धनगढी उपमहानगरपालिकामा मेयरसहित ९ जना वडा अध्यक्ष दाेहाेरिएर पुन उम्मेदवार बनेका छन्।
निर्वाचित भएर एक कार्याकाल सम्हालेका मेयर नृप वडसहित तीन दलीय गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार दाेहाेरिएका हुन्।यसअघि वडा अध्यक्ष रहेका एक नम्बर वडाका सन्तोष मुडभरी, ७ का सिताराम राना, १३ का विजयराज जाेशी, १७ का माघव राना, राजेन्द्र रानालाई कांग्रेसले पुनः दाेहाेर्याएकाे छ।
यस्तै माओवादीबाट अघिल्लो कार्यकाल सकिएका वडा नम्बर ६ मा भागिराम चाैधरी, ११ मा गंगाराम राना, १५ मा फुलराम चाैधरी र १८ मा मुरारी अधिकारी उम्मेदवारमा दाेहाेरिएका छन्।एमालेबाट अघिल्लो कार्यकाल सम्हालेका वडा नम्बर १९ बाट तीलुराम चाैधरी र १४ नम्बर वडाबाट रामबजारी चाैधरी पुनः दाेहाेरिने भएका हुन्।


