विराटचोकः स्थानीय तहको निर्वाचनअन्तर्गत आज सुन्दरहरैंचा नगरपालिकाका सबै वडामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाता शान्तिपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् ।

ज्येष्ठ नागरिक र अशक्तले मतदानमा सक्रियतापूर्वक सहभागिता जनाएका छन् । सफा र शीतल मौसम भएकाले मतदानस्थलमा उपस्थित भएका मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन सहज भएको छ ।