All Posts By कोशी प्रेस

    Showing १३,०२१-१३,०३० of १३,७४९ items.
  • वर्ष २०७८ : संकटमा न्यायालय

    न्यायालयको इतिहासमा वि.सं. २०७८ निकै जटिल मोडमा उभियो। न्यायालयको सुधारका लागि कानुन व्यवसायीले मात्र होइन न्यायाधीशलेसमेत बेञ्च बहिष्कार गर्नुपर्नेसम्मको अवस्था सिर्जना भयो।नेपाल बार एसोसिएनको नेतृत्वमा न्यायालयको विकृति, विसङ्गति, भ्रष्टाचार अन्त्य हुनुपर्ने, मुद्दाको पेसी अटोमेसन प्रणालीबाट लागू गर्नुपर्ने विषयलाई लिएर बारले गत कात्तिक ८ गतेदेखि आन्दोलन सुरू गर्‍यो। कानुन व्यवसायीले इजलास बहिष्कार गरे। न्यायालयको इतिहासमा १०७ दिन निरन्तर कानुन व्यवसायीले आन्दोलन गरे।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालाई गत फागुन १ गते प्रतिनिधिसभामा महाअभियोगको प्रस्ताव दर्ता गरेपछि मात्रै कानुन व्यवसायीले

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ५२ पटक पढिएको
  • डोल्पावासीका दुःख : जहाज र स्थलमार्गको खर्च बराबर

    सुर्खेत / कर्णाली प्रदेशको राजधानीबाट डोल्पा जान, आउनका लागि स्थल मार्ग र हवाई मार्गबाट खर्च बराबर लागेपछि यात्रु मर्कामा परेका छन् । लुम्बिनी प्रदेशको नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थल जानका लागि ९ हजार लाग्ने गर्दछ । फर्कंदा ५ हजार भाडा कायम गरिएको छ । जान र आउन मात्र हवाई मार्गबाट १४ हजार खर्च हुने गरेको यात्रुहरू बताउँछन् । त्यही पनि भनेको समयमा टिकट नपाउने समस्या रहेको छ । करिब १७ मिनेटको उडान रहने गर्छ ।स्थलमार्गबाट डोल्पा जानका लागि पनि योभन्दा बढी खर्च गनुपर्ने बाध्यता रहेको सर्वसाधारणहरू बताउँछन् । सुर्खेतबाट जाजरकोट ८ सय, जाजरकोटबाट तल्लु सम्मा ७ सय, अनाहबाट खदाङ १ हजार, खदाङबाट

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ५६ पटक पढिएको
  • फेरि सत्याग्रह थाल्ने डा गाेविन्द केसीकाे चेतावनी, अघि सारे पाँच बुँदे माग

    काठमाडाैं / चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झाैता कार्यान्वयन नभएकाे भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् ‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले आसन्न स्थानीय र त्यसपछिको प्रादेशिक तथा आम चुनावमा पार्टीहरुको सही प्राथमिकता सुनिश्चित गर्नु अनिवार्य बनेको छ,’ उनले भनेका छन्, ‘त्यसैले देशको स्वास्थ्य प्रणालीमा सुधार गर्नका लागि सरकार र मुख्य राजनीतिक दलहरुलगायत सबै सरोकारवालासमक्ष निम्न मागहरु प्रस्तुत गर्

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १३९ पटक पढिएको
  • स्थानीय निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउनुपर्छ : बस्नेत

    २ वैशाख , काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । युवाहरूको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र मुलुकले समृद्धिको मार्ग पहिल्याउन सक्ने बस्नेतको धारणा छ ।परिषदको तर्फबाट जारी गरिएको नव वर्ष २०७९ को शुभकामना विज्ञप्तिमा बस्नेतले भनेका छन्, ‘आगामी वैशाख ३० गते हुने  स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवाहरुलाई उम्मेदवार बनाउन सबै राजनीतिक दलहरूलाई हार्दिक आह्वान गर्न चाहन्छौं ।राष्ट्रिय युवा नीति, २०७२ अनुसार नेपालमा १६ देखि ४० वर्ष सम्मका उ

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ९६ पटक पढिएको
  • एमाले नेतृत्वलाई भीम रावलको प्रश्नः के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

    काठमाडौं / नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका छन् । नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन् ।‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!,’ रावलले सामाजिक सञ्जाल

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ९८ पटक पढिएको
  • चुनावबारे छलफल गर्न माओवादी केन्द्रको बैठक जारी

    २ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी र तालमेलबारे छलफल हुने छ ।आठौं महाधिवेशन यता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको हो । माओवादी केन्द्र सत्ता गठबन्धनबीचमै चुनावी तालमेल गर्ने पक्षमा छ ।सत्ता गठबन्धनमा पनि चुनावी तालमेलको सैद्दान्तिक सहमति भए पनि अझै भागबन्डा टुंगिन सकेको छैन।

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ९७ पटक पढिएको
  • काठमाडौं उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत

    २ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत हुने गरी अध्यादेश जारी गरेको छ ।संघीय संसदको अधिवेशन अन्त्य भएको मौकामा सरकारले गत २२ चैतमा जारी गरेको अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको शान्ति सुरक्षाको सिधै केन्द्र मातहत हुने उल्लेख छ । बागमती प्रदेश प्रहरीको अधिकारी कटौती हुने गरी व्यवस्था गरिएको अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई त्यही नामको अध्यादेश २०७८ का नामबाट जारी भएको हो । ऐनको दफा १० मा भएको व्यवस्थामा ‘क’ थपेर

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ५६ पटक पढिएको
  • सेना परिचालन गर्ने बाटो खुल्यो

    आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ ।निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा समन्वयात्मक बनाउन नेपाली सेना परिचालन गर्नुपर्ने सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले चैत १७ गते मन्त्रिपरिषद्मा गरेको थियो । मन्त्रिपरिषद्ले चैत २४ गते त्यस्तो निर्णय गरेको थियो ।योजना स्वीकृतिका लागि चैत २४ गते नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।स्थानीय तहको

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ५६ पटक पढिएको
  • धरानमा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर

    धरान / सुनसरीको धरान -४ देबिथान स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा टेम्पो चालकको घट्नास्थलमै मृत्यु भएको छ भने टेम्पोमा सवार एक महिला गम्भीर घाइते भएकी छिन्।लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ ह ७०४१ नं को टेम्पोलाई दक्षिणबाट उतर तर्फ जादै गरेको को १ ख ४४८० नं को बसले ठक्कर दिदा टेम्पो चालक धरान -१७ बस्ने अन्दाजी ४०/४५ वर्षीय खड्ग बिकको घट्नास्थलमै मृत्यु भएको १ नं प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ।प्रहरीका अनुसार टेम्पोमा सवार ताप्लेजुङ लिखुम -२ बस्ने १५ वर्षीया उषा लिम्बू गम्भीर घाइते भएकी हुन्। गम्भीर घाइते भएकी उषाको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइ

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ५८ पटक पढिएको
  • गाडीको आयु २० वर्ष तोक्ने वैज्ञानिक भएन : अध्यक्ष स्वाँर

    १ वैशाख, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँरले नेपालमा गाडीको आयु २० वर्षसम्म मात्र तोक्नु वैज्ञानिक नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विदेशबाट खरीद गरेर ल्याइने यातायातका साधन २० वर्ष भन्दा चलाउन नपाउनु उचित नहुने धारणा राखे ।उनले २० वर्ष पुगेका गाडी फिजिकल फिटनेस सेन्टरमा जाँच गरेर वातावरण प्रदुषणको हिसाबले ठीक छ भने चल्न दिनुपर्ने जिकिर गरे ।गाडीमा चल्ने २० वर्षको मापन वैज्ञानिक भएन । त्यसलाई फिजिकल फिटनेस सेन्टरमा लगेर चेक गरौं । यदि सडकमा गुड्न सक्छ, वातावरण प्रदुषणको हिसाबमा ठीक छ भने चल्न सक्ने भए चलाउनुपर्

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]