इटहरी / इटहरीमा विकासको अर्को युग सुरु हुनलागेकोले एमालेबाट इटहरी उपमहानगरपालिका वडा न ४ बाट वडा अध्यक्षको उम्मेदवारी दिएको भक्त बहादुर लामाले बताउनुभएको छ । उहाँले अघिल्लो पाँचवर्ष आफ्नै पार्टीबाट जितेर जाने वडा अध्यक्षले गरेको कामको अर्को नयाँयुग सुरु गर्ने वताउनुभएको हो । इटहरीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले पुर्वाधारका धेरै कामहरु अघिल्लो पाँचवर्षमा भएको बताउँदै अबको पाँचवर्ष पुर्वाधारको स्तरोन्नती तथा इटहरी वडा न ४ को दीर्घकालिन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताउनुभयो ।

उहाँले विज्ञहरुको सल्लाह र योजनाअनुसार वडावासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने र ‘नेकपा एमाले गाउँगाउँमा जनतालाई संगठित गर्ने र चेतनाको विकासमा काम गरेर आएको पार्टी हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले एमालेले गर्ने काम दीर्घकालिन विकासका लागि हुन्छ ।’ उहाँले अघिल्लो कार्यकालका जनप्रतिनिधिलाई धन्यवाद दिँदै अर्को नयाँ विकासको रफ्तारका लागि एकजुट हुन र सहयोग गर्न आग्रह गर्नुभएको छ । ‘इटहरीमा बसोबास र शहरीकरणको जुनगती छ, त्यही गतीमा यहाँको विकासलाई लानको लागि यसअघि राम्रो आधार तयार भएको छ,’ उहाँले भन्नुभयो, ‘अब त्यसलाई थपगती दिन प्रतिबद्ध छु ।’
उहाँले आफु आर्थिक रुपमा कहिल्यै विवादितनभएको र अब पनि इमान्दारितापूर्वक भ्रष्टाचारलाई शुन्यमा झारेर काम गर्ने वताउनुभयो । ‘हिजोका जनप्रतिनिधिहरुले, आफूलाई भन्दा पनि विकासलाई केन्द्रमा राखेर इमान्दारितापूर्वक काम गर्नुभयो,’ उहाँले भन्नुभयो ‘म पनि इमान्दारितापूर्वक सबैलाई समेटेर अझै राम्रो तरिकाले काम गर्ने योजनामा छु, सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।’ लामाले इटहरी ४ मा भएका समस्या र त्यको पहिचान गरि दिर्घकालिन समाधानमा आफ्नो ५ वर्षै कार्यकाल बिताउने समेत प्रतिबद्धता गर्दै आउनु भएको छ । राजनिति एक फोहोरी खेल भन्नेहरुका लागी राजनिति एक समाज परिवर्तनको मुल आधार भएको र फोहोरी खेल त्यसले बनाएका हुन जो लोभ र आर्थिक प्रलोभनमा गरेका छन् लामाले भन्नुभयो ।


