काठमाडाैँ | काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उपप्रमुखकी उम्मेदवार रहेकी सुनिता डंगाेलविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजुरी परेकाे छ।शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको भन्दै १६ वैशाखमा कारबाही गरीपाऊँ भन्दै उजुरी दर्ता भएको हाे। अख्तियारमा उक्त उजुरीको दर्ता नम्बर सी-०३२५३१, ०७९-०१-१६, १५२६२३८५ रहेकाे छ।Post navigation
सुन्दरहरैचा/ राष्ट्रिय प्रजातन्त्र पाटि (राप्रपा) ले देशभर आफ्नो घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । प्रदेश एक का बिभिन्न स्थानमा स्थानमा आफ्नो जित सुनिश्चित छ भन्दै घरदैलो कार्यक्रम गरिरहँदा मोरङको सुन्दरहरैचा ४ मा भने राप्रपा प्रति नकारात्मक भ्रम फैलाएको भन्दै राप्रपाका नेता कार्यकर्ताले आपत्ती जनाएका छन् । सुन्दरहरैचा ४ मा राप्रपाको जित सुनिश्चित भइरहदा अन्य पाटीका कार्यकर्ता तथा नेताले राप्रपा अन्य पाटीसँग बिकेको जस्ता भ्रामक खवर फैलाएको र यो खबरमा कुनै सत्यता नभएको पनि सुन्दरहरैचा वडा न ४ का उमेदवार नरेन्द्र कुमार चौधरीले बताउनु भएको छ । राप्रपाले वडामा आफ्नो सक्रियता देखाएसँ
अध्यायः एकशोध परिचय१.१ शोधशीर्षकयस शोधकार्यको शीर्षक कथावस्तु र पात्रविधानका आधारमा दोषी चस्माकथा सङ्ग्रहका कथाहरूको अध्ययन रहने छ ।१.२ शोधको प्रयोजनत्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय स्नातक तहतेस्रो वर्षको नेपाली सङ्केत नं. ३१५ को पाठ्यांशको खण्ड (ख) का प्रयोजनका लागियो शोधपत्र तयार पारिएको हो ।१.३ समस्या कथन- दोषी चस्मा कथासङ्ग्रहमा विश्वेश्वरप्रसाद कोइरालाका के कस्ता कथा छन् ?-दोषी चस्मा कथा सङ्ग्रहका कथाहरूभित्र के कस्तो कथावस्तु पाइन्छ ?दोषी चस्मा कथा सङ्ग्रहका कथाहरूभित्र के कस्तो पात्रविधान पाइन्छ ?१.४ उद्देश्यसमस्या कथनमा प्रस्तुत समस्याहरूको समाधान नै यस शोधको प्
इटहरी / इटहरीमा विकासको अर्को युग सुरु हुनलागेकोले एमालेबाट इटहरी उपमहानगरपालिका वडा न ४ बाट वडा अध्यक्षको उम्मेदवारी दिएको भक्त बहादुर लामाले बताउनुभएको छ । उहाँले अघिल्लो पाँचवर्ष आफ्नै पार्टीबाट जितेर जाने वडा अध्यक्षले गरेको कामको अर्को नयाँयुग सुरु गर्ने वताउनुभएको हो । इटहरीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले पुर्वाधारका धेरै कामहरु अघिल्लो पाँचवर्षमा भएको बताउँदै अबको पाँचवर्ष पुर्वाधारको स्तरोन्नती तथा इटहरी वडा न ४ को दीर्घकालिन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताउनुभयो ।उहाँले विज्ञहरुको सल्लाह र योजनाअनुसार वडावासीको सहयोग जुटाउँदै सबैलाई समेटेर
इटहरी । सोलुखुम्बुको नेलेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच सोमबारे राति झडप भएको छ । थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी घरदैलो कार्यक्रमको क्रममा दुई पक्षबीच झडप भएको हो ।झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।नेले क्षेत्रमा घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेस र मा
काठमाडौं । बुद्ध पूर्णिमाको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । भारतीय सरकारले जेठ दुईभन्दा अगाडि नै मोदीको नेपाल भ्रमणको योजना बनाइरहेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । हिन्दुका अनुसार सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ। बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना रहेको छ। यस पटको भ्रमणमा द्विपक्षीय कुराकानी नहुने बताइएको छ । अहिले नेपाल र भारतीय अधिकारीहरु मोदीको भ्रमणको तयारी मिलाइरहेका छन् । सन् २०१८ को नेप
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।एमालेबाट चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार रहेका धर्मेन्द्र रोकायाले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।रोकायाले सार्वजनिक गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षा अध्ययनका लागि स्थानीय तहले व्यवस्था मिलाउने उल्लेख छ । घोषणापत्रमा उक्त सुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगरपालिकामा सेवा गर्नुपर्ने छ ।घोषणापत्रमा कक्षा १-१२ सम्म अनिवार्य र निःशुल्क शिक्षा लागू गरिने उल्लेख छ । न्यून आय भएका बालबालिकाहरुका लागि शैक्षिक राहात कोष
रुकुम । स्थानीय तहको निर्वाचनको प्रचारमा रहेका रुकुम पश्चिमका राजनीतिक दलले पुरानै आश्वासन बाँड्न थालेका छन् । अघिल्लो स्थानीय तहको बेला बााड्दै आएको आश्वासन यो पटकको उम्मेदवारले पनि बाँड्न थालेका हुन् । केही राजनीतिक दलहरुले पालिकामा घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।घोषणा पत्रमा राजनीतिक दलहरुले सार्वजनिक गरेका घोषणापत्रमा गरिबी निवारण पहिलो प्राथामिकतामा परेको छ ।शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, यातायात, सडक पूर्वाधार, उद्योग, कृषि उत्पादन, पर्यटन, खानेपानी, युवा तथा खेलकुद सरसफाइ, सुशासन, विद्युतीकरण, विपद् व्यवस्थापन जस्ता कार्यक्रम समेटिएको छ । यी कार्यक्रम पुरानै हुन् ।केहि नयाँ कार
काठमाडौं । आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो । खुसीपूर्वक दान ग
काठमाडौं । सोह्रखुट्टे बस्ने २० वर्षीया सुरक्षा शर्मा निर्वाचनमा मतदान गर्न उत्सुक छिन् । तर स्याङ्जाको वालिङ नगरपालिका स्थायी ठेगाना भएकी उनको मतदाता नामावलीमा नाम पनि त्यहीँ छ ।‘कक्षा ५ देखि काठमाडौंमै पढेकी उनी अहिले यहीँ क्याम्पस पढिरहेकी छन् । मतदान गर्न वालिङ जानुपर्ने भएपछि उनी अन्योलमा परेकी छन् । ‘कलेजले छुट्टी दिने कि नदिने हो ? को उम्मेदवार छन् पनि थाहा छैन, बाबा ममीले मात्रै चिन्नुभएको छ’ उनी भन्छिन् ।कीर्तिपुर बस्दै आएका नेपालगञ्जका सरोज मल्ल पनि यो पटक मतदान गर्न जान नभ्याउने बताउँछन् । ‘अफिस छुट्टी छैन । एक दिन जान, एक दिन चुनाव, एक दिन आउने समय लाग्छ । तीन दिन अफिसले छुट्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.