सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ५ फोक्लेन टापुमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन् । शनिबार साँझको समयमा स्थानीय एभरेष्ट राई लगायका युवाहरुको समुह र भोजराज गौतमको परिवारबीच झडप भएको हो । झडपमा दुवैतर्फका गरि ६ जना घाइते भएका छन् । घटनामा भोजराज गौतम, उनकी श्रीमती शान्ता गौतम र छोरा राजु गौतम तथा एभरेष्ट राईकी श्रीमती लगायत घाइते भएको प्रहरीले जनाएको छ ।स्थानीय मिसन राई, एभरेष्ट राई, मनकाजी राई, सुसन राई लगायतको समूहले आफ्नो घर अगाडी आएर एक्कासी छोरालाई कुटपित गर्न थालेको र छुट्याउन जाँदा परिवारका सबै सदस्यलाई कुटपिट गरेको गौतमले बताउनुभयो । कुनै कारण विना नै राजनीतिक कुरा जोडेर आफु
इटहरी / नेकपा एमालेले इटहरीकाे मेयरमा यामकुमार सुब्बालाई उम्मेद्बार बनाउने निर्णय गरेकाे छ । ठबन्धनबाट कांग्रेसका हेमकर्ण पौडेलले टिकट पाएका छन् । यस अघिका निर्वाचन एमाले र कांग्रेसबिच कडा प्रतिस्पर्धा भएकाे इटहरीमा सुब्बा र पौडेलकाे नै मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ ।नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज बिहान बसेकाे बैठकले पौडेललाई टिकट दिने निर्णय भएको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले भागबण्डाका आधारमा इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टीलाई उपमेयर दिने निर्णय गरेको छ ।उपमेयरमा एकीकृत समाजवादीले केशवकुमार विष्टलाई उमेद्वार बनाउने नि
अछाम- बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनको बिदाई गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले डा. गौचनको एक कार्यक्रमकाबीच बिदाई गरेको होएक दशकभन्दा बढी समय अछामको बयालपाटा अस्पतालमा कार्यरत रही जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा तथा समग्र जिल्लाको स्वास्थ्य सुधारका लागि उल्लेखनिय काम गरेको भन्दै उनको सम्मानसहित बिदाई गरिएको पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताए। डा. गौचनले बयालपाटा अस्पतालबाट केही सयम पहिले नै राजिनामा दिएको भएपनि देश कोभिड महामारीले आक्रान्त हुँदा उनी गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पद
तनहुँ- तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन्। स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका छन्। जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ। क्षयरोग पहिचानका लागि कार्यालयले कारागार, इँटाभट्टामा बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ। क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र, नौ प्रयोगशाला छन्। अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आ
गाँउपालिका अध्यक्षमा दावी गरेकी एमाले केन्द्रीय सदस्य उषा किरण तिम्सिनालाई पार्टीले उम्मेदवार नबनाउने भएको छ।नुवाकोटको तारकेश्वर गाँउपालिकाको अध्यक्षमा तिम्सिनाले दावी गरेकी थिइन्।तर पार्टी अध्यक्ष केपी ओलीले नरूचाएका कारण उनले टिकट पाउन सकिनन्। तिम्सिना पार्टीभित्र ओलीको आलोचकको रूपमा चिनिन्छिन्।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई पार्टीले टिकट नदिएको बताएकी छन्।'मैले गाँउपालिका अध्यक्ष दाबी गर्नु सामान्य राजनीतिक प्रक्रिया थियो। र पार्टीले मलाई टिकट दिएको भए राम्रो हुने थियो, नदिएर झन राम्रो गर्यो, किनभने मैले आफूलाई अझै सच्याउने समय र अवसर प्राप्त गर्ने छु,' उनले अगाडि भनेकी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा १०९ जनामाथि विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । तत्कालिन नगर बिकास समितिले सरकारी सार्वजनिक सम्पतीको गैरकानूनी रुपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्धा दर्ता गरेको हो ।२०६४ पुष ६ गतको निर्णयबाट ९ जना कर्मचारीलाई १० कठ्ठा चार धुर जग्गा बितरण गरिएको भन्दै आयोगले २९ लाख ७४ हजार बिगोदावीसहित समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरु, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २२ जना उपर मुद्धा दायर गरेको अदालतका शाखा अध
चितवनको भरतपुर महानगरमा नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपमेयर दिएर गठबन्धन गर्ने भएको छ।दुई पार्टीबीच राप्रपालाई उपमेयर, दुई वटा वडाध्यक्ष र केही वडा सदस्य दिने गरी सहमति भएको छ।आइतबार दिनभरको प्रयास असफल भएपछि राप्रपाले भरतपुर र माडी नगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेको थियो।राति केन्द्रीय तहमै सहमति भएपछि भरतपुरमा तालमेल हुने पक्का भएको हो। सहमतिअनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १५ र २६ मा राप्रपाले उठाउने वडाध्यक्षलाई एमालेले सहयोग गर्नेछ। वडा नम्बर ४, ११, १६, १९ र २४ मा मित्रवत् प्रतिष्पर्धा गर्ने र बाँकी वडामा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने सहमति भएको
स्थानीय तह निर्वाचनमा भागवण्डाका लागि पटक पटक बसेको बैठक निष्कर्ष बिहिन बनेपछि मोरङमा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ । मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि सहमति नभएपछि गठबन्धन नहुने अवस्था सृजना भएको हो । यद्धपि स्थानीय तहहरुमा गठबन्धनका लागि नेताहरुले छलफलको प्रयास गरिरहेका छन् ।नेपाली काङ्ग्रेस मोरङ सचिव मोदराज घिमिरे गठबन्धनका लागि स्थानीय तहबाटै प्रयास भइरहेको बताए । जिल्ला तहबाट गठबन्धन हुने सम्भावना टरेको उनले बताए । मोरङको लेटाङ नगरपालिकामा भने नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेति गठबन्धनका नाममा नेपा
काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । निजामती कर्मचारी (प्रदेश र स्थानीय तहसमेत),नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा तीन तहकै सरकारका सार्वजनिक पदमा स्थायी नियुक्ति भएकाहरूका सन्ततिले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले सोमबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयमा आवेदन दिन भनेको छ ।प्लस टूमा कम्तिमा सी प्लस वा जिपिए २.४ ल्याएका, स्वदेशी विश्वविद्यालय वा आंगिक, सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थाम
काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ ।गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ ।मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको दाबीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि एमालेले उनको टिकट खोसेर कृष्ण थापालाई दिइएको हो ।गण्डकी प्रदेशका सांसद समेत रहेका थापा पोखराका पूर्व मेयर समेत हुनुहुन्छ । थापा र गुरुङले आज साेमबार १२ बजे मनोनयन गर्ने जनाएका छन् ।सत्ता गठबन्धनले पो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.