दिपावलीकाे पाचदिन भित्र प्रदेश एकका बिभिन्न जिललाहरूमा सवारी दुर्घटना हुदा १७ जनाले ज्यान गुमाएका छन भने १७ जना गम्भिर र १ सय ६३ जना सामान्य घाइते भएका छन । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी श्याम सारुमगरका अनुसार दिपावलीकाे ५ दिन भित्र प्रदेशमा १९ वटा सवारी साधन दुर्घटना भएकाे र साेहि दुर्घटनामा १७ जनाकाे मृत्यु १७ जना गम्भीर घाइते र १ सय ६३ जना सामान्य घाइते भएका हुन । कार्तिक ६ देखि ११ गतेसम्म पाँच दिनमा सबैभन्दा बढी भाइटिकाको दिन सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । भाइटिकाको दिन २३ वटा सवारी दुर्घटनामा परी तीन जना
इटहरी । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्
सुनसरी। एक समय सुनसरी क्षेत्र नं ३ मा विजयकुमार गच्छदारको दवदवा थियो । तर, २०७० सालयता गच्छदार सत्तामा रहँदा पनि आफ्नै गढमा निरिह भइरहेका छन् । २०४८ सालयताका सबै संसदीय निर्वाचनमा जित हासिल गरेका गच्छदारले आफ्नै क्षेत्रका जनतालाई अँध्यारोमा राखेकैले मतदाता उनीप्रति नरम छैनन् । २०६४ सालको संविधानसभा सदस्य हुँदै कम्युनिस्ट राजनीतिमा आर्थिक सवलीकरणका नाराहरु अघि सार्दै निरन्तर उदाइरहेकी भगबती चौधरीले आफ्नो क्षेत्रमा मात्र नभएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै चर्चा कमाएसँगै गच्छदारको राजनीति धरासायी बन्दै गएको हो । झन ०७० र ०७४ सालको निर्वाचनमा धाँधलीको आरोप लागेपछि गच्छदार मतदाता माझ पनि राम्
सुनसरी। नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा उम्मेदवार भगवती चौधरीले आफु कहिल्लै भ्रष्टाचार नगर्ने बताएकी छिन् । सुनसरीको इटहरीमा प्राइमटाइम टेलिभिजनले आयोजना गरेको चुनाबी वहस कार्यक्रममा सहभागी हुँदै नेतृ चौधरीले आफु हरेक कुराले सक्षम र आत्मनिर्भर रहेकाले भ्रष्टाचार गर्नै नपर्ने बताइन् । सुनसरी ३ नं. क्षेत्रको विकास र समृद्धिको लागि राजनीतिमा होमिएको बताउँदै चौधरीले सुनसरी क्षेत्रका सबै प्रकारका समस्याहरु हल गरी विकासको लहर ल्याउन आफु सक्रिय हुने बताइन् । ‘मलाई भ्रष्टाचार गर्नुछैन, म आफैं सक्षम छु । पढेलेखेकी छु । राजनीति गरेर कमाउँछु भन्ने सोच मसँग छैन । खानकै लागि, कमाउनकै ल
इटहरी । नेकपा एमालेकी प्रभावशाली नेतृ भगबती चौधरीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताएकी छिन् । बिहीबार इटहरी वडा नं. १४ मा आयोजित पार्टीका कार्यकर्ताहरुको प्रशिक्षण भेलामा बोल्दै प्रतिनिधिसभा उम्मेदवार चौधरीले अघिल्ला दुई निर्वाचनमा प्रतिपक्षले धाँधली गरेको कार्यकर्ताहरुलाई प्रष्ट्याउँदै फेरी पनि निष्पक्षरुपमा निर्वाचन नभए आफु र नेकपा एमाले कडा रुपमा प्रस्तुत हुने बताइन् । यूवा संघ, युथ फोर्स, महिला तथा किसान संघ लगायत सबै नेता कार्यकर्ताहरु जनताले दिएको जनमत रक्षार्थ खटिनुपर्ने बताउँदै कुनैपनि धाँधली र सड्यन्त्र विरुद्ध आफैं अग्रपङ्तीमा उभि
इटहरी । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार भगवती चौधरीले जालझेलको चुनाव सह्य नहुने बताएकी छिन् । इटहरीमा प्रेस चौतारीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेस नेता विजयकुमार गच्छदारलै सधैं जालझेल गतिविधि गरेर जित्ने गरेको बताउँदै यो पटक आफूहरु सबै घेराबन्दीहरुलाई तोड्ने गरी चुनावमा उत्रिएको बताएकी छिन् । ‘पहिलो कुरा त मतदाताहरु आफै सचेत हुनुहुन्छ,’ उनले भनिन्, ‘त्यसमाथि हामीले पनि अलि कडा भएरै रणनीति अपनाएका छौं ।’ उनले अघिल्ला दुई वटा चुनावहरु गच्छदारले जालझेल गरेर जितेको र सो विषयमा मुद्धा पनि आफूले हालेको बताउँदै भनिन्, ‘अ
सुन्दरहरैचा : मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं १ स्थित हरैचामा नगरप्रमुख केदार प्रसाद गुरागाईले फार्मेसी उद्घाटन गरेपछी नगर अस्पतालमा फार्मेसी सेवा सुरु भएको छ।आइतबार बिहान विधिवत रुपमा फार्मेसी सञ्चालनमा आएको छ । सो अवसरमा नगरप्रमुख गुरागाईले अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गर्ने र चाडै विशेषज्ञ सेवा सुरु गर्ने बताएका छन् । सोही क्रममा नगर अस्पतालमा रहेको शिव मन्दिरको नगरप्रमुख केदार प्रसाद गुरागाई र उपप्रमुख अकली चौधरीले शिलान्यास गरेका छन्।अस्पतालमा २४ घण्टे इमरजेंसी सेवा , सुरक्षित गर्भपतन सेवा, सुरक्षित प्रसूति सेवा, इन्डोर (२४ घण्टे) सेवाको व्यवस्था रहेको अस्पताल इन्
इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहारमा राति नौ बजे पछि देउसी भैलो खेल्न नपाइने निर्णय गरेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राति अबेर सम्म देउसी भैलो लगायतको सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा झैँ झगडा हुन सक्ने र भड्किलो चाड पर्व नबनाउनका लागि जिल्ला स्तरीय चाडबाड लक्षित विशेष सुरक्षा योजना तयार गरेर लागु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सुरक्षा योजना अनुसार प्रदेश १ ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर जिल्लाभर मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई विशेष निगरानी गरिने र प्रहरी, सशस्त्र प्रहरी र सादा
७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ ।फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा नगराउन भनेको छ ।सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीकाटिप्पणी नगर्न र
काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा घटाइ साना लगानीकर्तालाई प्रोत्साहित गरेपनि व्यवशायीका समस्या समाधानमा भने चासो नदिएको निजी क्षेत्रले गुनासो गरेको छ ।सरकारले भर्खरै मात्र वैदेशिक लगानीको न्युनतम सीमा ५ करोडलाई घटाएर २ करोड रुपैया तोकेको छ । निजी क्षेत्रले यसलाई स्वागत गरेपनि व्यवशाय दर्तादेखि नाफा लानेसम्मका कार्यलाई सरल बनाउनुपर्ने माग गरेको छ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देशबन्धु बस्नेत अजितले सरकारले लगानीकर्तालाई लगानी गर्दाको प्रक्रियागत झन्झट हटाउनुपर्ने, एकद्वार प्रणालीबाट सरल तरिकाले काम हुने गरी सहयोग गर्नुपर्ने बताएका छन् ।‘लगानीकर्तासँग अन्तक्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.