धरान / सुनसरीको धरान -४ देबिथान स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा टेम्पो चालकको घट्नास्थलमै मृत्यु भएको छ भने टेम्पोमा सवार एक महिला गम्भीर घाइते भएकी छिन्।लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ ह ७०४१ नं को टेम्पोलाई दक्षिणबाट उतर तर्फ जादै गरेको को १ ख ४४८० नं को बसले ठक्कर दिदा टेम्पो चालक धरान -१७ बस्ने अन्दाजी ४०/४५ वर्षीय खड्ग बिकको घट्नास्थलमै मृत्यु भएको १ नं प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ।

प्रहरीका अनुसार टेम्पोमा सवार ताप्लेजुङ लिखुम -२ बस्ने १५ वर्षीया उषा लिम्बू गम्भीर घाइते भएकी हुन्। गम्भीर घाइते भएकी उषाको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

बस र चालक धनकुटा महालक्ष्मी २ घर भई हाल धरान -१७ बस्दै आएका ४५ वर्षीया गोबिन्द कटुवाललाइ इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको धरान प्रहरीले जनाएको छ। दुर्घटना तिव्र गतिका कारण भएको र चालकले माद्यक पदार्थ सेवन नगरेको प्रहरीको भनाई छ।