इटहरी / नेकपा एमालेले इटहरीकाे मेयरमा यामकुमार सुब्बालाई उम्मेद्बार बनाउने निर्णय गरेकाे छ । ठबन्धनबाट कांग्रेसका हेमकर्ण पौडेलले टिकट पाएका छन् । यस अघिका निर्वाचन एमाले र कांग्रेसबिच कडा प्रतिस्पर्धा भएकाे इटहरीमा सुब्बा र पौडेलकाे नै मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ ।नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज बिहान बसेकाे बैठकले पौडेललाई टिकट दिने निर्णय भएको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले भागबण्डाका आधारमा इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टीलाई उपमेयर दिने निर्णय गरेको छ ।उपमेयरमा एकीकृत समाजवादीले केशवकुमार विष्टलाई उमेद्वार बनाउने निर्णय गरेको छ । त्यसैगरी नेकपा एमालेले उपमेयरमा सङ्गीता चौधरीलाई दिने निर्णय गरेकाे छ ।