All Posts By कोशी प्रेस

    Showing १२,८३१-१२,८४० of १३,७४९ items.
  • सकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियारको एक्सन

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ ।तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गरेको हो । अख्तियारले अनुसन्धान गर्दा तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाम

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ५२ पटक पढिएको
  • थानकोट–सिस्ने खोला सुरुङ खन्ने काम आधा सकियो

    मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम)तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए ।अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । दुई हजार ५५७ मिटर कुल लम्बाइरहेको सहायक (इभ्याकुएसन) सुरुङको अहिलेसम्म एक हजार ४१३ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । 

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ६० पटक पढिएको
  • आरोहण अनुमतिबाट ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन

    जारी सिजनमा नेपालका २५ वटा हिमाल आरोहणका लागि ८ सय ७६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ७३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जारी सिजनमा १ सय ८ समूहका ६ सय ८५ पुरुष र ? सय ९१ महिलाले आरोहण अनुमति पाएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि ५७ देशका ३७ समूहका ३ सय २ जना (७२ महिला र २३० पुरुष)ले अनुमति लिएका छन् । सगरमाथाबाट मात्र सरकारलाई ३७ करोड ८० लाख रुपैयाँ राजस्व प्राप्त सङ्कलन भएको छ। आरोहणको लागि अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथा (८८८४.८६ मिटर) आरोहणका लागि छन् । दोश्रोमा लोत्से (८५१

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ५३ पटक पढिएको
  • फेरि फोहोर उठ्न छाड्यो

    ठेकेदारले बाटो कालोपत्रे नगरेका कारण राजधानीको फोहोर अनिश्चितकालका लागि रोकिएको छ। तीन दिनअघि अल्टिमेटम दिएका स्थानीयले माग पूरा नगरेको भन्दै पुनः फोहोर रोकेका हुन्। मुख-तीनपिप्ले सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै करिब एक महिनादेखि आन्दोलनरत स्थानीयले काठमाडौँ महानगरपालिकासँग पटकपटक वार्ता गर्दा पनि समस्या समाधान हुन नसकेको भन्दै आइतबारबाट अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेका छन्।स्थानीय संघर्ष समितिका संयोजक भवनाथ गजुरेलले माग पूरा नभएसम्म कुनै हालतमा फोहोर लैजान नदिने स्पष्ट पारे। उनले भने- 'अब हाम्रो अन्तिम आन्दोलन हो, पटकपटक छलफल गर्दा पनि बाटो नबने पछि अनिश्चितकालीन आन्दो

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ६२ पटक पढिएको
  • इटहरी काङ्ग्रेसमा किचलोः वडा अध्यक्षमा घिमिरेको नाम काटिएपछि दिए स्वतन्त्र उमेद्धार

    इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका वडा सभापति दिपेन्द्र घिमिरेले वडा अध्यक्षमा स्वतन्त्र उमेद्धार दिएका छन् । नेपाली काङ्ग्रेस जिल्ला समितिले उनै घिमिरेलाई पार्टीबाट उमेद्धार बनाउने निर्णय गरेको थियो । तर आज मनोनयन दर्ता गर्ने क्रममा पार्टीका महाधिबेशन प्रतिनिधि राजु बस्नेतको एकाएक नाम देखेपछि घिमिरेले स्वतन्त्र उमेद्धार दिएका हुन् । एक घण्टा अघि सम्म घिमिरेको नाममा रहेको टिकट कसरी बस्नेतले पाए भन्दै उनले वडा अध्यक्षमा स्वतन्त्र उमेद्धार दिएका हुन् । २०७४ सालमा नेकपा एमालेका उमेद्धार भन्दा कम मत पाएर पराजित भएका घिमिरे यो पटक आफ्नो सशक्त उमेद्धारी रहेको बताउँदै आए

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ३,१२५ पटक पढिएको
  • धनगढीमा मेयरसहित ११ जना वडा अध्यक्ष दाेहाेरिए

    धनगढी उपमहानगरपालिकामा मेयरसहित ९ जना वडा अध्यक्ष दाेहाेरिएर पुन उम्मेदवार बनेका छन्।निर्वाचित भएर एक कार्याकाल सम्हालेका मेयर नृप वडसहित तीन दलीय गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार दाेहाेरिएका हुन्।यसअघि वडा अध्यक्ष रहेका एक नम्बर वडाका सन्तोष मुडभरी, ७ का सिताराम राना, १३ का विजयराज जाेशी, १७ का माघव राना, राजेन्द्र रानालाई कांग्रेसले पुनः दाेहाेर्‍याएकाे छ।यस्तै माओवादीबाट अघिल्लो कार्यकाल सकिएका वडा नम्बर ६ मा भागिराम चाैधरी, ११ मा गंगाराम राना, १५ मा फुलराम चाैधरी र १८ मा मुरारी अधिकारी उम्मेदवारमा दाेहाेरिएका छन्।एमालेबाट अघिल्लो कार्यकाल सम्हालेका वडा नम्बर १९ बाट तीलुराम चाैधरी र १४ नम्ब

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १६० पटक पढिएको
  • भरतपुरमा रेनु र चित्रसेनले गराए मेयर उपमेयरमा उम्मेदवारी दर्ता

    चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा काँग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी काँग्रेसको भरतपुर महानगरपालिका कमिटीका सभापति हुन् ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १३४ पटक पढिएको
  • टिकट खोसिएपछि प्रल्हाद क्षेत्री स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्

    काठमाडौं । बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसका दुई जनाले आकांक्षा देखाएका थिए । लामो समयदेखि चल्दै आएको विवामा कांग्रेसले चिरञ्जीवी हमाललाई आधिकारिकता दिएको छ र मेयरको टिकट दिएको छ ।पार्टीको निर्णयप्रति अस्नतुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू दुवै जना सोमबार बिहान एकै समय मेयरको उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा पुगेका थिए ।बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि उनीहरू फर्किएका थिए । ‘हामीले आधिकारिकता पुष्टि गर्न कांग्र

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १२५ पटक पढिएको
  • निजी क्षेत्रका जलविद्युत आयोजनाबाट नियमित उठेन रोयल्टी

    १२ वैशाख, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनाहरुबाट नियमित रोयल्टी संकलन नभएको भन्दै त्यसको सुनिश्चितता गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ ।आगामी आर्थिक वर्ष २०७९/८० का लागि आयोगले सरकारलाई प्राकृतिक स्रोतको रोयल्टीका सम्बन्धमा सिफारिस गर्दै यस्तो सुझाव दिएको हो । आयोगका अनुसार अधिकांश निजी क्षेत्रबाट सञ्चालिन जलविद्युत केन्द्रबाट आर्थिक वर्ष अनुसार संकलन हुनुपर्ने रोयल्टी नियमित रुपमा संघीय विभाज्य कोषमा जम्मा भएको छैन ।यसले तथ्यांक विश्लेषण तथा प्रभावित क्षेत्रलाई रोयल्टी बाँडफाँट गर्न सकिएको छैन । जसले गर्दा तीन वटै सरकारलाई वाषिर

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ५७ पटक पढिएको
  • धरानमा नेकपा एमालेले उम्मेदवारी दर्ता गर्‍यो, एमाले पछि गठबन्धन दलले उम्मेदवारी दर्ता गर्ने

    धरान : धरान उपमहानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । धरान १२ स्थित पब्लिक माविमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एमालेका मेयरका उम्मेदवार मञ्जु भण्डारी, उपमेयरका उम्मेदवार पदम प्रसाद लिम्बू सहित २० वटै वडाका वडाध्यक्ष र सदस्यहरूले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्नुपुर्व नेकपा एमालेले छाताचौकमा रहेको नेकपा एमालेको पार्टी कार्यालयबाट छाताचौक हुँदै भानुचौक पुगेर निर्वाचन अधिकृतको कार्यालय सम्म र्‍याली गरेको थियो । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निर्वाचन आयोगले जारी गरेको नियम अनुसार उम्मेदवारी दर्ता गरेका हुन् । नेकपा एमाले सँगै

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]