All Posts By कोशी प्रेस

    Showing १२,५६१-१२,५७० of १३,७४९ items.
  • अब काँग्रेसले कहिल्यै जित्ने छैन, जनता कहिल्यै हार्ने छैनन्’ : मेयर चौधरी

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा नेपाली काँग्रेसले कहिल्यै नजित्ने दावी गरेका  छन् । नेकपा (एमाले) इटहरीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन र काँग्रेसले इटहरीमा जित्न नसक्ने दावी गरेका हुन् । ‘अब नेपाली काँग्रेसले कहिल्यै जित्ने छैन । गठबन्धनले कहिल्यै जित्ने छैन । र, नेपाली जनता कहिल्यै हार्ने छैनन्’, मेयर चौधरीले भने । इटहरीमा गाउँपञ्चायतदेखि हाल उपमहानगर हुँदासम्म जित्दै आएको स्मरण गराउँदै उहाँले एमालेलाई कसैले हराउन नसक्ने दावी गरेका छन् ।पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • २०० पटक पढिएको
  • ओली भन्छन् : गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० नै हो

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई वैशाख ३० गतेको स्थानीय तह निर्वाचन सबैभन्दा ठूलो खड्गो रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनका क्रममा आइतवार ओलीले यस्तो बताएका हुन्। ओलीले ज्योतिषीहरूलाई उद्धृत गर्दै गठबन्धनको ढाड नै भाँचिने बताए। ‘ज्योतिषीहरूले गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० हो भनेका छन्। कस्तो दिन जुराएर निर्वाचन मिति तोके छन्', उनले भने, 'वैशाख ३० मा उहाँहरू (गठबन्धन)लाई ढाँड नै भाँचिने गरी क्षति हुन्छ। यो ज्योतिषीहरूले भनेका हुन्, तर म ज्योतिषी होइन।’उनले आफूले तथ्यमा आधारित भ

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १०९ पटक पढिएको
  • राजनीति पेसा होइन, समाजसेवा हो’ दीपक बुढाथोकी

    धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयरका प्रत्याशी दीपक बुढाथोकीले राजनीतिलाई पेसा नभई समाजसेवा ठानेर जनसेवामा लाग्नुपर्ने बताएका छन् । चुनावी अभियानमा महालक्ष्मी २ का मतदातासँग कुरा गर्दै उनले अहिले राजनीतिमा ब्यापारीप्रवृत्ति हाबी हुने जोखिम बढेको भन्दै त्यसले निष्ठाको राजनीतिमा होमिएका इमानदार व्यक्तिको भावनामा ठेस पुग्न सक्ने बताए ।ब्यापार र राजनीतिमा आकाश जमिनको फरक छ । व्यापारको धर्म नाफा गर्नु त राजनीतिको धर्म अरूको सेवा गर्नु हो । उनले ‘भने सबै ठाउँको नेतृत्वमा राजनीतिक चेत बोकेको सुझबुझपूर्ण व्यक्ति पुग्नुपर्छ । त्यसले मात्रै जनहितमा काम गर्छ ।’एमालेले जितेको महालक्ष्मी नगर

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १४४ पटक पढिएको
  • हरिनगरमा एमालेका उम्मेदवार भन्छन् : जनताको दुख बुझेको छु, भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न

    सुनसरीः स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाँकी छ । यस बिचमा विभिन्न पार्टीका उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रतिबद्धता मात्रै हैन बोलेको बचन पुरा गर्ने अठोट समेत गरिरहेका छन् । यस मध्येका एक हुन् । नेकपा एमाले हरिनगर गाउँपालिकाका उम्मेदवार लस्करी अन्सारी । सुनसरी जिल्लाको दक्षिणी भेगमा पर्ने हरिनगर गाउँपालिकामा यस अघि नेपाली काङ्ग्रेसले नेतृत्व सम्हाल्दै आएको छ । तर यो पटक भने एमालेको पक्षमा जनता रहेकाले आफ्नो जित पक्का रहेको अन्सारीको दाबी रहेको छ । पार्टीमा लामो समय देखि सक्रिय अन्सारी सामाजिक सेवामा समेत उत्तिकै सामाजिक अभियन्ता हुन् । गाउँका साना देख

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १२७ पटक पढिएको
  • मतदातालाई एमालेको ६७ बुँदे अपील

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदाताहरूलाई ६७ बुँदे अपील जारी गरेको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त अपील सार्वजनिक गरेका हुन्। एमालेले जारी गरेको अपीलमा कांग्रेसलाई मतदान गर्ने मनस्थिति बनाएका मतदातालाई पनि आफूतिर तान्ने कोसिस गरिएको छ। 'कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु, यसपटक नेपालको विकासका लागि, तपाइँहरुको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाईँहरूका सन्ततिको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १२१ पटक पढिएको
  • प्रचण्डले थर्काउँदा थुर्थुर भएका देउवा रेनुलाई भोट माग्न थाले

     काठमाडाैः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थर्काएपछि प्रधानमन्त्री शेरबहादुर देउवा थुर्थुर भएको बताएका छन्।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्।'प्रचण्डले चितवनमा थर्काएपछि देउवाजी थुर्थुरी भएछन्। काठमाडौं आएपछि रेनु दाहाल पनि मेरै हो भनेर भोट माग्न थाले', उनले भने, 'निर्वाचन आयोगले एक दलले अर्को दललाई मत माग्न नहुने भनेको छ। तर सत्ताका हकमा निर्वाचन आयोगले केही देख्दैन। पट्टी बाँधेर बसेको छ।'रेनुलाई भोट माग्न राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पनि आइपुगेको भन्दै

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १७२ पटक पढिएको
  • निर्वाचनमा दलका कार्यकर्ता खटाएको भन्दै उजुरी

    धरानः धरानस्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणिराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा आबद्ध हुन नहुने कानुन भए पनि उनी दलसँग आबद्ध भएको पाइएको र दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउँदा निष्पक्षता माथि प्रश्न उठ्ने बताइएको छ ।यस विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिएको थियो । तर उजुरीको विषयमा आयोग तथा जिल्ला प्रशासन कार्यालयल

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • ११७ पटक पढिएको
  • हिसान सुनसरीको अध्यक्षमा सागर भट्टराई

    इटहरी : उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको अध्यक्षमा सागरप्रसाद भट्टराई निर्वाचित भएका छन् ।इटहरीमा शनिबार सम्पन्न पांचौ जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो ।नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पेशल पोखरेल, उपाध्यक्षमा नेत्रप्रसाद सुबेदी, सचिवमा हेमन्त भण्डारी र कोषाध्यक्षमा अनन्तप्रसाद सुबेदी निर्बिरोध निर्वाचित भएका छन् ।कार्यसमिसतको सदस्यहरूमा अर्जुन प्रसाद न्यौपाने, मुक्तिराज सुबेदी, विशाल कार्की, रितेश चौधरी, अनिल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, अन्य सदस्यमा शान्तिराम गौतम, सुवास लुईटेल, फडिन्द्र

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १३९ पटक पढिएको
  • इटहरीमा सोमबार गठबन्धनले चुनावी सभा गर्दै

    इटहरी : इटहरीमा सोमबार (भोलि) गठबन्धनले चुनावी सभा गर्ने भएको छ ।सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रमलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) बरिष्ठ नेता झलनाथ खनाल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा इटहरी आउने भएका छन ।गठबन्धनलाई जिताउन अन्य गठबन्धनका केन्द्रीय नेताहरू समेत इटहरी आउने छन् ।गठबन्धनका केन्द्रिय नेताहरु सोमबार १२ः३० बजे इटहरी आवास क्षेत्रमा आउने कार्यक्रम तय भएको बताइएको छ ।इटहरीका २० वटै वडाबाट करिब १० हजार कार्यकर्ताहरु उपस्थित हुने चुनाव प्रचार प्रसार समितिका संयोजक शिवराज दाहाल

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १३५ पटक पढिएको
  • इटहरी आएर ओलीले भने, ‘तपाईँहरू एमालेलाई जिताउनुहोस्, इटहरी बनाउने जिम्मा मेरो भयो’

    इटहरी : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले इटहरी विकासको जिम्मा आफ्नो भएको बताएका छन् ।इटहरीमा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेलाई जिताएको अवस्थामा आफूले इटहरी बनाउने जिम्मा लिएको बताएका हुन् ।भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको,’ ओलीले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, उहाँहरू मेरो प्रतिनिधि हो, त्यसको जिम्मा म लिन्छु, इटहरीको विकासको जिम्मा म लिन्छु ।’बजेटको अभाव हुँदैन, आगामी निर्वाचनमा कस्को सरकार भन्छ भन्ने कुरा मैले भन्नैपर्दैन ।इटहरी पूर्वाञ्चलको केन्द्रविन्दु रहेको उदृत गर्दै ओलीले भने, ‘इटहरीलाई जत

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]