All Posts By कोशी प्रेस

    Showing १२,७६१-१२,७७० of १३,७४९ items.
  • इटहरीमा कांग्रेसले महिलाको हक अधिकार पनि खोसेर खायो : द्वारिकलाल चौधरी

    इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा कांग्रेस गठबन्धनले लुटपाट मच्चाएको आरोप लगाएका छन् । उनले चुनावमा महिला उम्मेदवार नउठाएर नारी माथि अपमान गरेको आरोप लगाएका छन् । उनले यसलाई खुलेआम गुण्डागर्दी, भ्रष्टचार र लुटपाटको उपमा दिएका छन् । उनले आफूमाथि महिला दुर्व्यवहारको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यो भन्दा ठुलो दुर्व्यवहार र अपमान गठबन्धन दलहरुले गरेको आरोप लगाएका छन् ।उनले भनेका छन्,‘इटहरीमा कांग्रेस र गठबनधनका सरकारले मेयरले महिलाहरुलाई अपमान गर्यो भन्दै मेयर बिरुद्ध ५ बर्ष झुटा कुरामा उचाल्ने र पछार्ने काम गर्यौ र काम गर्ने वातावरण नै खल्बलायौ र अहिले चुनाबम

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ८०१ पटक पढिएको
  • इटहरीका व्यवसायी भन्छन्: व्यापारमा चुनाव आएको महसुस भएन

    इटहरी: इटहरीमा एक दशक देखि होटल गरेका जीवन पराजुलीलाई यो वर्षको चुनावी माहोल महसुस भएको छैन। सडकमा र घरघरमा चुनावी माहोल तातेपनी होटल व्यवसायमा त्यस्तै माहोल नभएको पराजुली बताउँछन् ।            होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा इटहरीको टुरिष्ट क्लास होटल इनटुरिष्टका संचालक पराजुलीले पछिल्ला चुनाव जस्तो कारोबार नभएको सुनाउछन् । भन्छन्, 'दोश्रो संविधानसभा देखि गत स्थानीय हुँदै प्रदेश र संघ चुनावको माहोल अर्कै थियो। अहिले छैन।' आफ्नो मात्रै होईन इटहरीका टुरिष्ट क्लासमा १५ र अरु करिब २०० होटलको यस्तो अवस्था रहेको पराजुली बताउछन् ।         

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ३२९ पटक पढिएको
  • उत्साह र जागरणका साथ जनता चुनावको पर्खाईमा : नेकपा एमाले इटहरी

    इटहरी, गठवन्धन उमेदवारी वाँडफाँडको किचलोमा फसिरहेकावेला नेकपा एमाले इटहरीले भने प्रचार अभियानलाई तिव्रता दिएको छ । नेकपा एमाले इटहरीले मेयरपदका उमेदवार याम सुब्बा,उपमेयर पदकी उमेदवार संगीता चौधरी र वडाका उमेदवार सहित घरदैलो अभियान गरिरहेको छ । आज वडा नम्वर ५को जनतावस्तिमा आमसभा भएको छ । सभालाई एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम,प्रदेश सांसद सर्वध्वज साँवा,प्रदेश सदस्य राम प्रसाद चौलागाई, जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले सम्वोधन गर्दै इटहरीमा नेकपा एमालेको विजयलाई कसैले रोक्न नसक्ने वताउनुभयो । सभामा मेयरपदका उमेदवार याम सुब्बा,उपमेयर पदकी उमेदवार संगीता चौधरी र वडाध्यक्षका उमेदवार भिष्म

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • २२३ पटक पढिएको
  • एमालेले स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाएको छ- महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सधैं स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताएका छन्। नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमालेले सधैं राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताए।नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिमा लाग्दैमा बितेको र अहिले त्यो अवस्था नभएको महासचिव पोखरेलले बताए। भारत र चीन दुवै छिमेकी देशहरू नेपालसँग रेल लगायतका पूर्वाधारमा सहकार्य गर्न चाहेको उनको भनाइ छ।भारतले भारतीय रेल वीरगञ्ज हुँदै काठमाडौं र चीनल

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १३० पटक पढिएको
  • पोखरा महानगरमा : गठबन्धन विवाद कायमै

    १५ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको भागवन्डालाई लिएर सत्तारुढ गठबन्धनमा देखिएको विवाद अझै मत्थर भएको छैन । मेयर एकीकृत समाजवादीलाई छाडेकोमा नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन् भने वडा तहसम्म भागवन्डा भन्दै माओवादी केन्द्रले विरोध गरेको छ ।बिहीबार गठबन्धनको साझा घोषणा पत्र सार्वजनिक कार्यक्रममा पनि त्यो असन्तुष्टि पोखिएको छ ।असन्तुष्ट कांग्रेस कार्यकर्ताले घोषणा पत्र सार्वजनिक गर्ने स्थलमा तालबन्दी गर्दै नाराबाजी गरे । जसले गर्दा घोषणा पत्र सार्वजनिक कार्यक्रम ढिलो गरी भयो ।अघिल्लो निर्वाचन नतिजाअनुसार पोखरामा नेकपा एमाले पछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । अघिल्लोनिर्वाचनम

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ९३ पटक पढिएको
  • वैशाख ३० गते सार्वजनिक बिदा दिन आयोगको सिफारिस

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।​

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ५७ पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयले दियो एक महिने बिदा

    त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ ।  त्रिविले एक सूचना प्रकाशन गरेर  बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा १ महिना विदा दिइने उल्लेख छ ।  तर परीक्षा चलिरहेको भए परीक्षा यथावत रुपमा नै सञ्चालन हुने सूचनामा जनाइएको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १२९ पटक पढिएको
  • खोटाङका चार स्थानीय तहमा आधिकारिक उम्मेदवारविरुद्ध बागी

    खोटाङ /खोटाङका विभिन्न स्थानीय तहमा आफ्नै पार्टीको आधिकारिक उम्मेद्‌वारविरुद्ध बागी उम्मेद्वारी परेको छ । ऐंसेलुखर्क गाउँपालिकामा गठबन्धनका उम्मेद्वारविरुद्ध कांग्रेस नेताको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । गठबन्धन दलकोतर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राईलाई उम्मेद्वार बनाइएको अवस्थामा कांग्रेस ऐंसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङले अध्यक्षमै बागी उम्मेद्वारी दिएका हुन् । ऐंसेलुखर्कमा खगेन्द्र वनको पनि अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ ।बराहपोखरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेद्वार गोमादेवी मगरविरुद्ध स्वतन्त्र उम्मेद्वारी परेको छ । पार

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ११६ पटक पढिएको
  • एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा एमाले भर्सेस गठबन्धन

    झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा पनि स्थानीय तहको निर्वाचन सङ्घारमा आईरहँदा चुनावी माहौल तातेको छ । दमकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा बिच गठबन्धन बनेको छ भने एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको गृह नगर भएका कारण पनि दमकको चुनावी परिणाम बारे विभिन्न आङ्कलन र चासो उत्पन्न हुनु स्वभावीकै पनि देखिन्छ । राप्रपालाई गठबन्धनको पार्टनर बनाएर मेयर पद राप्रपालाई छाडेर काँग्रेसले उपमेयर काँग्रेसले राखेको छ । वडाहरूमा पनि यही अनुसार भागबन्डा मिलाइएको छ । पहिलो स्थानीय तहको निर्वाचनमा चौथो भएक

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ९७ पटक पढिएको
  • बिर्तामोड एमालेकाे प्रतिबद्धता

    बिर्तामोड । नेपाल कम्युष्टि पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले बिकासका समसामयिक सम्भावना उल्लेख गरेको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । बिर्तामोडमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै एमालले स्थानीय तह निर्वाचनका लागि तयार पारेको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बनाइएको घोषणा पत्रमा १७ वटा बुँदा समेटिएको छ । प्रविधिको प्रयोगलाई जोड दिइएको घोषणा पत्रमा किशोरीलाई आत्मरक्षाका लागि तालिम दिइनेसम्मका बिषय समेटिएका छन । तर, बढ्दो शहरीकरण र त्यसको ब्यवस्थापनका बारेमा घोषणापत्र मौन छ ।एमालेले साझेदारीमा नगर विकासको अवधारणालाई अगाडि सारेको छ । उसले नगर व

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]