इटहरीः वाणिज्य बैंकहरुले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन् ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को मङ्गलबार बसेको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेको हो । फागुनमा ब्याजदर बढाएका बैंकहरुले चैत र वैशाखमा पनि ब्याजदर बढाएका थिएनन् ।
विकास खर्च र निर्वाचनको खर्च बढेसँगै तरलता पनि केही सहज हुन थालेकाले ब्याजदर स्थिर राख्ने सहमति बनेको बताइएको छ ।
यो सहमतिसँगै अब वाणिज्य बैंकहरुले जेठका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज दिनेछन् ।

