All Posts By कोशी प्रेस

    Showing १२,४७१-१२,४८० of १३,७४९ items.
  • सुन्दरहरैँचामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    इटहरी / मोरङको सुन्दरहरैँचामा नगरपालिका–९ आर्दश चोकमा दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।को ३५ प ७१३८ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ६३४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी साढे ७ बजे ठोक्किएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका ६३४२ नम्बरको मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय नवराज राईको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भएका अर्को मोटरसाइकलमा सवार दुई जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बिराटचोकले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४९ पटक पढिएको
  • सुनसरीको इटहरी सहित ७ पालिकामा आज साँझ ८ बजेदेखि भोली शुक्रबार साझँ ५ बजेसम्म निषेध आदेश

    इटहरीः सुनसरी जिल्ला प्रशासन कार्यलयले इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३ सहित सुनसरीका ७ पालिकामा आज बिहिबार साँझ ८ बजेदेखि भोली शुक्रबार साझँ ५ बजेसम्म निषेध आदेश जारी गरेको छ ।भोली बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको संवेदनशिलतालाई तथा निर्वाचन आचारसंहितालाई मध्यनजर गरी जिल्लाका ७ पालिका तथा वडामा अत्यावश्यक काममा सुरक्षा निकायसँग सम्वन्वय गरेर मात्रै व्यक्तिगत तथा सामुहिक हिसावले घरबाहिर ननिस्कन आदेश जारी गरिएको छ ।निषेध आदेश जारी भएका पालिका तथा वडाहरुमा भोक्राहा नरसिंह गाउँपालिका पुरै, कोशी गाउँपालिका पुरै, हरिनगरा गाउँपालिका पुरै, देवानगन्ज गाउँपालिका पुरै, इटहरी उपमह

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ५१ पटक पढिएको
  • मौन अवधिको सुरू दिन मै २७ सञ्चार माध्यमलाई कारबाही, २५ पत्रकारलाई ध्यानाकर्षण

    काठमाडौँ- प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ ।  काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यममले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन् । यस्तै मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ जना पत्रकारलाई सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति ध्यानाकर्षण गराएको छ । फोनमार्फत ध्यानाकर्षण गराइएका पत्रकारमध्ये २० जनाले तत्काल भूलसुधार गरी सामग्री हटाएको पाइएको काउन्सिलका उपप्रशासकी

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४५ पटक पढिएको
  • निर्वाचन आयोगले सोध्यो मन्त्री आलेलाई स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने किसिमका क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ ।मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको भन्दै उजुरी परेको थियो । साथै, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको, मतदातालाई रकम बाँडेको उजुरीमा उल्लेख  थियो ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४७ पटक पढिएको
  • मतदाता नामावलीमा समावेश भएकाले मतदाता परिचयपत्र विना नै भोट दिन पाइने

    इटहरी : निर्वाचन आयोगले स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनमा मतदाता नामावलीमा समावेश भएका नागरिकलाई मतदाता परिचयपत्र नभए पनि अन्य उपयुक्त सरकारी कागजातको आधारमा मतदानमा सहभागी गराउने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेको हो । मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा कुनै कारणवश: मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदान गर्न पाउने छन् । अघिल्ला निर

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ५० पटक पढिएको
  • दिनभरि रोजिरोटि गरेर परिवार पाल्ने हामीलाई चुनावको चासो नै छैन'

    इटहरी। मुलुका सबै सहर तथा गाउहरु चुनावमय भएको छ । बाटाघाटामा विभिन्न दलका प्रचारात्मक झण्डा राखिएका छन्, नारा जुलस गरिएको छ, प्रचारात्मक अभियानलाई तिब्रता दिइएको छ तर यस्ता वर्ग छन् उनीहरुलाई चुनावले छुन नै सकेको छैन ।दिनभरि तातो घाममा काम गरेर थकान भएका उनीहरु कुनै पनि दलको झण्डा अहिलेसम्म बोकेर हिडेका छ्रैनन, उनीहरुलाई दिनभरि काम गर्ने अनि रोजीरोटी चलाउने बाहेक अर्कोतर्फ ध्यान नै गएको छैन ।धरान १५ सेउती पुलमा खोलामा गिट्टी कुटेर परिवारको गुजारा चलाउदै आएकी मनमाया तामाङलाई चुनाव आयो भन्ने थाहा भएपनि चुनावकौ रौनक एक रति नभएको बताइन् । उनलाई न र्त कुनै दलको झण्डा बोकेर हिड्ने फुर्सद छ न रह

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४९ पटक पढिएको
  • निर्वाचनमा खटिएका सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु भएमा २० लाख रुपैयाँ उपलब्ध गराउने सरकारकाे निणर्य

    इटहरीः  आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।निर्वाचनमा खटिने सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आ

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ५३ पटक पढिएको
  • जेठमा पनि नबढ्ने भयो बैंकको ब्याज

    इटहरीः  वाणिज्य बैंकहरुले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन् ।नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को मङ्गलबार बसेको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेको हो । फागुनमा ब्याजदर बढाएका बैंकहरुले चैत र वैशाखमा पनि ब्याजदर बढाएका थिएनन् ।विकास खर्च र निर्वाचनको खर्च बढेसँगै तरलता पनि केही सहज हुन थालेकाले ब्याजदर स्थिर राख्ने सहमति बनेको बताइएको छ ।यो सहमतिसँगै अब वाणिज्य बैंकहरुले जेठका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज दिनेछन् ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १३२ पटक पढिएको
  • सासूको मृत्युपछि बुहारी र बाबुको मृत्युपछि छोराले पाए उम्मेद्वारको टिकट

    विराटचोकः कपिलवस्तु र दाङका २ स्थानीय तहमा उम्मेद्वारको मृत्यु भएपछि उनीहरुकै आफन्तलाई सो पदको टिकट दिइएको छ । दुवै पालिकामा जेठ ३ गते मात्रै मतदान हुने भएको छ ।नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेद्वारको मृत्यु भएपछि उनकी बुहारीलाई उम्मेद्वार बनाएको छ । उपप्रमुख पदकी उम्मेद्वार सुभावती कुर्मीको मृत्युपछि उनकी जेठी बुहारी २८ वर्षीया रीताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । सुभावतीको मृत्यु हृदयाघातका कारण भएको थियो ।उता, नेकपा एमालेले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेद्वारको मृत्यु भएपछि उनका छोरालाई उम्मेद्वार बनाएको छ ।वडाध्यक्

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ११७ पटक पढिएको
  • उत्तर कोरियामा कोरोना भेटिएपछि देशभरि लकडाउन घोषणा

    एजेन्सी । उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ। बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो।कति जनालाई कोरोना संक्रमण भएको छ भन्ने खुलाइएको छैन। उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको स्वीकारेका हुन्।सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट कोरोनाभाइरस फैलिन सुरू गरेको थियो। यो बीचमा कोरोना संसारभरि फैलिए पनि चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देशमा कोरोना आइनपुगेको दाबी गर्दै आएको थियो। कोरोनाका एक जना पनि संक्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाले नागरिकलाई कोरोन

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • २२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]