सर्लाही । केही मतदान केन्द्रमा झडप भएर मतदान प्रभावित भए पनि सर्लाहीका अधिकांश मतदान केन्द्रमा मतदान जारी छ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मतदान नै प्रभावित हुने गरी झडप भएका स्थानमा नेपाली सेनालाई अग्रभागमा खटाइ मतदान कार्य जारी राखिएको जानकारी दिएका छन् ।गौतमका अनुसार अहिले चक्रघट्टा गाउँपालिकास्थित शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि त्यहाँ मतदान रोकिएको छ । प्रहरीले हवाई फायर गरी स्थित नियन्त्रणमा लिएको छ ।यस्तै, बरहथवा नगरपालिका–१७, श्रीपुरमा पनि विवादका कारण मतदान रोकिएको छ । ती दुवै ठाउँमा मतदान सुरु गराउने प्रयास भइरहेको
विराटचोकः निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो खिच्न दिएको आरोपमा सो मतदान स्थलका अधिकृतलाई पनि स्पष्टीकरण सोधेको छ ।गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टीकरण सोधिएको हो ।‘भट्टराईले फोटो लिने सामग्री (मोबाइल वा क्यामेरा) लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नु भएन ?’ स्पष्टीकरणपत्रमा भनिएको छ । मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारवाही भएन भनेर आयोगले साँचो विवरण तुरुन्तै पठाउन
विराटचोकः स्थानीय तहको निर्वाचनअन्तर्गत आज सुन्दरहरैंचा नगरपालिकाका सबै वडामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाता शान्तिपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् ।ज्येष्ठ नागरिक र अशक्तले मतदानमा सक्रियतापूर्वक सहभागिता जनाएका छन् । सफा र शीतल मौसम भएकाले मतदानस्थलमा उपस्थित भएका मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन सहज भएको छ ।
काभ्रे / काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको छ ।मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताए
काठमाडौं / निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ । आज कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं.१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ र्निवाचन भइरहेको छ ।स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।
इटहरी : इटहरीमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।इटहरीका २० वटै वडामा हाल मतदान भइरहेको छ । यहाँ कुल एक लाख ४ हजार ६२६ मतदाता छन् ।
काठमाडौं / आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच झडप, विवादका कारण ति क्षेत्रको मतदान प्रभावित भएको हो ।झडपको स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले १२ ठाउँमा हवाइ फायर गरेको छ ।नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको बताए । प्रभावित भएका क्षेत्रमा पुनः मतदान गराउन पहल भईरहेको उनको भनाइ छ ।छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्वक भइरहेको उनको भनाइ छ । दोलखा, रा
सप्तरी । सप्तरीको डाक्नेश्वर नगरपालिकास्थित मतदानस्थलमा तोडफोडका साथै मतदान अधिकृतमाथि आक्रमण भएको छ।वडा नम्बर–२ स्थित हरिरबा जनता मावि मतदानस्थलका मतदान अधिकृत विपिन यादवमाथि आक्रमण भएको हो । राजविराजमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृतमाथि आक्रमण र तोडफोड गरेको सप्तरी प्रहरीले जनाएको छ । उक्त समूहले मतपेटिका तोडफोडका साथै केही मतपत्र समेत छरपस्ट पारिदिएका थिए।भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटनाअघि २ हजारभन्दा बढी मत खसिसकेको थियो। घटनापछि मतदान स्थगित भएको छ
तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–३ को कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा इच्छाएको व्यक्तिले मतदान गर्ने विषयमा विवाद हुँदा मतदान स्थगित भएको छ ।सत्ता गठबन्धन दलका कार्यकर्ताले परिवारभन्दा बाहिरका व्यक्तिलाई पनि मतदाताले इच्छाएको व्यक्ति आफू भएको भन्दै मतदान गर्न आएपछि विवाद सृजना भएको हो ।मतदान अधिकृत विष्णुप्रसाद पोखरेलले अपरान्ह १ः३० बजे देखि दुवै पक्षलाई राखेर आपसी सहमति गराउने प्रयास गरेपनि सहमति हुन नसकेको बताए । सहमति नभएपछि अहिले मतदान स्थगित भएको छ ।
काठमाडौं । रौतहटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध आपत्तिजनक नाराबाजी गरिएको छ ।स्थानीय चुनावमा भोट खसाउन मतदान केन्द्र गएका बेला ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी गरिएको हो । मतदान गर्ने क्रममा बाहिर नाराबाजी भएको हो । नाराबाजीमा संलग्नहरु कुन पार्टीका कार्यकर्ता हुन् भन्ने खुलेको छैन ।सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिोमा गौरीशंकर रौतहट क्याम्पसको कम्पाउन्डबाहिर एक दर्जनभन्दा बढी व्यक्तिहरुले नेपालविरुद्ध नारावाजी गरिरहेको र कम्पाउण्डभित्रबाट नेपालले नियालिरहेकाे देखिन्छ ।रौतहट प्रहरीले नेपालविरुद्ध आपत्तिजनक नाराबाजी भएको पुष्टि गरेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.