अध्यायः एक

शोध परिचय

१.१ शोधशीर्षक

यस शोधकार्यको शीर्षक कथावस्तु र पात्रविधानका आधारमा दोषी चस्मा

कथा सङ्ग्रहका कथाहरूको अध्ययन रहने छ ।

१.२ शोधको प्रयोजन

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय स्नातक तह

तेस्रो वर्षको नेपाली सङ्केत नं. ३१५ को पाठ्यांशको खण्ड (ख) का प्रयोजनका लागि

यो शोधपत्र तयार पारिएको हो ।

१.३ समस्या कथन

- दोषी चस्मा कथासङ्ग्रहमा विश्वेश्वरप्रसाद कोइरालाका के कस्ता कथा छन् ?

-

दोषी चस्मा कथा सङ्ग्रहका कथाहरूभित्र के कस्तो कथावस्तु पाइन्छ ?

दोषी चस्मा कथा सङ्ग्रहका कथाहरूभित्र के कस्तो पात्रविधान पाइन्छ ?

१.४ उद्देश्य

समस्या कथनमा प्रस्तुत समस्याहरूको समाधान नै यस शोधको प्रमुख उद्देश्य

हो। यसरी यस शोधका उद्देश्य निम्नलिखित रहेका छन् ः

- दोषी चस्मा कथा सङ्ग्रहमा विश्वेश्वरप्रसाद कोइरालाका कथाहरूको विवरण

दिनु,

दोषी चस्मा कथा सङ्ग्रहका आधारमा विश्वेश्वरप्रसाद कोइरालाका कथागत

प्रवृतिहरूको चर्चा गर्नु,


१.५ पूर्वकार्यको समीक्षा

दोषी चस्माका भूमिकामा सूर्यविक्रम ज्ञवालीले प्रकाश पारेका भनाइहरू

महत्त्वपूणर् छन्। उनको भनाइ यस प्रकार छ ः

दोषी चस्मा शीर्षक कथामा साँच्ची बाघले खानु कहाँ छ कहाँ मनको बाघले

मानिसलाई खाएका कुराको जो चित्र खडा गरिएको छ, त्यो साहित्यकला एउटा

अत्यन्त उच्चकोटिको उदाहरण हो (ज्ञवाली २०६६ः भूमिका) ।

डा. दयाराम श्रेष्ठ र प्रा. मोहनराज शर्माले विश्वेश्वरप्रसाद कोइरालाका कथाका

विषयमा यसरी सकारात्मक टिप्पणी गरेको पाइन्छ ः

यसै साथ यथार्थवाद अन्तर्गत साहित्यिक मनोविज्ञानवाद नेपाली कथामा प्रविष्ट

भएका हुन् । यो अर्को महत्त्वपूणर् इतिहास थियो । यस इतिहासका प्रवर्तक थिए

विश्वेश्वरप्रसाद कोइराला । गुरुप्रसाद मैनालीको ’नासो’ को छ महिना कान्छो भएर

कोइरालाको ’चन्द्रवदन’ (१९९२) कथा शारदामा छापिएको थियो। मैनालीका कथामा

भारतीय कथाकारद्वय प्रेमचन्द्र र शरदचन्द्र चट्टोपाध्यायको प्रभाव परेको हुँदा

आदर्शोन्मुख सामाजिक यथार्थवाद र कोइरालामा फ्रायडको प्रमुख प्रभाव परेको हुँदा

मनोवैज्ञानिक यथार्थवादले लामो समयसम्म परम्पराको रूप लिई नेपाली कथालाई

गतिशील स्वरूप दिएको छ (शर्मा र श्रेष्ठ २०४८ः८१ ) ।

कृष्णचन्द्र मिश्रले विश्वेश्वरप्रसाद कोइरालालाई राम्रा साहित्यकारका रूपमा

मानेका छन् र भनेका छन् ः विश्वेश्वरप्रसादको सृजनशील प्रतिभाको आलोक

कथा, काव्य र निबन्ध तीनै माध्यमबाट प्रसारित भएको छ तथापि कथा उनको

आफ्नो प्रिय विधा हो जसले राजनीतिको साथै उहाँलाई साहित्यिक क्षेत्रमा पनि १.६ सीमाङ्कन

यस शोध कार्यको सीमाङ्कन विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्माभित्रका

कथा सङ्ग्रहका कथावस्तु र पात्रविधानको मात्र अध्ययन गर्नु हुनेछ।

१.७ शोधविधि

प्रस्तुत शोध कार्यलाई पूरा गर्न पुस्तकालयमा रहेका सामग्रीहरूको सहयोग

लिइनेछ। त्यसैले यो शोध कार्य पुस्तकालय विधिमा आधारित हुनेछ।

१.८ शोधको औचित्य

दोषी चस्माभित्रका कथाहरूको प्रशस्त अध्ययन र विश्लेषण भएपनि केवल

कथावस्तु र पात्रविधानमा कुनै अध्ययन गरेको नभेटिएकाले शोधकार्य गर्नु औचित्यपूणर्

रहेको छ।

१.९ शोधको रूपरेखा

प्रस्तुत शोध कार्यलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निम्न अनुसारको रूपरेखा

तयार पारिएको छ ः

अध्याय एकः शोध परिचय

अध्याय दुईः दोषी चस्मा कथा सङ्ग्रहको अध्ययन तथा पात्रविधान

अध्याय तीन ः निष्कर्ष कथन

अध्यायः दुई

दोषी चस्मा कथा सङ्ग्रहको अध्ययन तथा पात्र विधान

२.१ कथाकार विश्वेश्वरप्रसाद कोइरालाको संक्षिप्त परिचय

विश्वेश्वरप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइराला र माता दिव्यादेवी

कोइराला हुन् । उनको जन्म वि.सं. १९७१ भाद्र २४ गते भएको थियो । उनी

मनोवैज्ञानिक यथार्थवादी धाराका कथाकार हुन् । विश्वेश्वरप्रसाद कोइरालाका कथाको

मूलभूत आधार मनोवैज्ञानिक यथार्थता हो। सामाजिक र सांस्कृतिक रूपमा कतिपय

अवस्थामा कोइरालाले यौनमनोविज्ञानलाई लिएर नै नेपाली कथा लेख्ने गरेका छन् ।

विश्वेश्वरप्रसाद कोइरालाले विभिन्न विधामा कलम चलाएका छन् । उनका

रचनाहरूमा कथाका अतिरिक्त उपन्यास, कविता, निबन्ध, आत्मजीवनी आदि रहेका

छन् । उनले आफ्ना कथामा मानव मनका कुरालाई लिएर परम्परागत रुढिवादी धारणाले

ग्रस्त रहेको समाज यौन पक्षको मनोविश्लेषणद्वारा कथा र उपन्यासमा आफ्ना विचार

प्रस्तुत गरेका छन् । विश्वेश्वरप्रसाद कोइरालालाई साहित्यिक क्षेत्रको महत्त्वपूणर्

व्यक्तिका रूपमा लिइन्छ । उनको मृत्यु वि.सं. २०३८ मा भएको थियो ।

२.२ विश्वेश्वरप्रसाद कोइरालाको कथाकारिता

दोषी चस्मा कथा सङ्ग्रहका कथकार विश्वेश्वरप्रसाद कोइरालाले पहिले

पहिले हिन्दीमा केही कथा र कविताहरू लेख्दथे तर पछि सूर्यविक्रम ज्ञवालीले नेपाली

भाषामा लेख्न आग्रह गरेपछि नेपाली भाषामा कथा, कविता लेख्न थालेको पाइन्छ ।

उनका केही कथाहरू कथाकुसुम नामक सङ्ग्रह (१९९५) मा छापिएका छन् । उनको

पहिलो प्रकाशित कथा चन्द्रवदन थियो । चन्द्रवदन कथा वि.सं. १९९२ मा शारदा

पत्रिकामा प्रकाशित भएको थियो । यो नेपाली भाषामा छाएिको उनको पहिलो कथा

हो । यो कथा फ्रायडीय मनोविश्लेषणमा आधारित छ। उनका दोषी चस्मा (२००६) र

श्वेतभैरवी (२०३९) गरी दुई कथा सङ्ग्रह प्रकाशित भएका छन् । यसरी कोइरालाले

यौन मनोविज्ञानका प्रभावमा पहिलो नेपाली कथा चन्द्रवदन लेखेर नेपाली साहित्यमा

आफ्नो विशिष्ट स्थान बनाएका छन् । साथै उनले नेपाली साहित्यमा नयाँ आयाम पनि

थपेका हुन्। पछि विश्वेश्वरप्रसाद कोइरालाका उपन्यास र कविताहरू पनि प्रकाशित

भएका थिए । तीमध्ये उपन्यासहरूमा नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७),

मोदिआइन (२०३६), हिटलर र महुदी (२०४०), बाबु आमा र छोरा (२०४५) रहेका

छन् । फुटकर कविताहरू वसन्तमा, बगरको घोचो, पोखरा, पिताजी, मेरो जीवनकथा

आदि रहेका छन् भने आत्मजीवनीमा आफ्नो कथा (२०४०), जेल जर्नेल (२०५४) र

आत्मवृत्तान्त (२०५५) रहेका छन्। उनले सामाजिक विषयवस्तुमा आधारित भएर कथा

लेख्नुका साथै यौन मनोविश्लेषण गरी धेरै कथा, कविता र उपन्यास पनि लेखेका छन्।

२.३ ’दोषी चस्मा’ कथा सङ्ग्रहको परिचय

दोषी चस्मा वि.सं. २००६ मा प्रकाशित भएको कथा सङ्ग्रह हो । यो साझा

प्रकाशनबाट प्रकाशित भएको छ । यस दोषी चस्मा कथा सङ्ग्रहको शीर्षक दोषी

चस्मा यसैभित्रको एउटा कथाका आधारमा राखिएको देखिन्छ । दोषी चस्मा कथा

सङ्ग्रहमा सोह्रवटा मौलिक मनोवैज्ञानिक कथाहरू रहेका छन् । दोषी चस्मा

कथासङ्ग्रहमा सङ्कलित “कर्नेलको घोडा“ जस्ता कथामा यौनका विषय खुलस्त

मनोविश्लेषण गरिएको छ । कथाकारले रिक्सा तान्ने जस्ता कथामा सामाजिक

समस्याका कथा लेखेर विविधता समेत दिएका छन् । यसरी विश्वेश्वरप्रसाद

कोइरालाको “दोषी चस्मा“ कथा सङ्ग्रहका कथाहरू मूलतः यौनमूलक र सामाजिक

देखिन्छन् । पात्रहरूको यौन जीवनलाई अचेतनको तहबाट खोतलेर उनीहरूका बीचको

व्यक्तिगत सम्बन्ध र अन्तर्द्वन्द्वलाई लिएर नै दोषी चस्मा कथा बनाइएको पाइन्छ । यस

सङ्ग्रहमा उनी सफल कथाकार भएका छन् । यस सङ्ग्रहमा दोषी चस्मा, बिहा

हरिदत्त, प्रेम, कर्नेलको घोडा, पवित्रा, होड, कथा, पुस्तक, स्कुल मास्टर, सखी, स्वेटर,

रिक्सा तान्ने, मधेशतिर, सिपाही शीर्षकका कथा रहेका छन्।

२.४ ’दोषी चस्मा’ कथामा कथावस्तु र पात्रविधान

दोषी चस्मा सामाजिक परिवेशमा आधारित कथा हो । दोषी चस्मा कथामा

केशवराज भन्ने व्यक्ति हुन्छन्। केशवराजले आँखा राम्ररी देख्दैन थिए । उनले चस्मा

लगाउँथे तर चस्मा पनि राम्रो थिएन । उनको चस्मा नै दोषी थियो किनभने उनले

जर्साबलाई स्वस्ति गर्न पाएनन् । केशवराज जर्साबकहाँ चाकरी गर्दथे । एक दिन

जर्साबलाई बाटोमा केशवराजले भेटे तर चस्माको पावर कम भएकाले उनले

जर्साबलाई चिन्न सकेनन् र स्वस्ति गर्न नपाएका हुन् । केशवराजले स्वस्ति नगरेको

भनेर जर्साब रिसानुभयो होला भनेर वा नटेरेको होला भनेर जर्साबले जागिरबाट

निकालिदिनुहुन्छ होला भन्ने मनमा केशवराजलाई ठूलो चिन्ता लाग्यो । मनमा अनेक

कुरा खेलाउँदै घरमा गए । घरमा पनि केशवराजलाई निद्रा लागेन । केशवराजकी

दुलहीले सोधिन् । बडो मुस्किलले उनले भने ’आज मबाट कसुर भयो, मैले ठूलो

मानिसलाई नटेरेजस्तो भयो, अब के उपाय गर्ने ?’ यसरी दुवै जनाले सल्लाह गर्दछन् ।

दुलहीले ’माफ माग्नु’ भन्ने सल्लाह दिइन् । केशवराज माफ माग्न जाने भए र माफ

माग्ने भए । उनी जर्साबका घरमा पुगे पनि तर माफ माग्न सकेनन् । भित्र सइसलाई

गरेको गाली सुनेको केशवराजले आफैँलाई गाली गरेको भन्ने ठानेर जर्साव रिसाउनु

भयो होला भन्ने कुराले गर्दा केशवराजले खाना पनि राम्ररी खाएनन् र निदाएका पनि

थिएनन् । उनी गरिब थिए। जर्साबकै भरमा आफ्नो जीविकोपार्जन गरेका थिए ।

केशवराजलाई नटेर्ने मनसाय थिएन तर चस्माले गर्दा धोका दियो । फेरि जर्साबकोमा

गएर माफी मागेर आफ्नो कुरा राख्ने भए र कुरा पनि राखे। जर्साबले के भयो भनेर

सोधे। केशवराजले चस्माको दोषले गर्दा हो माफ पाऊँ भने। जर्साब चाहिँ केही नभनी

हिँडे। जर्साब रिसानी भएछ भन्ने भयो र केशवराजलाई झन् चिन्ता लग्यो । फेरि निराश

हुँदै घर आए। फेरि जर्साबलाई यो कुरा सबै बुझाउनुपर्छ भन्ने ठानी जर्साबकहाँ गएर

माफी मागे। जर्साबले पनि माफी दिए अनि जर्साबले भनेः ’यति सानो कुरामा चिन्ता

लिने ?’ जर्साब दयालु हुनुहुँदो रहेछ। यी सब कुरामा हिजै बिन्ती चढाएको भए

तिनलाई यति मानसिक चिन्ता खेप्नुपर्दैन थियो। केशवराज खुशी भए। केशवराजले

खाना खाए र जर्साबको कुरा सम्भदै प्रसन्न भए। दोषी चस्मा कथामा मुख्य पात्र

केशवराज रहेका छन् । सहायक पात्रका रूपमा जर्साब, केशवराजकी दुलही आदि

रहेका छन्।

२.५ ’विदा’कथाको कथावस्तु र पात्रविधान

सुब्बा कटक बहादुरले १४ वर्षकी केटीलाई बिहा गरेर घरमा ल्याउँछन् । सुब्बा

कटकबहादुर चाहिँ निकै छिप्पिएका थिए । म पात्रलाई यति जान्न मन लाग्यो । म

पात्रले सोच्यो ः यो बिहा कटकबहादुरको दोस्रो बिहा हो। पहिलाकी दुलहीबाट दुइवटा

छोरा होलान् । म पात्रले देखेका बिहाको बारेमा सुन्दा कटकबहादुर दुलही हरिमतीको

बिहाको बारेमा यसो भन्दै थियो दुलहाले घर व्यवहार चलाउनको लागि बिहा गरेका

हुन् र दुलहाका साना-साना केटाकेटीहरूलाई हेरविचार गर्नका लागि हरिमतीलाई विहा

गरेका हुन् तर १४ वर्षकी बालिका दुलहीले दुलहाको घरव्यवहार र उनका छोराहरूलाई

हेर्लिन् र भन्नेमा म पात्रलाई चिन्ता लाग्यो । म पात्रका मनमा अनेक कुरा खेल्न थाले ।

यिनको र दुलहाको कस्तो सम्बन्ध रहला आदि कुरा उसले सोच्यो । दुलहीका बारेमा

जान्न मन लाग्यो । हरिमतीले कस्तो दुलहाको बारेमा कल्पना गरेका थिइन् कि थिइनन्

भनेर म पात्रले सोच्न थाल्यो । एक दिनको कुरा हो ः छिमेकमा केटाकेटीहरू खेल्दै

थिए। त्यतिखेर त्यो रानी बनेकी र एउटा केटा राजा बनेका थिए तर यति ठूलो मान्छेले

उस्तै खेलबाड गरेको देख्दा हरिमतीलाई राम्रो लागेन। हरिमती छक्क परेकी थिइन् ।

कटकबहादुरले त्यस दिन सोधेः मेरी रानी, मलाई माया गछ्यौं ? हरिमतीले गर्छु

भनिदिइन्। “म्वाइँ देऊ न त“ भनेर कटकबहादुरले आग्रह गरे तर त्यही खेर म्वाइँ नदिई

मलाई निद्रा लाग्यो सुत्छु भनिन् । यस कुराले कटकबहादुरलाई ग्लानि भयो । त्यसपछि

कटक बहादुरले हरिमतीलाई राम्रोसँग पढाउन थाले। म पात्रले कटकबहादुरले किन १४वर्षकी बालिकालाई बिहा गरेका होलान् भनेर सोच्यो । छोरी नभएर हो कि, छोरीको

रहर पुयाउन होला भन्ने सोच्न थाल्यो ।

बिहा कथामा मुख्य पात्र कटकबहादुर सुब्बा रहेका छन् भने सहायक पात्रका

कथामा म पात्र र हरिमती आदि रहेका छन् ।

२.६ ’हरिदत्त’ कथाको कथावस्तु र पात्रविधान

यो कथा आत्मपरक शैलीमा लेखिएको छ । हरिदत्तको साथी म पात्र थियो ।

हरिदत्तले पार्वतीलाई मन पराउँथे र उनले साथीको सहयोग लिन खोजे । उनले

साथीलाई पार्वती मन पराउने कुरा राखे तर म पात्रले वा साथीले हरिदत्तले मन पराउने,

प्रेम गर्ने कुरा पार्वतीलाई भनिदिएनन् । त्यति सानो सहयोग पनि आफ्नो साथीलाई गर्न

सकेनन् । प्रेममा पागल बनेर हरिदत्त परीक्षामा फेल भए तर उनका साथी पास भए ।

हरिदत्त पार्वतीका प्रेममा पागल भएका थिए। त्यसैले पढ्न सकेनन्, साथी म पात्र चाहिँ

पास भएर अर्का क्याम्पसमा पढ्न गए। धेरै दिनपछि एउटा सभामा दुवै जनाको भेट

भयो र त्यस सभामा हरिदत्तले म पात्र साथीलाई भने तिमी किताबी कीरा मात्र नबन,

देशको लागि पनि केही गर। देशमा हलचल मच्चिएको बेला देशलाई बचाऊ, मेरो

कुरा मान। हरिदत्तले त देशको निमित्त शरीर अर्पण गरिसकेको कुरा बताए। फेरि अर्को

दिन सात-आठ वर्षपछि हरिदत्त र उसका साथीको भेट भयो । त्यति खेर हरिदत्तको

साथीले दुःख पाएको रहेछ । दुःखले बसेको रहेछ तर हरिदत्त राम्रो व्यापारी भएका

रहेछन्। हरिदत्त लोप्चु वाण्ड चियाको व्यापार गर्दा रहेछन् । म भन्ने पात्रलाई साथीले

आफ्नो कोठामा लगे । त्यो साथीले उसको कोठमा लग्यो । साथीले हरिदत्त आएको

खुशीमा चिया पकाउन लगे तर चिनी थिएन। हरिदत्तले पैसा दिए अनि चिनी किनेर

ल्याए र चिया र रोटीको टुक्रा खाँदै दुवैजना गफ गर्दै थिए । हरिदत्तले साथीलाई

साथीले भन्यो ः लिप्टन । हरिदत्तले भने ः लिप्टन चिया त चुत्थो हुन्छ, खालि

विज्ञापनको भरमा मात्र बिक्री हुन्छ । सबभन्दा राम्रो ब्लेन्डिङ त बुकबोन्डको हुन्छ भन्दै

एउटा कागतको फोटो देखाउँदै साथीलाई यो पार्वती हो भने मेरो ध्यान चियाप्रति आकर्षित भयो। मसँग पैसा थिएन तर मैले दाइको पैसा ३०० रूपैया चोरेर यो चियाको

विज्ञापन छपाएँ । हरिदत्तले भने मेरो पार्वतीप्रतिको भावनालाई अमर पार्न उनको

नाममा मैले उनको नाममा कम्पनी खोलें। साथीलाई पार्वतीका विषयमा सोधेर

साथीले पार्वतीको बिहे भएको कुरा बताए। हरिदत्तले भने व्यापार एकै चोटी हुँदैन

विस्तारै हुन्छ, चिया पिएर दुवैजना छुटेफेरि पछि भेट्ने सर्त राखे।

हरिदत्त कथामा मुख्य पात्र हरिदत्त रहेका छन् भने सहायक पात्रका रूपमा म

पात्र र पार्वती रहेका छन्।

२.८ ’प्रेम’ कथाको कथावस्तु र पात्र विधान

रामनाथ अफिसमा नोकरी गर्दै थिए । सधैँ अफिस जानु पर्दथ्यो । एक दिन

अफिस जाने बेलामा पानी पयो। पानी परेकोले गर्दा अफिस जान मन लागेन। के गर्नु

नगई नहुने भएकोले उनी अफिस गए। उनलाई गरिब र धनीको असमानतादेखि रिस

उठ्यो । रामनाथ अर्को बाटो बनाउन ढिला गरेको देखेर उसलाई विरक्ति लाग्यो ।

रामनाथ अफिसमा पुगे र एकछिन बसेर सोच्न थाले । रामनाथले आफ्नी श्रीमती

रमालाई सम्झे उनी आइनन् र चिठी पनि पठाइनन् । रमा माइत गएकी थिइन ।

रामनाथको जीवनमा रमा पनि नहुँदा मानसिक अवस्था निराशापूणर् भएको थियो ।

रामनाथले श्रीमतीको चिन्ता लिन थालिरहेका बेला घर पुगे । घरमा गएपछि रामे

नोकरले तारले बाँधेको चिठी दियो त्यो चिठ्ठीमा रमा आउने कुरा थियो । रमा आउने

थाहा पाएपछि रामनाथ ज्यादै खुशी भए। पत्नी आउने समाचारले संसारदेखि दिक्क

मानेका रामनाथले संसारलाई राम्रो दृष्टिले हेरे । उनका निराशाहरू आशामा परिवर्तन

भए। रामनाथले घरको राम्रोसँग सरसफाई गर्न रामे र बाहुनलाई लगाए । त्यसपछि

रामनाथले रामेलाई पत्नी लिन बस आउने ठाउँमा पठाए। रामनाथचाहिँ रेल आउने

ठाउँमा गए। मोटर बाटोबाट पत्नी नआए पछि रामेलाई घर पठाए र आफू रेल स्टेशनमा

नै बसे । त्यहाँ सबै जना आ-आफ्नो काममा व्यस्त थिए । रामनाथले केही समय

यताउता गरेर भित्ताको विज्ञापन, घडी हेरेर आफ्नो घडीको पनि समय मिलाए। रेल आएको आवाज पनि आयो। रामनाथले हेरे रमालाई भ्यालबाट बाहिर हेरिरहेकी देखे।

रमा आइन्। रमाको सामान पनि ओराले फेरि पानी पन्यो तर रामनाथले भने रमाको

आगमनलाई स्वागत गरेको हो भनेर रमालाई सुनाए। दुवैजना बाटोमा हाँसी मजाक गर्दै

घर आए त्यसपछि रमा नुहाउन गइन्। रामनाथ खाटमा बसे मन प्रशन्न थियो किनभने

पत्नीको आगमनले अनि नुहाउने कोठाबाट आएको पानीको आवाजले गर्दा पत्नी

नजिकै भएकाले संसारमा बाँच्नु पर्ने रहेछ बाँच्नुभन्दा सुखद कुरो के रहन्छ भन्ने कुरा

रामनाथले सोचे त्यसै बेला बाहुनले पकाएको तरकारीको पनि आवाज आयो । पत्नी

नुहाएर बाहिर निस्किन अनि लुगा लगाएर दुलहासँगै खाटमा बसिन्। पत्नीको शरीरको

स्पर्श हुँदा रामनाथलाई बाँच्नुमा नै संसारको सुख रहेछ भन्ने भयो ।

प्रेम कथामा मुख्य पात्र रामनाथ रहेका छन् भने सहायक पात्रको रूपमा

रामनाथकी पत्नी, रामे र बाहुन आदि रहेका छन्।

२.९ ’कर्नेलको घोडा’ कथावस्तु र पात्रविधान

कर्नेल ४५ वर्षका थिए भने कर्नेल्नी १९ वर्षकी थिइन् । कर्नेलले कर्नेल्नीलाई

धेरै माया गर्दथे । कर्नेलको मायामा कर्नेल्नीलाई चित्त बुझेको थिएन । कर्नेल्नीको

मनमा शान्ति थिएन । कर्नेल्नीका नसा नसामा यौवनको तातो रगत बगिरहेको थियो ।

उनले पूणर् युवक पतिको इच्छा गर्नु बडो स्वाभाविक कुरो छ तर उनले पाएकी थिइन् ।

एउटा बूढो र दुब्लो पति कर्नेलले उनको इच्छा पूरा गर्न सक्दैनन् । कर्नेलले दुलहीलाई

सबै कुरा पूरा गरेका हुन्छन् तर कर्नेल्नीले चाहेको वासना पूर्तिको इच्छाचाहिँ पूरा गर्न

सकेनन् । कर्नेल्नी पनि आफ्नो इच्छा अनुसार चल्न सक्दिनन् किनभने उच्च कुलकी

कर्नेल्नी आफ्नो अतृप्त काम वासना परिपूर्तिका लागि कुनै अयोग्य वा अशालीन कार्य

पनि गर्न सक्दिनन् । उनले आफ्ना इच्छा वा चाहनाहरूलाई मनमा नै लुकाएर राखेकी

हुन्छिन् । कर्नेल्नी शक्तिशाली पतिद्वारा परिपूर्ति गर्ने अतृप्त काम वासना परितृप्तिका

लागि कर्नेलको बलियो घोडाप्रति आकर्षित हुन्छिन् । घोडाप्रति उनको स्वाभाविक प्रेम

प्रकट हुन्छ र कर्नेल्नीले घोडालाई मन पराउँछिन्। कर्नेल्नीले घोडाबाट नै मनमा शान्ति पाएकी थिइन् तर यो कुरा कर्नेललाई मन परेको थिएन। कर्नेलले आफ्नी दुलहीलाई

‘तिमी किन यति साहो घोडाको हेरचाह गर्दै नगर’ भन्दा कर्नेल्नीले यो कुरा मानिनन् ।

कर्नेल्नीले घोडाबाट महान् सुखको अनुभव गरेकी थिइन् जुन सुख उनले कर्नेलबाट

पाएकी थिइनन् ।

एक दिन दुवै जना घोडा भएको ठाउँमा गए र कर्नेलचाहिँ घोडामा चढे तर घोडा

हिँडेन। कर्नेललाई फालिदियो तर कर्नेल्नीलाई चाहिँ केही गरेन। कर्नेल लडिरहेका

थिए। कर्नेल्नीले पनि कर्नेलको वास्ता नगरेर घोडाको मात्र वास्ता गरिन। कर्नेललाई

घोडादेखि रिस उठ्यो र गोली हानी घोडा नै मारिदिए। कर्नेल्नीले यो दृश्य देखेर भुइँमा

पछारिइन् । ’कर्नेलको घोडा’ कथामा मुख्य नारी पात्र कर्नेल्नी रहेकी छन् भने पुरुष

पात्रका रूपमा कर्नेल र पशुपात्र घोडा रहेका छन् ।

२.१० ’पवित्रा’ कथाको कथावस्तु र पात्रविधान

।

पवित्रा केशवदेवकी नोकर्नी थिइन् । पवित्राले केशव देवको घरको सबै काम

गर्थिन् । केशवदेवको पनि ज्यादै ख्याल गर्थिन् । केशवदेव जागिरे थिए उनले अड्डाको

काम गर्दथे । केशवदेवको भान्साको काम गर्ने बाहुनी पनि पवित्रा नै थिइन् । पवित्रा

केशवदेवको धेरै माया गर्दथिन्। पवित्राले केशवदेवको बिहे हुने कुरा थाहा पाइन् । त्यो

कुरा थाहा पाएर पवित्रालाई मनमा भयानक दुःख भयो । पवित्रा भोलिपल्ट धारामा अरू

साथी नोकर्नीहरूलाई बाबु केशवदेवको बिहे हुने कुरा सबैलाई सुनाइन् । एकजना

नेवार्नीले जिस्क्याउँदै भनिन्- ’तिम्री सौता आउने भइन्’ । यो कुरा सुनेर सबैजना हाँसे।

पवित्रा घरमा आएर केशवदेवसँग आफ्नो संचित सबै तलब मागिन् अनि केशवदेवले

पनि सबै तलब दिए। पवित्राले सबै तलब लिएर पसलमा गएर चारवटा सुनका चुरा र

राम्रो फरिया किनिन् । पवित्रा केशवदेवको विवाहमा फूर्तिका साथ काम गरिन् । घर

आँगन रगाइन् । छिमेकी नोकर्नीहरूलाई भोज खुवाइन् र रत्यौली खेलिन् । एकजना

दुलहा बन्ने र दुलहा बन्नेले भने ’मसँग को बिहा गर्छ ?’ पवित्राले ’म गर्छु’ भनिन् ।

सबैजना हाँसेर रमाइलो गरे । भोलिपल्ट दुलहा-दुलहीलाई स्वागत गरिन् । पवित्राले ड्ड उपहारका रूपमा कोसेली दिएर दुलहीको स्वागत गरिन् । पवित्राले उपहारका रूपमा

दुलहीलाई फरिया र चुरा दिइन्। केशवदेवको बिहापछि भान्साको खाना पकाउने काम

दुलहीले गर्न थालिन् जुन पहिले पवित्राले गर्थिन् । उनी पनि बूढी भएको महसुस गर्न

थालिन् ।

पवित्रा कथामा मुख्य पात्रका रूपमा पवित्रा रहेकी छिन् । सहायक पात्रका

रूपमा केशवदेव, दुहली, नोकर्नीहरू र नेवार्नी आदि छन्।

२.११ ’होड’ कथाका कथावस्तु र पात्रविधान

दुलहा दुलही पद्मा र पदममा गाढा प्रेम थियो । एक दिन दुवैजना जिस्कँदा

जिस्कदै एउटा गम्भीर विषयमा वादविवाद गर्न थाले पद्मले भने “सब स्वस्नी मानिस

त्यस्तै हुन्, शक्तिहीन, चरित्रहीन भएर हिड्छन् । तर पद्माले ’सबै त्यस्ता हुँदैनन् एक

दुई जना हुन्छन्, एक दुई जनाको देखेर सारा नारी जातिमाथि त्यस्तो आरोप लाउँन

पाइँदैन ।’ पद्माले दुलहासँग प्रमाण माग्न थालिन् । दुलहाले पनि प्रमाण दिने निश्चय

गरे। नत्र प्रमाण नदिएको खण्डमा दुलहाले दुलहीसँग खुट्ट्टा ढोगेर माफी माग्ने भए ।

दुलहीले १५ दिनको समय दिइन् । हरि कृष्णकी विधवी पत्नीलई भ्रष्ट पार्न र

विधवीलाई चरित्रहीन पार्ने प्रमाण देखाए। पदम र पद्मामा पहिलाको जस्तो मिलन हुन

पनि छोडिसकेको थियो। पद्माको मनमा अनेक कुरा खेल्न थालेका थिए । १४ दिनका

दिन पद्मा पद्मालाई हरिकृष्णकी विधवी पत्नीकामा गएको कुरा बताए। पद्मा पनि

दिन दिनै हरिकृष्णकी पत्नीकामा जान थालिन्। विधवाले उनलाई देखेर स्वागत गरिन् ।

एकैछिन दुवैका कुरा भए। पद्माले हरि कृष्ण पत्नीको मुख उज्यालो र राम्री देखिन्

अनि छक्क परिन् । त्यस्तै चञ्चले भएको देखेर वा विधवाको उज्यालो मुख देखेर

उनलाई रिस उठ्यो र रिसाउँदै घर आइन् । दुलहा-दुलहीको मनमुटाव भएका कारण

एक अर्काप्रति मिलाप्रति भएको थिएन । यसरी पद्मा दिनहुँ जसो विधवीको घरमा

जान्थिन्। एक दिन पदमको बारेमा पनि कुरा भयो । विधवीले लोग्ने मान्छे पनि खतम

हुन्छन् भनिन् तर पद्माका दुलहालाई चाहिँ सज्जन, असल छन् भनिन्। पद्माले सबै पुरुष एकनाश हुन्छन्, पशुजस्तै व्यभिचारी हुन्छन् भनिन् । त्यसपछि पदमा विधवीको

घर जान छोडिन् । १४ दिन पनि आयो। दुलहीको मनमा शान्ति थिएन। फेरि केही

दिनमा विधवीको घरमा गइन्। त्यो दिन धेरै कुरा भएन। दुलही घरमा आएर रुन

थालिन् । उनी शिथिल भएकी थिइन्। पदम आएर पदमालाई आज १४ दिन भयो थाहा

छ भने तर पद्मा रुंदैथिइन्। पदमले फेरि किन यसरी रोएकी भने पद्माले “मलाई माया

गर्नुहुँदोरहेनछ भन्ने कुरा पदमालाई बताइन्। पदमले पदमालाई नै माया गर्दथे। पदमको

आशा भरोशा पद्मा नै हुन्। पद्मालाईचाहिँ शङ्का लाग्यो। पदम विधवीसँग लाग्यो

भन्ने कुराले उनलाई भन् चिन्ता भयो । पदमले भने ’म माथि शङ्का नगर भनेको

होइन’ तिमी आफैँ प्रमाण खोज्ने, अनि आफैँ रिसाउने’ भन्दै थिए। बाजीको लागि मात्र

पदमले त्यस्तो भूमिका खेलेका थिए तर विधवीसँग कुनै सम्बन्ध थिएन। पदमले बाजी

जिते र उनकै कुरा मान्ने भइन् पद्मा उनले पदमकै कुरालाई समर्थन गर्ने भएपछि कथा

टुङ्गिएको छ ।

होड कथामा मुख्य पुरुष पात्र पद्म रहेका छन् भने नारी पात्रका रूपमा पद्मा र

गौण पात्र विधवी रहेका छन् ।

२.१२ ’कथा’ कथाका कथावस्तु र पात्रविधान

यो कथा धेरै पुरानो समयको हो । यो कथा देवता, दानव र मानिससँगको

सम्बन्धमा छ। मनुष्य तपस्याद्वारा देवपदमा पुग्थे । देवता यो कुरा मन पराउँदैनथे ।

देवताहरूले पनि सांसारिक माया मोहलाई त्याग गरेर जङ्गलमा गएर तपस्या गरिरहेका

ऋषिहरूलाई बाधा पुयाउँथे । उनीहरू अप्सराहरू पठाएर तपस्या भङ्ग गर्ने काम

गर्दथे । एकजना मनुष्य ज्ञान प्राप्त गर्न जङ्गलमा गई तपस्या गरिरहेका थिए ।

देवताहरू ऋषिको तपस्या भङ्ग गर्ने चाहन्थे। ऋषिले सबथोक संसारको माया, मोह,

आफन्त, भोक, तिर्खा, छोडेर तपस्या गर्न लागे। ती ऋषिले जङ्गलमा धेरै समयसम्म

तपस्या गरे। ऋषिले तपस्या गर्दा जङ्गलका जनावरहरूले पनि साथ दिएका थिए ।

ऋषिले ज्ञान प्राप्त गर्नु मन माथि विजय पाउनु र ईश्वरसँग साक्षात्कार गर्नको लागि नदीको छेउ नजिकै बसेर तपस्या गर्न थाले। ऋऋषिको भित्रको ज्योति विस्तारै आउँदै

थिए। उनले पनि सो अनुभव गर्दै थिए। बाहिरका प्राकृतिक परिवर्तनले तिनको शान्ति

भङ्ग गर्न सकेका थिएनन् । ऋषिले ज्ञान प्राप्त गर्न लागेको थाहा पाएर इन्द्रले

अप्सरालाई पठाए। एक दिन ऋषिले आफै आँखा उघारे। चारैतिर प्राकृतिक परिवर्तन

भएको थियो। तर उनले केही अनुभव गर्न नपाउँदै उनको आँखा एउटी सुन्दरीमाथि

पुग्यो। ऋषिको तपस्या भङ्ग गर्न आएकी अप्सरा नदीको पानीमा सारा कपडा खोलेर

नुहाउँदै पानीसँग जिस्कदै थिइन् । ऋषिले ती अप्सरालाई देखेपछि उनले मन थाम्न

सकेनन् र उनी अप्सरा नजिकै गए । त्यहीँ दुवैजनाले स्वयम्बर गरे। ऋषिले जङ्गलमै

बिहा गरेर घर फर्के। ऋषिको तपस्याको यश वा चर्चा फैलिएको थियो । त्यो देशको

राजा पनि ऋषिको दर्शन गर्न जाने कुरा थियो। गाउँका मान्छे ऋषिको यत्रो ठूलो तपस्या

भङ्ग भएको देखेर छक्क परे। ऋषिले बिहे गरेर गाउँमा गएर


ज्पानी थियो । साथीहरू सबै आफ्नो आफ्नो काम गर्ने क्षेत्र छानेर काममा लागे ।

स्वयंसेवकको मुख्य काम भनेको दाह संस्कारको प्रबन्ध गर्नु, बाँच्नेलाई खाना दिनु,

उपचार गर्नु थियो । सबैको काम बिस्तारै सकिँदै गयो। सबैले धेरै मेहनतका साथ काम

गरे। म पात्र चाहिँ एउटा गाउँका घरमा बसेका थिए। साथीहरूलाई पर्खे तर केही अरू

साथीहरू चाहिँ आफ्नो ठाउँमा फर्के पनि। म पात्र एउय बूढो मान्छेको घरमा बस्थे र

त्यो घरको छेउको भएको रूखको मुनिको खाटमा बसेका थिए । त्यो घरको बूढोका

कोही थिएनन् । ऊ दुःखी थियो । बूढाले अतिथिलाई राम्रो सत्क