इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा कांग्रेस गठबन्धनले लुटपाट मच्चाएको आरोप लगाएका छन् । उनले चुनावमा महिला उम्मेदवार नउठाएर नारी माथि अपमान गरेको आरोप लगाएका छन् । उनले यसलाई खुलेआम गुण्डागर्दी, भ्रष्टचार र लुटपाटको उपमा दिएका छन् । 

उनले आफूमाथि महिला दुर्व्यवहारको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यो भन्दा ठुलो दुर्व्यवहार र अपमान गठबन्धन दलहरुले गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्,‘इटहरीमा कांग्रेस र गठबनधनका सरकारले मेयरले महिलाहरुलाई अपमान गर्यो भन्दै मेयर बिरुद्ध ५ बर्ष झुटा कुरामा उचाल्ने र पछार्ने काम गर्यौ र काम गर्ने वातावरण नै खल्बलायौ र अहिले चुनाबमा एउटा महिला उम्मेदवार पनि उठाउन सकेनौ, उनीहरुको भएको हक अधिकार पनि खोसेर खायौ ! नारी माथी यो भन्दा ठूलो अपमान के हुन सक्छ