All Posts By कोशी प्रेस

    Showing १,१७१-१,१८० of १२,७५६ items.
  • राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउनु आजको मुख्य आवश्यकता भएको मुख्यमन्त्रीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठुलो संघर्षबाट प्राप्त राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ एवम् संस्थागत बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।गणतन्त्र दिवसको अवसरमा शुक्रबार प्रदेश राजधानी विराटनगरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । समारोहअघि विराटनगरमा प्रभातफेरी निकालिएको थियो भने वीरेन्द्र सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने आकर्षक झाँकीहरू प्रस्तुत गरिएको थियो ।समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १५७ पटक पढिएको
  • ६९ बिघा जग्गा अतिक्रमण र खिया लागेका मेसिनका कारण विराटनगर जुटमिल ब्युँताउन चुनौती

    इटहरी। नयाँ सरकार गठनसँगै मुलुकका बन्द रहेका रुग्ण उद्योग पुनः सञ्चालन हुने चर्चाले विराटनगर जुटमिलमा आश्रित पूर्वपरिवारमा फेरि एक पटक आशाको सञ्चार गराएको छ । नेपालको पहिलो उद्योग ‘विराटनगर जुटमिल’ सञ्चालनको विषय सर्वसाधारणको चासो र राजनीतिक दलहरूको भाषणको मुख्य एजेन्डा बन्ने गरेको छ । राजनीतिक तहमा हुने गरेका सञ्चालनका आश्वासन र मिलको वर्तमान अवस्था भने नितान्त भिन्न छ । खिया लागेका मेसिन, भत्किएका पूर्वाधार र पूर्वकर्मचारी, विद्युत् र अन्यलाई तिर्नुपर्ने व्ययभारका कारण यो ऐतिहासिक उद्योग ब्युँताउन सोचे जति सहज भने छैन । झन्डै एक दशकदेखि पूर्णतः बन्द रहेको यस मिलका दुई वटै प्लान्टभित्रका

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १३१ पटक पढिएको
  • सहदि भीमनारायण गोल्डकप: धनकुटामा आज झापा र मोरङबिच दोस्रो सेमिफाइनल प्रतिस्पर्धा हुँदै

    इटहरी । धनकुटामा जारी १८औँ संस्करण सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार  विर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा हुने भएको छ ।धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दिउँसो ४ बजेदेखि दुवै टोलीबीच खेल हुने आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ । यसअघि बिहीबार भएको पहिलो सेमिफाइनलमा सलहेश फुटबल क्लब सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको थियो । मङ्गलबार भएको खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई १–० गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब मोरङ विजयी भएको थियो ।त्यसै

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १०७ पटक पढिएको
  • ताप्लेजुङमा मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन

    इटहरी । ताप्लेजुङमा मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरिएको छ । मनसुनजन्य विपद् बाढीको प्रकोपबाट हुने क्षति कम गर्न, प्रकोपपछि उद्धार र प्राथमिक उपचारमा केन्द्रित विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरिएको हो । जिल्लास्थित नेपाली सेनाको इन्द्रदल गुल्मले बिहीबार विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको हो । फुङ्लिङ नगरपालिका, मेरिङ्देन गाउँपालिका, मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभानस्थित तमोर नदीमा नमुना अभ्यास प्रदर्शन गरिएको हो । इन्द्रदल गुल्ममा कार्यरत नेपाली सेना र सशस्त्र प्रहरीले विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १८२ पटक पढिएको
  • इटहरी–११ ले बाचा पूरा गर्दै: गाउँ–गाउँमा खानेपानी, शिक्षा र पूर्वाधार विस्तार

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ११ ले निर्वाचनताका जनता माझ गरेका प्रतिबद्धताहरू क्रमशः पूरा गर्दै विकास निर्माणका कामलाई तीव्रता दिएको जनाएको छ । वडाले गाउँ–गाउँमा खानेपानी धारा विस्तारसँगै शिक्षा, स्वास्थ्य तथा विद्युत सेवाको पहुँच विस्तार गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाएको छ । वडा स्तरबाट विनियोजन गरिएको बजेट तथा बहुवर्षीय योजना मार्फत विभिन्न विकास निर्माणका काम भइरहेको वडा कार्यालयले जनाएको छ । खानेपानी विस्तार अभियान अन्तर्गत हाल करिब १० लाख बढि रुपैयाँ बराबरको पाइप जडान कार्य भइरहेको छ ।स्टिमेट भन्दा बढी काम गरिएको वडा कार्यालयको दाबी छ । स्थानीयवासीहरूले वडा कार्यालयले

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १५८ पटक पढिएको
  • सुनसरी जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    इटहरी । सुनसरीको इटहरीमा ‘१६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८३’ सुरु भएको छ । सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा इटहरी रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा सुनसरी जिल्लाभरिका खेलाडीहरूको सहभागिता रहेको छ । उद्घाटनका दिन एथलेटिक्स, भलिबल, कबड्डी, उशु, कराते तथा तेक्वान्दो खेल सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतियोगिता सम्म पु¥याउन कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले पहल गर्ने बताइएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १९२ पटक पढिएको
  • मिस नेपाल २०२६ का लागि आवेदन खुला

    इटहरी । द हिडन ट्रेजरले बहुप्रतिक्षित ‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन खुला गरेको घोषणा गरेको छ । नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका १८ देखि २७ वर्ष उमेर समूहका र न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका इच्छुक नेपाली युवतीहरूले आगामी जेठ २५, २०८३ (जुन ८, २०२६) सम्म निःशुल्क आवेदन दिन सक्नेछन् । यस वर्षको भव्य ग्रान्ड फिनाले आगामी साउन २६ गते शनिबार (अगस्ट १, २०२६) काठमाडौँको पुल्चोकस्थित ’द प्लाजा’ मा आयोजना हुनेछ भने उक्त कार्यक्रमको हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । प्रतियोगिताका मुख्य विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्, जसअन्तर्गत ’म

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ५२४ पटक पढिएको
  • इटहरी २ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २ को कार्यालय र प्रेस नेटवर्क म्यानेजमेन्टको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । जेठ १३ गतेदेखि सुरु भएको तालिम कार्यपालिका सदस्य तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ की महिला वडा सदस्य भिमा कुमारी तुम्बाहाम्फेको अध्यक्षता तथा  इटहरी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष माधव कोइरालाको प्रमुख अतिथ्यतामा गरिएको छ । प्रशिक्षकद्वय सिमा बस्नेत र विकल पौडेलले सहजीकरण गर्नुभएको यस तालिममा ४० जना भन्दा बढीको सहभागिता रहेको थियो। उद्घोषण तथा प्रभावकारी सञ्चार सीपसँगै नेतृत्व क्षमता विकासमा तालिम उपयोगी रहेकोले युवाहरूमा नेतृत्व क्षमता अभिवृ

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • २०८ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

    इटहरी । पाँचथरको फिदिम नगरपालिका–८, मान्द्रेभिरमा मोटरसाइकल दुर्घट्ना हुँदा युवकको ज्यान गएको छ ।ज्यान गुमाउनेमा फिदिम–८ का ३३ वर्षीय दिपेन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गुरुङ फिदिम नगरपालिका–८, इथुङदेखि घुमाउने टारस्थित घरमा आउँदै गर्दा बुधबार साँझ दुर्घटनामा पर्नुभएको थियो ।नम्बर एकिन नभएको अनटेस्ट मोटरसाइकलमा सवार गुरुङको मोटरसाइकलसँगै भिरमा खस्दा घट्नास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका गुरुङको शव उद्वार गरी राति १ बजे पाँचथर अस्पतालमा ल्याइएको छ । मोटरसाइकल अझै पनि भिरबाट निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले जानक

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • २९५ पटक पढिएको
  • चौथो सुन्दरहरैंचा मेयर गोल्डकप जेठ १६ देखि, विजेतालाई ४ लाख पुरस्कार

    इटहरी । मोरङको सुन्दरहरैंचा–१२ स्थित सुक्रबारे खेल मैदानमा “चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२” आयोजना हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न पालिकाका टोलीहरूको सहभागिता रहने आयोजक सुन्दरहरैंचा नगर खेलकुद विकास समितिले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्क श्रेष्ठका अनुसार प्रतियोगिताको उद्घाटन खेल जेठ १६ गते दिउँसो ३ बजे बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिका बीच हुनेछ । त्यसैगरी जेठ १७ गते सुन्दरहरैंचा नगरपालिका र बेलका नगरपालिका आमनेसामने हु

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]