कार्ययोजना, कर्मचारी तालिम,
इटहरी : सुनसरीमा हात्ती मृत अवस्थामा भेटिएको छ । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको हो ।सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीका अनुसार अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती शुक्रबार बिहान ६ बजे मृत अवस्थामा भेटिएको हो ।हात्ती दुर्गन्धित अवस्थामा फेला परेको उनले बताए । हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर एकीन गर्न बाँकी रहेको उनले बताए ।कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि पोस्टमार्टम गरिने वा सदगद गर्नेबारे प्रक्रिया सुरु हुने बताइएको छ ।वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र
इटहरी / इटहरी उप–महानगरपालिका वडा नम्बर १ को आयोजनामा गृहणी, किसोरी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउने तालिम दिईएको छ ।महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन वडाका १५० जनालाई तालिम दिइएको हो । घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको हो ।प्रसिक्षक सुनिता तिवारी हुमागाइले सेनटरी प्याडको महत्व, प्याड बनाउने तरिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।&nb
इटहरी । मानिसको जीवनको यात्रालाई गीतमा उतारेका इटहरीका अनुप्रास विष्टको गित यात्रा युटुवबाट सार्वजनिक गरेका छन । मानिसहरुको जीवन भोगाइका विषयवस्तु वनाएर तयार पारिएको यात्रा गीत आफनै युटुव च्यानल अनुप्रास विष्टबाट सार्वजनिक गरेको गितकार विष्टले जानकारी दिएका हुन । https://www.youtube.com/watch?v=CNXiWlf9Ydg विष्टले आफैले स्वर दिएको यात्रा सार्वजनिक गरिएको र आगामी दिनमा पनि गीत संगीतका क्षेत्र अन्य गीत लिएर आउने वताउदै सबै मानिसहरुको जीवनको यात्रा समेटेर गीत तयार पारिएको समेत गितकार विष्टले जानकारी दिए ।
इटहरी । हुम्लाको चङ्खेलीकी तारा जैसी भट्टराईको गजल संग्रह हुम्लाकी तारा एक कार्यक्रमका विच इटहरीमा विमोचन गरिएको छ । तारा जैसी भट्टराईद्धारा लिखित तथा हलेसी महादेव मिडियाद्धारा प्रकाशित गजल संग्रह हुम्लाकी ताराको कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय कविता प्रयोगितामा प्रथम वन्न सफल कब्यात्री टिका आत्रेय लगायतका अतिथीहरुले विमोचन गरेका हुन । हलेसी महादेव मिडियाका अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षता तथा विजया प्याकुरेलको संयोजनमा भएकोे विमोचन कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्साल , पत्रकार साहित्यकार विराट अनुपम लगायतले गजल संग्रहको चर्चा गर
बिराटनगर। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले “युवासँग-महालक्ष्मी लाईफ” को सफलता पछि “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त कार्यक्रमको समुदघाटन गरेका थिए । कार्यक्रममा देशभरीबाट शाखा/उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो ।समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नो उदघाटन मन्तव्य दिदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछ
काठमाडौँ / दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।खेलको २३औं मिनेटमा अर्जेन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.