All Posts By कोशी प्रेस

    Showing १,२३१-१,२४० of १३,५८३ items.
  • सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

    इटहरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।  बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई तथा मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र त्यसमा सवार सोही स्थानका ३८ वर्षीय शङ्कर चौधरीलाई पक्राउ गरिएको हो ।  अभियुक्तहरुला

    • प्रकाशित मितिः साउन २३, २०८३
    • १०५ पटक पढिएको
  • करोडौँ लगानीमा म्याङ्लुङमा बन्यो बसपार्क, सञ्चालनमा नआउँदा सुनसान

    इटहरी । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा बिहानैदेखि यात्रुको चहलपहल सुरु हुन्छ । विभिन्न गन्तव्यतर्फ जाने सार्वजनिक सवारीसाधनले पुरानै स्थानबाट यात्रु चढाउने र ओराल्ने गर्छन् ।  बजारको कोलाहलभन्दा केही पर भने आधुनिक सुविधासहित निर्माण गरिएको नयाँ बसपार्क सुनसान छ । चिल्ला पक्की पार्किङ, आकर्षक टर्मिनल भवन, अपाङ्गमैत्री शौचालय, बस विश्रामस्थल र गार्ड हाउससहितको बसपार्कमा न बसको आवाज सुनिन्छ, न यात्रुको चहलपहल देखिन्छ ।  करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको यो बसपार्क सञ्चालनमा नआउँदा अहिले प्रयोगविहीनजस्तै बनेको छ ।  कोशी प्रदेश सरकारको ७ करोड ५३ लाख रुपैयाँ लगानीमा निर्मा

    • प्रकाशित मितिः साउन २३, २०८३
    • १११ पटक पढिएको
  • धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

    इटहरी। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ ।  शनिबार धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा होटल, क्याटरिङ तथा अन्य व्यवसायीले आफ्ना कामदारमार्फत आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेको पाइएको छ ।  ग्यासको अभाव देखिएपछि उपभोक्ताले पनि आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेको पाइएको अनुगमन अधिकृत सापकोटाले बताउनुभयो । उहाँका अनुसार धरानमा हाल दैनिक न्यूनतम एक हजारदेखि अधिकतम दुई हजारसम्म ग्यास सिलिन्डर आउने गरेको छ ।  आपूर्ति भइरहे पनि वितरण

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ८१ पटक पढिएको
  • चार सय १८ किलोग्राम गाँजा बरामद

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र चतरा सडक खण्डमा चार सय अठार किलोग्राम गाँजा फेला परेको छ । गाँजा ओसार्ने सवारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।  शनिबार जिल्लाको बराहक्षेत्र नगरपालिका वडा–१ गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडक खण्डमा लागू औषध गाजाँ बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार प्र.१–०२–००२ च. ४८५१ नम्बरको कार र को. ११ प. ५६०१ नम्बरको मोटरसाईकलमा गाँजा बरामद भएको हो ।   कार र मोटरसाईकललाई रोकी चेकजाँच गर्दा कारभित्र २२ वटा प्लास्टिकको पोकामा प्याक गरिएको अवस्थामा लागू औषध गाँजा ४१८ के.जि.बरामद भएको स

    • प्रकाशित मितिः साउन २३, २०८३
    • १२५ पटक पढिएको
  • रेडस्टारमा सञ्चालित एन.सी.सी. तालिमको अनुगमन तथा निरीक्षण सम्पन्न

    इटहरी । मोरङको पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयमा सञ्चालित ५२ औँ ब्याच जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एन.सी.सी.) संस्थागत तालिमको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठले तालिमको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो। सो क्रममा श्रेष्ठले एन.सी.सी. तालिमले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा राष्ट्रप्रेमको भावना अभिवृद्धि गर्दै अनुशासित र जिम्मेवार नागरिक निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्र

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ९९ पटक पढिएको
  • एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध

    इलाम। मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन ।  माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि एक महिनायता अवरुद्ध रहेको सो सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।  पहिरो पन्छाएपछि भाँसिएका क्षेत्रमा पुरेर ग्राभेल गरी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । घाम लागेमा भाँसिएको स्थान पुरेर ग्राभेल गर्ने, भित्तातर्फ अस्थायी ड्रेन निर्माण गर्ने गरी सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ७८ पटक पढिएको
  • झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो

    झापा : झापामा राष्ट्रिय परिचयपत्र प्रयोग गरी मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ। गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली संकलन अभियानमा थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन्।  जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार चैत २२ गतेदेखि बिहीबारसम्म १० हजार ३५९ जना नयाँ मतदाता थपिएका छन्। तीमध्ये सात हजार ८०१ जनाले राष्ट्रिय परिचयपत्रमार्फत र दुई हजार ५५८ जनाले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर नाम दर्ता गराएका हुन्।थपिएका नयाँ मतदातामा पाँच हजार ३३३ पुरुष र पाँच हजार २६ महिला छन्।जिल्ला निर्व

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ८४ पटक पढिएको
  • हिमालय इङलिस स्कुलमा शिक्षक–शिक्षिकालाई साइबर सुरक्षा र बाल सुरक्षाबारे प्रशिक्षण

    इटहरी । मोरङको सुन्दरहरैँचा–१० मा रहेको हिमालय इङलिस स्कुलमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत शिक्षक तथा शिक्षिकाका लागि साइबर सुरक्षा, गुड टच–ब्याड टच लगायतका विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय, प्रहरी, समुदाय तथा सामाजिक संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीको सुरक्षा र उनीहरूलाई विभिन्न प्रकारका जोखिमबाट जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन जोखिम पनि बढ्दै गएको भन्दै शिक्षक तथा अभिभावकले विद्यार्थीलाई स

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ९३ पटक पढिएको
  • माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

    इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।  गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीनवटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीनवटा विद्यालयमा लिम्बू भाषा पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागू गरेको हो ।  यसअघि चारवटा विद्यालयमा लिम्बू र एउटा विद्यालयमा वान्तवा भाषा अध्यापन हुँदै आएको थियो ।  शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार माङसेबुङ–२ स्थित सरस्वती आधारभूत विद्यालय, माङसेबुङ–४ स्थित जनता आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित सिं

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ७६ पटक पढिएको
  • झापामा विकास बजेटको आधा रकम पनि खर्च भएन

    झापा :  झापामा गत आर्थिक वर्ष विकास निर्माणतर्फ विनियोजित बजेटको आधाभन्दा केही बढी रकम मात्र खर्च भएको छ। जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजन गरिएको पुँजीगत बजेटमध्ये ५१ प्रतिशत मात्र खर्च भएको हो।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीय सरकारले झापाका लागि पुँजीगततर्फ विनियोजन गरेको रु १२ अर्ब ६९ करोड ३४ लाख १० हजार ५९० मध्ये रु ६ अर्ब ४७ करोड २५ लाख ४९ हजार १८६ मात्र खर्च भएको छ।  पुँजीगत बजेट खर्चको अवस्था कमजोर देखिए पनि चालुतर्फ भने खर्चको दर उच्च छ। चालु खर्चका लागि विनियोजित रु १७ अर्ब तीन करोड ६८ लाख ८८ हजार ९८ मध्ये रु १६ अर्बभन्दा बढी खर

    • प्रकाशित मितिः साउन २३, २०८३
    • १४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]