केही दिनयता मात्रै प्रदेश नम्बर २ ले नाम परिवर्तन गरी ‘मधेस प्रदेश’ बनाएको थियो । ‘मधेस प्रदेश’ को विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन । सार्वभौम सङ्घीय सांसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितिसकेको छ ।नयाँ नक्सा हुँदा पनि मधेस प्रदेशले लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको राजपत्र प्रकाशित गरेको छ । मधेस प्रदेश नामकरण गरिएको विषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो ।मधेस प्रदेशका महान्यायाधिवक्ता दीपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सवार्धीक जनताले चासोको रूपमा हेरिएको छन्
सुन्दरहरैँचा / आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्वर १ बाट नेकपा एमालेले पार्टीका स्थायी कमिटि सदस्य गुरु प्रसाद बराललाई खुल्ला तर्फको उमेद्धवार बनाएको छ। बिगतमा नेकपा एमालकै तीनजना सदस्य रहेको राष्ट्रियसभाको रिक्त खुल्लातर्फ गुरुप्रसाद बराल, अल्पसंख्यक तर्फ सोनाम गेल्जेन शेर्पा र महिला तर्फ सुमित्रा भण्डारी नेकपा एमालेका उमेद्धवारहरु हुनुहुन्छ।को हुन गुरु प्रसाद बराल ?त्याग, इमान्दारिता, लगनशीलता र निष्ठाको पर्यायको रुपमा गुरुप्रसाद बराललाई लिने गरिन्छ । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिव ५०बर्षदेखि अनवरत रुपमा सकृय बराल अहिले नेकपा एमालेको स्थायी कमिटि सदस्य हुन
ओखलढुंगा / ओखलढुंगामा गुडिरहेको जीपमा ढुंगा खसेर लाग्दा तीनजनाको मृत्यु भएकाे छ । सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हाे ।मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ का ३० वर्षीय हेम मगर रहेका छन् । को १ ज ३५६९ नम्बरको बोलेरो जीपमा बाटो माथीबाट ढुंगा खसेर लाग्दा दुर्घटना भएको हो पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।दुर्घटनामा तीनको अवस्था गम्भीर रहेकाे प्रहरीले बताएकाे छ । घाइतेहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहे
संखुवासभा / नेकपा एमाले संखुवासभाको ८ औँ जिल्ला अधिवेशनबाट २१ जनप्रतिनिधि एमाले जिल्ला सदस्यमा निर्वाचित भएका छन् । एमालेको अधिवेशनबाट २१ जना जनप्रतिनिधिले दोहोरो जिम्मेवारी पाएका हुन् ।चैनपुर नगरपालिका–८ का वडाध्यक्ष भरत खड्का नेकपा एमाले संखुवासभाको उप–सचिवमा निर्वाचित भएका छन् । खड्का नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष भएका हुन् । उनी अधिवेशनभन्दा केही समयअघि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन् ।जिल्ला समन्वय समिति उपप्रमुख अम्बिका खवास, सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्वा, मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेल, उपाध्यक्ष चमेली राई, मादी नगरपालिका उपप्रमुख उर्मिला नेपाल सु
तेह्रथुम / कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरेहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउनले सर्वसाधारणलाई एक सय जरिवाना लिँदै अभियान संचालन गरेकाे हाे ।बजार क्षेत्रमा मास्किवना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरीनिरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारवाही गरिएको थियो ।जिल्ला प्रहरी कार्य
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ४ स्थित बलियामा एक महिलाको सामुहिक बलात्कार भएको छ । बलिया स्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर एक महिला माथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।बलात्कारको सिकार भएकी महिलाको अत्यधिक रक्तश्राव भएका कारण महिलाको अवस्था निक्कै गम्भीर बनेर गएको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । पीडितको उपचार विराटनगर स्थित कोशी अस्पतालमा भइरहेको छ ।इटहरीमा काम सकेर सुन्दरहरैँचाकै गछिया स्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई रामबहादुर नेपालीले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको
सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार आइतबार सुन्दरहरैचामा ८ जना महिला र ५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र आइतबार २३९ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । आइतबार मात्र झापामा ११९, मोरङमा २३९ र सुनसरीमा ५६ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।
काठमाडौं / बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् ।सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्ब
मुम्बई / भारतमा आफ्नो मनपर्ने कलाकारलाई फ्यानहरू भगवानको रूपमा पूजा गर्छन् । यी कलाकारसँग एक सेल्फी लिनु या उनीहरूसँग नाच्नु हरेकको सपना हुन्छ । पछिल्लो समय बलिउडका नाम चलेका कलाकार विभिन्न पार्टी र बिहेमा डान्स गर्न जाने क्रम बढ्दो छ । यहाँ निजी कार्यक्रममा नाच्न महँगो पारिश्रमिक लिने कलाकारहरूको बारेमा चर्चा गरिएको छ ।अभिनेत्री विपाशा बसुले राधिका सिंघलसँग प्रदीप धुतका छोरा (भिडियोकन कम्पनीका मालिक) सौरभ धुतको विवाहमा महँगो पारिश्रमिक लिएर नृत्य गरेकी थिइन् । विवाहमा कैटरीना कैफ र मलाइका अरोडाले पनि प्रस्तुति दिएका थिए । विपाशा केही मिनेट नाच्नका लागि २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिन्छि
भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले १२५ सिटका लागि उम्मेदवारको घोषणा गरेकी छिन् । महासचिव गान्धीले बिहीबार घोषणा गरेका उम्मेदवारको सूचीमा ४० प्रतिशत महिलालाई टिकट दिएको छ ।उम्मेदवारको लिष्टमा नायिका अर्चना गौतमको समेत नाम रहेबाट भारतीय कांग्रेसी जनतामा उत्साह थपिएको छ । महासचिव गान्धीले अर्चनलाई मेरठको हस्तिनापुरबाट चुनावका लागि टिकट दिएकी छिन् ।प्रियंका गान्धीले टिकट दिएकी अर्चना सन् २०१४ मा मिस उत्तर प्रदेश बनेकी थिइन् भने त्यसपछि उनी मिस बिकीनी इन्डिया, मिस बिकिनी युनिभर्स इन्डिया र मिस बिकिनी युनिभर्सको विजेता बनेकी थिइन् । त्यस्तै उनले सन् २०१८ मा मलेशियामा मिस कस्मस वल्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.