विराटचोकः मातातीर्थ औंसीको अवसर पारेर अनन्त नारी शक्ति समूहले सुन्दरहरैचामा ज्येष्ठ माताहरुलाई सम्मान गरेको छ ।
वडा नम्बर ९ र १२ का ६५ वर्षभन्दा माथिका ६५ जना ज्येष्ठ माताहरुलाई सम्मान गरिएको समूहकी अध्यक्ष तारा सुवेदीले बताइन् । उनीहरुलाई खीर तथा फलफूल खुवाइएको थियो ।
सुन्दरहरैंचा–१२ मा रहेको राधाकृष्ण मन्दिरमा भएको कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेकपा एमाले सुन्दरहरैँचा नगरपालिकाका मेयर पदका उम्मेद्वार केदारप्रसाद गुरागाईं विशिष्ट अतिथि रहेका थिए । उपमेयरकी उम्मेद्वार अकलीदेवी चौधरी, सुन्दरहरैचा–९ का वडाध्यक्ष पदका उम्मेदवार पुष्पबहादुर भुजेल, वडा नम्बर १२ का उम्मेद्वार रोशनप्रसाद ढकाल अतिथिका रुपमा रहेका थिए ।
उम्मेद्वार भुजेलले सो समूहलाई १५ हजार आर्थिक सहयोग गरेका थिए । भुजेलले यस भन्दा अघि पनि कर्जुनाको शिवालय मन्दिरलाई सहयोग गरेका थिए ।
समूहकी अध्यक्ष तारा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा दीपा ओडारीले स्वागत मन्तव्य राखेकी थिइन् । तारा दाहालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।


