युरोपेली मुलुक सर्विया रोजगारीमा अब म्यानपावर कम्पनीहरूले कामदार पठाउन पाउने भएका छन्। सरकारले म्यानपावर कम्पनीहरूलाई सर्वियामा कामदार पठाउन अनुमति दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।यसका लागि श्रम मन्त्रालयले राजपत्रमा पनि सूचना प्रकाशित गरिसकेको छ। अब औपचारिक रूपमा श्रमिकहरू श्रम स्वीकृति लिएर उक्त मुलुकमा जान सक्ने सचिव अर्यालले बताए।यसअघि सर्वियामा नेपाली श्रमिकहरू व्यक्तिगत रूपमा जाने गरेका थिए। अब भने उक्त मुलुकका रोजगारदाताहरूले आवश्यक जनशक्ति नेपालका मेनपावरमार्फत् लैजान सक्ने छन्। मागपत्र प्रमाणीकरण लगायत काम जर्मनीस्थित नेपाली दूतावा
काठमाडौँ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच २०७४ भदौ २९ गते भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । प्रतिनिधिसभाको फागुन १५ गते बसेको बैठकबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो ।नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धन गर्ने साझा उद्धेश्यमा नेपाल सरकार र एमसिसी दुवै पक्ष प्रतिवद्ध रहेका छन्। सम्झौताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकमा गरिने लगानी सुदृढ हुने अपेक्षा गरिएको छ । सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्र
मोरङः सुन्दरहरैंचा नेकपा एमालेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालले गठबन्धनलाई क्लीन स्वीप गरेर जाने बताएका छन् । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार सुन्दरहरैंचाको खोर्सानेमा भएको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।वडा नम्बर १० ले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामी प्रमुख र उपप्रमुख पदमात्रै जित्दैनौँ, यो नगरमा विपक्षी र गठबन्धलाई क्लीन स्वीप गरेर जान्छौँ ।’अहिलेको एमाले बलियो र एकताबद्ध भएकाले जनताको आकर्षण पनि यही पार्टीमा भएको उनको भनाइ थियो ।एमालेबाट मेयरमा केदारप्रसाद गुरागाई र उपमेयरमा अकली चौ
इटहरी : १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज (आइतबार) परेको छ ।त्येक वर्ष अङ्ग्रेजी महिनाको मे १ मा नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर भव्य रूपमा यो दिवस मनाउने गरिएको छ ।मजदुरको हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाइने यसलाई मे दिवस पनि भन्ने गरिन्छ । सन् १८९० देखि दिवस मनाउन थालिएको हो ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।विं.सं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
काठमाडौं । उद्योगहरुमा बिना सूचना दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ भैरहेको भन्दै निजी क्षेत्रका संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् ।मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश एकले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्युत समस्याले उत्पादन प्रक्रिया नै अवरुद्ध हुँदै आएको भन्दै सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गरेका हुन् ।कुनै पनि तालिका सार्वजनिक नगरी पटक पटक विद्युत आपूर्ति वन्द गरिदिँदा उत्पादनको क्रममा रहेका कच्चापदार्थहरु खेर जानुका साथै श्रमिकहरुको व्यवस्थापनमा समेत कठिनाई उत्पन्नभएको उनीहरुले जनाएका छन् ।यस्तो अवस्था रही रहेमा अति आवश्यक वस्तु लगायत सम्पू
इटहरी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सफल पार्न सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ । सुनसरीको धरान, इटहरी र इनरुवामा कम्पनी अपरेटिङ बेस स्थापना गरी सेना परिचालन गरिएको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी थिइन्।सुनसरीको धरान , इटहरी नेपाली सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरी जिल्लामा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । उनले स्थानीय निर्वाचन सफल बनाउन र सुनसरीको शान्ति सुरक्षा मजबुद बनाउनका लागि चौबिसै घण्टा सेना परिचालन गरिएको जानकारी दिए। सुनसरीमा सेनाले ग
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताएका छन् ।आइतबार श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा उनले निर्वाचित भएको ९९ दिनसम्म आम नागरिकलाई समस्या सुनाउने समय दिने र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारमा लाग्ने बताए ।उनले सर्वसाधारणले कुनै कर्मचारीले घुस मागेको प्रमाणसहित उजुरी गरेमा त्यस्ता कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने बताएका छन् । कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसै दिन निष्कासन गर्छौं, त
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुबाट आफ्नो पार्टी सरकारमा पुनःस्थापना हुने दाबी गरेका छन्।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनबाट जनताको समर्थनसहित एमालेलाई तीनै तहका सरकारमा पुनःस्थापना गर्दै हामी राष्ट्रको यस अभिभारा पूरा गर्ने छौँ।सन्देशमा उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको उल्लेख गरेका छन्।सन्देशमा उनले नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुर्खेतको भेरीगंगा नगरपालिका-१ की सम्झना कार्कीले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। उनले नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।उनका दाजु नवराज कार्की २०७४ सालको स्थानीय तह निर्वाचन वडा नम्बर १ का वडाध्यक्ष निर्वाचित भएका थिए । निर्वाचित भएको ४ वर्ष ८ महिनामा २०७८ फागुन ८ गते सवारी दुर्घटनामा उनको मृत्यु भयो।विपरीत दिशाबाट आएको गाडीसँग नवराज सवार मोटरसाइकल ठोक्किएको थियो। उनले वडाध्यक्षको कार्यभरमा रहँदा वडामा थुप्रै काम अघि बढाएका थिए। केही पूरा भए, केही पूरा हुने क्रममा थिए। आफ्नो कार्यकालमा पूरा नभएका र कार्यान्वयन नभएका योजना
विराटचोकः मातातीर्थ औंसीको अवसर पारेर अनन्त नारी शक्ति समूहले सुन्दरहरैचामा ज्येष्ठ माताहरुलाई सम्मान गरेको छ ।वडा नम्बर ९ र १२ का ६५ वर्षभन्दा माथिका ६५ जना ज्येष्ठ माताहरुलाई सम्मान गरिएको समूहकी अध्यक्ष तारा सुवेदीले बताइन् । उनीहरुलाई खीर तथा फलफूल खुवाइएको थियो ।सुन्दरहरैंचा–१२ मा रहेको राधाकृष्ण मन्दिरमा भएको कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेकपा एमाले सुन्दरहरैँचा नगरपालिकाका मेयर पदका उम्मेद्वार केदारप्रसाद गुरागाईं विशिष्ट अतिथि रहेका थिए । उपमेयरकी उम्मेद्वार अकलीदेवी चौधरी, सुन्दरहरैचा–९ का वडा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.