इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका वडा सभापति दिपेन्द्र घिमिरेले वडा अध्यक्षमा स्वतन्त्र उमेद्धार दिएका छन् । नेपाली काङ्ग्रेस जिल्ला समितिले उनै घिमिरेलाई पार्टीबाट उमेद्धार बनाउने निर्णय गरेको थियो । तर आज मनोनयन दर्ता गर्ने क्रममा पार्टीका महाधिबेशन प्रतिनिधि राजु बस्नेतको एकाएक नाम देखेपछि घिमिरेले स्वतन्त्र उमेद्धार दिएका हुन् ।
एक घण्टा अघि सम्म घिमिरेको नाममा रहेको टिकट कसरी बस्नेतले पाए भन्दै उनले वडा अध्यक्षमा स्वतन्त्र उमेद्धार दिएका हुन् ।
२०७४ सालमा नेकपा एमालेका उमेद्धार भन्दा कम मत पाएर पराजित भएका घिमिरे यो पटक आफ्नो सशक्त उमेद्धारी रहेको बताउँदै आएका थिए । कोरोना भाईरसको समयमा समाजिक सेवामा सक्रिय घिमिरे दुई कार्यकाल वडा सभापति समेत भईसकेका छन् । युवा भएकै कारण उनी सामजिक कामले चिरपरिचित थिए ।
पार्टीले बस्नेतलाई टिकट दिएपछि कोशीप्रेसगँ कुरा गर्दै घिमिरेले भने ‘पार्टीका केही नेताका कारण म माथि अन्याय भयो, एकछिन अगाडीको नाम किन काटियो ? म उमेद्धारी र्फिता लिन्न यसको जिम्मा पार्टी लिन्छ ।’
बस्नेतको उमेद्धारी पर्नु र घिमिरेले बाघी उमेद्धारी दिनुले नेपाली काङ्ग्रेस इटहरी भित्र तरङ्ग पैदा भएको छ ।


